आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रचण्डलाई हुनसक्छ कडा कारवाही, निर्वाचन आयोगबाट आयो यस्तो खबर

प्रकाशित
1.9K
SHARES

काठमाडौं। नेकपा माओवादी केन्द्रले निर्वाचन आचारसंहिताविपरीत काम गरेपछि यसको चौतर्फी आलोचना भएको छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीले चुनावी प्रचारमा कुलमान घिसिङलाई प्रयोग गरेको छ। घिसिङ नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक हुन्। उनकै अघिल्लो कार्यकालमा देश लोडसेडिङमुक्त भएको थियो।

आफ्नो जनाधार गुम्दै गएपछि गठबन्धनको भर परेको माओवादीले भोट बटुल्न बुधबार घिसिङलाई अघि सार्न खोजेको हो। तर, चर्को आलोचनापछि उक्त पार्टी केहीबेरमै पछि हटेको छ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बिहानै आफ्नो फेसबुकमा घिसिङको तस्बिरसहितको प्रचार सामग्री सार्वजनिक गरेका थिए।

जसमा अध्यक्ष दाहाल, तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर राखिएको थियो। त्यहाँ लेखिएको थियो, अँध्यारोबाट उज्यालोको यात्रा। दाहालले उक्त सामग्री पोस्ट गर्दै लेखेका थिए, लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निःशुल्क बिजुलीको।’ तर, त्यसको चर्को आलोचनापछि दाहालले उक्त सामग्री हटाए।

तत्कालीन ऊर्जामन्त्री शर्मा र कार्यकारी निर्देशक घिसिङको तस्बिर हटाएर नयाँ पोस्टर राखे।पूर्वनिर्वाचन आयुक्त इला शर्मा कुनै राष्ट्रसेवकले गरेको कामको ‘क्रेडिट’ लिन खोज्नु गलत भएको बताउँछिन्। कुलमान घिसिङ राष्ट्रसेवक हुनुहुन्छ। उहाँ राज्यको करबाट तलब खानुहुन्छ’, पूर्वनिर्वाचन आयुक्त शर्मा भन्छिन्, ‘हो उहाँले राम्रो काम गर्नुभयो।

त्यसको फाइदा एउटा पार्टीले लिन खोज्नु पक्कै गलत हो। आफूले नचाहिने फाइदा लिन र प्रभावमा पार्न खोज्नु हुँदैन। यो विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण हुनुपर्छ।यो विषयमा आचारसंहिता आकर्षित हुने बताउँछन् निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल। उनका अनुसार सार्वजनिक पद धारण भएको व्यक्तिलाई आचारसंहिता लाग्छ।

कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार–प्रसारमा संलग्न हुन वा प्रचार–प्रसार गर्न नहुने स्पष्ट व्यवस्था छ। ‘प्रचार–प्रसारमा प्रयोग भएको छ भने सम्बन्धित व्यक्तिले नै आफैं विरोध गर्नुपर्यो, सहायक प्रवक्ता अर्याल भन्छन्, नत्र उहाँ त्यो राजनीतिक दलमा सम्मिलित भएको देखिन्छ।

आयोगको नोटिस भए र उजुरी परे त्यससम्बन्धी कारबाही प्रक्रिया थालिने अर्यालयको भनाइ छआफूलाई सो सम्बन्धमा जानकारी नभएको र फोटो राख्ने सम्बन्धमा कसैले नसोधेको प्रतिक्रिया कार्यकारी निर्देशक घिसिङले दिएका छन्। ‘मलाई पनि थाहा थिएन। बिहान अरूले कल गरेपछि मात्रै थाहा भयो’, घिसिङ भन्छन्।

तेस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नातावादमा लागेकै धक्का खान थालेका छन्। आसन्न चुनाव नजिकिदै गरेका बेला छोरी देखि बुहारीसम्मलाई टिकट दिन प्रचण्ड लागिपरेका छन्। यसैबीच, कञ्चनपुरको निर्वाचन क्षेत्र नं–१ का नेपाली कांग्रेसले चुनावी तालमेल नगर्ने निर्णय गरेको छ। यो नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरको निर्वाचन क्षेत्र हो।

२०७४ को चुनावमा बिना यहीँबाट निर्वाचित भएकी थिइन् ।देशभर सत्तागठबन्धनका दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने केन्द्रको निर्णयको विरोध गर्दै बिना मगरको क्षेत्रमा कांग्रेसले एक्लै चुनाव लड्न सक्षम रहेको जानकारी क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्यायले जिल्ला सभापतिलाई पठाएका छन् ।

यसअघि बिहीबार सम्पन्न सत्तारूढ गठबन्धनको जिल्लास्तरीय बैठकले स्थानीय तहको निर्वाचनमा आपसी तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको थियो।जिल्लाको उक्त निर्णयको विपक्षमा रहँदै क्षेत्रीय सभापति र सचिवले जिल्लाको निर्णय अस्वीकार गर्ने भन्दै विज्ञप्ति निकालेका हुन् । उक्त क्षेत्रमा कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेको र गठबन्धन आवश्यक नरहेको उनीहरुको भनाइ छ।

तेस्तै,गभर्नर निलम्बन प्रकरणले चौतर्फी आलोचित बनिरहेका अर्थमन्त्री जनार्दन शर्मामाथि अर्को तनाव थपिएको छ। अर्थमन्त्रीसँगै नाम जोडिएका व्यक्तीको पृष्ठभूमि विवादित रहेको खुलासा भएपछि अर्थमन्त्री शर्मा झन् तनाव हुने देखिएको हो । अमेरिकाबाट शंकास्पद रकम आएका कारण अनुसन्धानमा तानिएका पृथ्वीबहादुर शाह चार वर्षअघि पनि भारतीय रुपैयाँको कारोबारमा पक्राउ परेको खुलासा भएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई स्रोत नखुलेको भारुसहित पक्राउ गरे पनि शक्तिको निर्देशनमा उनी छुटेका थिए । यसरी कहिले भारु र कहिले डलर कारोबारले विवादमा आउने उनी अरु कसैको पैसा ओसारपसार गर्छन् भन्ने बुझिएकाले थप अनुसन्धान भइरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग स्रोतको भनाइ छ ।

अवैध अर्थोपार्जन गर्ने उद्देश्यले संगठित गिरोह बनाई नेपालमा प्रतिबन्धित भारु ल्याएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले २ जेठ २०७४ मा १५ जनालाई पक्राउ गरेको थियो। प्रतिबन्धित ५०० र १००० का नोट ल्याई काठमाडौंका विभिन्न स्थानमा कारोबार भइरहेको सूचना आएको थियो । गौरीघाटस्थित एक घरमा खानतलासी गर्दा दुई वटा झोलामा ९८ लाख भारतीय रुपैयाँ फेला परेको हो।

सीआईबीले उठाएको मुचुल्कामा भनिएको छ, त्यस्तै अर्को दिन ३ जेठमा तिलगंगामा रहेको होटल पाँचथर अगाडि कारमा ३ वटा झोलामा १ करोड १८ लाख ६१ हजार फेला परेको हो। यो प्रकरणमा नगदसहित ३ कार र १२ वटा मोबाइल सेट बरामद भएका थिए ।प्रहरी स्रोतका अनुसार ३ गाडीसहित २ करोड १६ लाख ६१ हजार भारु सीआईबीले राजस्व अनुसन्धान विभागलाई बुझाएको थियो।

त्यतिबेला पक्राउ पर्नेमा अछामका पृथ्वीबहादुर शाह पनि थिए । तर, पछि शक्तिको बलमा कमजोर फाइल बनाई अभियुक्तहरूलाई उन्मुक्ति दिइएको थियो ।यो विषयमा कान्तिपुरले जानकारी लिन खोज्दा शाहले अपशब्द बोल्दै किनारा लागिसकेको मुद्दा किन उठाएको भनेर प्रतिप्रश्न गरे। तर त्यो भारु काण्डदेखि यो डलर काण्डका बीचमा उनी अरु पनि शंकास्पद कारोबारमा मुछिएको राष्ट्र बैंक स्रोतले जनाएको छ।

स्रोत भन्छ, ‘बीचमा पनि उनीमाथि छानबिन भएको थियो किनकि त्यो बेला पनि ५० करोडभन्दा धेरै रकम उनको खातामा आएको थियो, यो रकमबारे प्रहरीको सीआईबी र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेका थिए। तर उनले शक्ति प्रयोग गराएर रकम उम्क्याए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका एक अधिकारी भन्छन्।

‘पटक–पटक शंकास्पद रकम आउँदा पनि रकम छुटाउन सक्ने गरी उनको पछाडि को छ ? यसको मतलब उनी प्रयोग मात्र भएका हुन्, रकम अरू कसैको हो भन्ने पुष्टि गर्न थप अनुसन्धान आवश्यक छ ।’कारोबारी शाहको पृष्ठभूमिले नै अर्थमन्त्री जनार्दन शर्माको दाबीलाई खण्डित गरेको छ। शुक्रबार एक सार्वजनिक कार्यक्रममा अर्थमन्त्री शर्माको भनाइ थियो।

राज्य, सरकार, मन्त्री भएपछि मलाई मर्का प¥यो, मलाई अन्याय भयो भन्दै मानिस आउँछन्। अन्याय पर्यो भने बोली दिने काम हाम्रो होइन ?’ शर्माले भने जस्तै शाह सोझासिधा व्यवसायी होइनन्, बरु नोटको अवैध कारोबार गर्ने गिरोहका सदस्य हुन् भन्ने प्रहरीकै फाइलले देखाएको छ। शाहले काठमाडौंमा रेमिट, ट्राभल, टायल तथा मार्बलको पनि कारोबार गर्न कम्पनी खोलेको बताए।

खोजतलास गर्दै जादा उनको कारोबार यति ठूलो मात्रामा नभएको राष्ट्र बैंकको अनुसन्धानले देखाएको छ। यी कम्पनीहरूको अध्ययन गर्दा देखाउन मात्र खोलिएका हुन् भन्ने निष्कर्ष आएको छ, राष्ट्र बैंक स्रोत भन्छ, ‘सम्पत्ति शुद्धीकरण गर्नका लागि यी कम्पनीहरू खडा गरिएका देखिन्छन्। खास कारोबार अत्यन्तै न्यून मात्रामा भएको देखिन्छ।

’नेपाल वा अन्य देशमा भ्रष्टाचार, कर छली वा अन्य गैरकानुनी क्रियाकलापबाट सिर्जना भएको रकम शुद्धीकरणका लागि शाहका नामबाट आएको हुन सक्ने राष्ट्र बैंकको अनुमान छ। उता अमेरिकाको फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले यो रकम तत्काल जफत गर्न र अमेरिका फिर्ता पठाउन राष्ट्र बैंकलाई ताकेता गर्दै आएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ