आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

काठमाडौँमा घट्यो कसैले नसोचेको घटना, प्रहरी समेत चकित

प्रकाशित
3.4K
SHARES

काठमाडौ। एकाबिहानै काठमाडौमा नमिठो घटना घटेको छ। नयाँ बर्ष सकिन नपाउदै काठमाडौँ  सहित देशभर बाट दुखद खबर सुन्नु परेको छ। कलंकीमा कारले मोटरसाइकल, स्कुटर र पैदलयात्रीलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जिव शर्माका अनुसार बिहीबार दिउँसो कालिमाटीबाट कलंकीतर्फ आउँदै गरेको बा ५ च ५४४० नम्बरको कारले एउटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

त्यसपछि हुत्तिएको कारले स्कुटर, पैदलयात्रीलाई ठक्कर दिँदै सटरमा गएर ठोक्किएको प्रहरीले जनाएको छ । कलंकी ट्राफिकका एक अधिकारीका अनुसार चालकले मोटरसाइकललाई ठक्कर दिएपछि आत्तिएर एक्सिलेटर दबाउँदा घटना भएको आशंका गरिएको छ ।

घटनामा घाइतेहरुको अवस्था खतरामुक्त छ, उनीहरुको शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

त्यस्तै,अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपा नगरपालिका–७ उग्रचण्डीमा आज बिहान बस र मोटरसाइकल ठोक्किंदा २ जना गम्भीर घाइते भएका छन् ।

बनेपाबाट धुलिखेल तर्फ जाँदै गरेको बा २ ख ५२९४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको बा ८१ प ४२१४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा मोटरसाइकल चालक रामेछाप नगरपालिका–२ देउरालीका २८ वर्षीय सुनिल कुमार खड्का र पछाडि सवार सोही ठाउँका २७ वर्षीय सन्तोष खड्का घाइते भएका छन् । घाइते दुबैको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै,काठमाडौंको बेसिगाउँमा बसको ठक्करबाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

जोरपाटीबाट सुन्दरीजलतर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्बरको स्कुटरलाई हिजो मध्याह्न ठक्कर दिएको थियो ।

बसको ठक्करबाट स्कुटरमा सवार ओखलढुङ्गा घर भएका १८ वर्षीय दिपेन दाहालको मृत्यु भएको हो । उनको हिजो दिउँसो पौने ४ बजे उपचारका क्रममा जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको बौद्ध प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट स्कुटर चालक र स्कुटरमा पछाडि सवार अर्का एक जना घाइते भएका छन् । उनीहरुको नेपाल मेडिकल कलेज जोरपाटीमै उपचार भइरहेको छ। बस चालक र बसलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ।

त्यस्तै,बारामा आज बिहान स्कार्पियो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।पूर्वपश्चिम राजमार्गअन्तर्गत जीतपुरसमिरा उपमहानगरपालिका-२१ आधारभार जंगलमा बा१९च ४३७७ नम्बरको जीप दुर्घटना हुँदा सोही उपमहानगरपालिका-११ का २५ वर्षीय लोकनाथ सेढाइको मृत्यु भएको हो।

सेढाइ जीपका चालक हुन् ।दुर्घटनामा जीपमा सवार १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

सिमराको अल्पाइन अस्पतालमा सामान्य उपचारपछि घाइतेहरू सबैजनालाई वीरगञ्जस्थित बयोधा अस्पतालमा थप उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ