आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युक्रेनको खरानी हुने निश्चित, नयाँ कमाण्डर सहित राजधानी किभतिर फेरि अघि बढ्‍यो रुसी सेना

प्रकाशित
2.8K
SHARES

काठमाडौ। रुसले युक्रेनमा सैन्य अप्रेशसन सुरु गरेको आज ४७ दिन पूरा भएको छ। टर्कीमा रुस–युक्रेनबीच भएको शान्ति वार्तापछि रुसी सेना युक्रेनको राजधानी किभलगायतका क्षेत्रबाट रुसी सेना पछि हटेको थियो।

टर्की वार्ताप्रति इमान्दार भएर रुसले सैन्य कारवाही घटाएपनि पनि युक्रेनले भने आफ्नो तर्फबाट पालना गर्नुपर्ने कुरामा ध्यान नदिएर सैन्य सहयोग मागिरहेको छ।  युक्रेनले रुस कमजोर भएर पछि हटेको।

ठूलो क्षति भएको र रुसलाई धुलो चटाउन आफू सक्षम रहेको भन्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सैन्य सहयोग माग्न थालेपछि रुसी सेना फेरि किभतिर अघि बढेको भारतीय बताइएको छ। जेलेन्स्कीले नेटो देशहरुसँग हतियार मागिरहेका छन्।

रुसी रक्षा मन्त्रालयका अनुसार रुसी सेनाले एयर डिफेन्स सिस्टमसहित थप सैनिक युक्रेन पुगेका छन्। ट्यांक र बख्तरबन्द गाडीसहित रुसी सेनाको १५ किलोमिट लामो लस्करको भिडियो र फोटो भारतीय संचारमाध्यमहरुले प्रसारण गरेका छन्।

रुसले एक उच्च सैनिक कमाण्डरको नेतृत्वमा राजधानी किभतिर सेना मुभ गरेको भारतीय संचारमाध्यमहरुले दाबी गरेका छन् । नयाँ कमण्डारले अबको ३० दिनभित्र युक्रेन कब्जा गर्ने योजना बनाएको पनि भारतीय संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्वास गरेका कुशल सैन्य कमाण्डर युक्रेन पुगेको बताइएको छ । रुसले थप हतियार पनि पठाएको छ । बेलायतका प्रधानमन्त्री युक्रेनको राजधानी पुगेर हतियार सहयोगको घोषणा गरेपछि रुस आक्रसित भएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनलाई हार्पुन एन्टी मिलाइलसहित सैन्य सहयोग पठाउने बताएका छन् । युक्रेनको राजधानी किभ पुगेर राष्ट्रपति जेलेन्स्कीलाई भेटेपति जोनसनले १ सय २० किलोमिटरसम्म मार गर्न सक्ने,

क्षमताको इन्टी मिसाइलसहित सैन्य सहयोग गर्ने बताएका थिए ।जोनसनले रुसविरुद्ध लड्न जेलेन्स्कीलाई उकासेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन्।

रुसी सुरक्षा चाँसोप्रति बेवास्ता गर्दै जेलेन्स्कीले विदेशी शक्ति राष्ट्रहरुसँग हतियार माग्न थालेपछि रुसी सेनाले राजधानी किभलगायत खर्किव, मारियोपोल, लुहांस्क, डोनेस्ट्क्स, माइकोलेवलगायत क्षेत्रमा हमला तेज बनाएको छ।

करिब दुई हप्तापछि राजधानी किभमा सबैभन्दा ठूलो विस्फोट भएको बताइएको छ। खर्किवमा स्कन्दर मिसाइलबाट रुसी सेनाले हमला गरेको छ । रुसी सेनाले पहिलो पटक एमआरएलएस हतियारको प्रयोग पनि गरेको छ।

रुसी सेनाले खार्किवमा युक्रेनी सेनाका ट्यांक कब्जामा लिएको छ। त्यस्तै, युक्रेनी सेनाको हतियार गोदाम पनि नियन्त्रणमा लिएको छ । रुसी रक्षा मन्त्रालयले युक्रेनी सेनाको ट्यांक कब्जा गरेको भिडियो सार्वजनिक गरेको छ।

त्यसैगरी युक्रेनी सेनाले बाटोमा बिछ्याएको ब म र माइन निस्क्रिय बनाएको छ। रुसी सेनालाई लक्षित गरी युक्रेन सयौंको संख्यामा खेतबारी र सडकमा माइन बिछ्याएको थियो।

रुसी सेनाले सबै ब म माइन निस्क्रिय बनाइदिएको भारतीय किभमा रहेका भारतीय पत्रकारहरुले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन् ।रुसले राजधानी किभको ठूलो भाैतिक संरचनाको क्षतिमै आफ्नो सुरक्षा चाँसोबारे युक्रेनको प्रतिवद्धता खोजेको तर

त्यो कुरा राष्ट्रपति जेलेन्स्कीले बुझ्न नसकेो वा बुझेर पनि पश्चिमा देशहरुको उक्साहटमा लागेकोले अवस्था गम्भीर मोडमा पुगेको भारतीय सैन्य विशेषज्ञको भनाई छ ।

रुसले चाहेको भए अन्य शहर जस्तै गरी किभलाई पनि ध्वस्त गर्न सक्ने र जेलेन्स्कीलाई नियन्त्रणमा लिन सक्ने बताउँदै उनीहरुले ठूलो जनधनको क्षति पुग्न भएकोले नगरेको दाबी गरेका छन् ।

जेलेन्स्कीले टर्की वार्तालाई हल्ला रुपमा लिएका लिएको र झुटो विवरण बनाएर बुचा घटनालाई उचालेपछि रुस फेरि किभतिर अघि बढेको बताइएको छ । रुसले अब यु’द्धलाई छोट्याउँदै केही दिनभित्र किभलाई नियन्त्रणमा लिन सक्ने विश्लेषण हुन थालेको छ ।

युक्रेनका ठूला शहर खार्किभ र मारियोपोल करिब ९० प्रतिशत रुसी सेनाको नियन्त्रणमा गएको छ । यसैबीच राष्ट्रपति जेलेन्स्कीले आफ्नो नियन्त्रणबाट गुमेको पुष्टि गर्दै मारियोपोल गुमे आफ्नो धडकन रोकिने बताएका छन् ।

उनले एक भिडियो सन्देशमार्फत उक्त कुरा बताएका हुन् । उनको उक्त भिडियो सन्देशले पनि मारियोपोल रुसी सेनाको नियन्त्रणमा गइसकेको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ