आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युक्रेनी सेनाले आफ्नै देशका चर्चित राजनीतिज्ञलाई लगायो हतकडी

प्रकाशित
214
SHARES

किभ। युक्रेनी सेनाले देशका चर्चित रुसी समर्थक राजनीतिज्ञलाई पक्राउ गरेको छ। विपक्षी नेता भिक्टर देशद्रोहको आशंकामा केही दिनदेखि घरमै नजरबन्दमा थिए तर रुस युक्रेनमा प्रवेश गरेपछि उनी भागेका थिए।

मेदवेदचुक युक्रेनका सबैभन्दा धनी व्यक्ति हुन् र उनी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको नजिक मानिन्छन्। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले आफूले बन्दी बनाएका युक्रेनीहरूलाई रिहा गरे रुसले मेदवेदचुकलाई रिहा गर्ने बताए।

सरकारले मेदवेदचुकलाई युक्रेनी सैन्य वर्दीमा हतकडी लगाएको फोटो पनि जारी गरेको छ। जेलेन्गसेकीले युद्धको ४८ औं दिन मा आफ्नो भाषणमा भिक्टर मेदवेदचुकलाई कब्जामा लिएको जानकारी दिए।

यदि मेदवेदचुकले वर्दी लगाउन छनौट गरे भने उनलाई युद्धको नियम अन्तर्गत कारबाही हुनेछ,’ जेलेन्स्कीले भने। उनलेले यदि रूसले युक्रेनी कैदीहरूलाई रिहा गरेमा मेदवेदचुकलाई रिहा गर्न सक्ने पनि बताए।

त्यस्तै, रुसले फिनल्यान्ड र स्वीडेनलाई पश्चिमा सैन्य सङ्गठन नेटोमा सामेल नहुन आग्रह गरेको छ। रुसले फिनल्यान्ड र स्वीडेन नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने चेतावनी दिएको बीबीसीले जनाएको छ।

रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले नेटो सङ्गठन रुससहित विभिन्न देशमा अस्थिरता निम्त्याउने माध्यमका रुपमा रहेको आरोप समेत लगाउनुभएको छ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ। युक्रेन नेटोमा सामेल हुन नहुने रुसको मुख्य माग छ। आउँदो जुनको सुरुमा फिनल्यान्ड र स्वीडेनको नेटो सदस्यबारे छलफल हुने सम्भावना छ।

तर रुसले युक्रेनमा गरेको आक्रमणपछि फिनल्यान्ड र स्वीडेनमा नेटोमा सामेल हुने पक्षमा जनमत बढ्दो छ। सन् १९४९ मा सोभियत विस्तार खतराको सामना गर्न नेटोको गठन भएको थियो।

यता युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र झन्डै ४५ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । विश्व बैंकको प्रक्षेपणले युद्धका कारण युक्रेनको अर्थ व्यवस्था कोरोना महामारी कारण पूर्वी युरोप र मध्य एसियामा परेको असर भन्दा बढी हुने देखाएको छ।

युक्रेनमा शासन चलाइराख्न अनि कठिनाइमा परेका मानिसलाई राहत दिन ठूलो परिमाणमा वित्तीय सहयोग तत्काल खाँचो भएको पनि विश्व बैंकले जनाएको छ।

युक्रेनका धेरैजसो काम गर्ने समूहका मानिस या त लड्न या त भाग्न बाध्य भएका छन्। व्यापार बन्द छन्। सडक, कारखाना अनि अन्य पूर्वाधार ध्वस्त भएका छन्। वर्षौँको प्रगति शून्यमा झरेको छ ।

युक्रेनले विश्वभरि नै गहुँ र सूर्यमुखीको तेल निर्यात गर्ने गर्थ्यो जुन अहिले ठप्प भएको बीबीसीले उल्लेख गरेको छ। यसले गर्दा विश्वभरि नै खाद्यान्नको मूल्य बढ्ने अनुमान छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ