आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फेरि केबलकार दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु ४६ जना आकाशमै

प्रकाशित
11.6K
SHARES

काठमाडौ। केबलकार दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्युभएको छ भने  ४६ जना आकाशमै फसेका छन्।  भारतको झारखण्डमा भएको केबलकार दुर्घटनामा परेकाहरुको ४५ घण्टापछि उद्धार भएको छ।

दुर्घटनामा फसेका ४८ जना मध्ये ४६ को सकुशल उद्धार गरिएको छ। दुर्घटनामा ४ जनाले ज्यान गुमाए भने १२ भन्दा बढी घाइते छन्।उद्धारको क्रममा दोस्रो दिन समेत एक महिला केबलकारको बक्सबाट खसेकी थिईन।

उनको घटना स्थलमै मृत्यु भएको भारतीय सञ्चारमाध्यले जनाएका छन्। सोमबार समेत उद्धारका क्रममा एक युवक हेलिकप्टरमा चढ्दै गर्दा अचानक खसेर मृत्यु भएको थियो।

मंगलबार करिब ७ घण्टा उद्धार चलेको थियो। एयरफोर्स र आइटिबिपिका उद्धारकर्मीले हेलिकप्टरबाट करिब २५ सय फिटमाथि गएर केबलकारको ३ बाक्सामा अड्किएर बसेका १५ जनाको उद्धार गरेको थियो।

धेरै उचाइ र हावा चलिरहेका कारण उद्धारकार्यमा समस्या भएको थियो।उद्धारको क्रममा सेप्टिबेल्ट चुडिँएर थप एक व्यक्तिको हेलिकप्टरबाट मुनि खसेर मृत्यु भएको बताइएको छ।

अध्यारो र कुहिरोका कारण उद्धार कार्य प्रभावित भएको थियो।भारतीय सेना, वायुसेना र एनडिआरएफको टोलीले केवलकारको डोरीमा फेसकाहरुको सावधानीपूर्णरुपमा उद्धार गरेको हो।

उद्धारकार्यमा भारतीय वायुसेनाले तीन हेलिकप्टर प्रयोग गरेको थियो। उच्च अधिकारिहरु उद्धारकार्यमा खटिएका थिए। दुर्घटनामा घाइते १२ जनाको अहिले अस्पतालमा उपचार भैरहेको छ।

त्यसमा महिला र बालबालिका समेत छन्। कतिपयलाई आइसियूमा भर्ना गरिएको छ। आइतबार साँझ झारखन्डस्थित देवघर जिल्लामा पर्ने त्रिकुटमा दुई केबलकार ठोक्किँदा सो दुर्घटना भएको हो।

तेस्तै,भारतमा सोमबार राति रेलले किचेर ६ जनाको मृत्यु भएको छ।आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लामा कोणार्क एक्सप्रेस ट्रेनले उनीहरुलाई कुल्चिएको हो।प्रहरीका अनुसार मारिने व्यक्तिहरु गुहावटी गइरहेका थिए।

उनीहरु सवार रहेको सुपरफास्ट एक्सप्रेसको ट्रने बिग्रिएपछि उनीहरु अलि अगाडि गएर रेल गुड्ने लिकमा गएर बसेका थिए। तर विपरित दिशाबाट अर्को रेल हुँइकिएर आएपछि उनीहरु मारिएका हुन्

रेल चालकबीच संचार हुन नसक्दा यो दुर्घटना भएको हो। त्यस्तै,दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको घर बाहिर विरोध प्रदर्शन र तोडफोडमा सहभागी मध्ये ८ जनालाई हाई कोर्टले जमानत दिएको छ।

न्यायाधीश आशा मेननको इजलासले मंगलवार यस्तो आदेश दिएको हो। उनीहरुले सार्वजनिक सम्मपत्तिमा क्षति नपुर्याएको फैसलामा उल्लेख गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

केजरीवालले फिल्म ‘द कश्मीर फाइल्स’ लाई लिएर दिएको अभिव्यक्तिपछि भारतीय जनता युवा मोर्चाका कार्यकर्ताले उनको घर बाहिर बिरोध प्रदर्शन गरेका थिए क्रममा कयौं कार्यकर्ता पक्राउ परेका थिए।

तेस्तै, युक्रेनको हमलामा रुसी युद्धपोत क्षतिग्रस्त भएको अनुमान गरिएको छ। हमलापछि निस्केको आगोका कारण रुसी मोस्कभा मिसाइल क्रुजर नराम्रोसँग क्षतिग्रस्त भएको हो।

आगो लाग्नुअघि सो क्रुजरमा ठूलो विस्फोट भएको रुसी रक्षा मन्त्रालयले जनाएको छ।युक्रेनले यसअघि युद्धपोतलाई युक्रेनमा निर्मित नेप्च्युन मिसाइलले प्रहार गरेको दाबी गरेको थियो।

युक्रेनी राष्ट्रपतिका सहयोगी ओलेक्सी अरेस्तोभिचले रुसी उद्धारकर्ताहरू क्रुजरमा पुग्न असफल भएको बताएका छन्। क्रुजरमा ५१० जना चालक दलका सदस्यहरू रहेको हुनसक्ने अनुमान गरिएको छ।

स्नेक टापुमा हाम्रा सीमा गार्डहरूले पठाएको स्थानमा क्षेप्यास्त्र क्रुजर मोस्कभा पठाइएको पुष्टि भएको छ, ओडेसा क्षेत्रीय गभर्नर म्याक्सिम मार्चेन्कोले आफ्नो टेलिग्राम पोस्टमा लेखेका छन्।

उनले २४ फेब्रुवरीमा अरीमा रुसी आक्रमणको पहिलो दिन भएको घटनाबारे सन्दर्भ उल्लेख गरेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ