आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

यस्तो छ सिट बाँडफाँडको लागि गठबन्धनले बनाएको ७ आधार र ६ मापदण्ड

प्रकाशित
519
SHARES

काठमाडौ। पाँच दलीय सत्तारुढ गठबन्धनले स्थानीय तहमा निर्वाचनको तालमेलको आधार र मापदण्ड बनाएको छ। वडासम्म नै तालमेल गर्ने निर्णय गरेको गठबन्धनले उम्मेदवारी चयनको आधार र मापदण्ड पनि बनाएको छ।

मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले गठबन्धनभित्रै वडा तहसम्मै तालमेल गर्ने र अन्य दलहरूसँग गठबन्धन नगर्ने निर्णय गरेको छ ।गठबन्धनभित्र सिट बाँडफाँटका लागि ७ आधारहरू र ६ मापदण्ड समेत बनाएको छ ।

सात आधारहरुः १. २०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी एकीकृत समाजवादीका उम्मेदवारहरुलाई मान्ने । २. २०७४ को स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभार ।

३. २०७४ को स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रही यथासक्य गठबन्धनमा सहभागी । ४. २०७४ को स्थानीय निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी भएका स्थानमा गठबन्धन भित्रका दलहरुले प्रमुख पदमा पाएको मत ।

५. एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रुपमा सहभागी नभएको हुँदा उक्त पार्टीलाई नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्तिका रुपमा स्वीकार गर्ने ।

६. सिट बाँडफाँड गर्दा माथि उल्लेखित आधारका साथै वर्तमान समयमा दलहरुको संगठनात्मक अवस्था र जनसमर्थनलाई ध्यान दिने ।
७. गठबन्धनमा रहेका दलहरुबीचमा चुनावी तालमेल गर्न पाउने ।

त्यसैगरी ६ वटा मापदण्ड बनाएको छ । जसमा महानगर र उपमहानगरका मेयर तथा उपमेयरको निर्णय संयन्त्रले गर्ने निर्णय समेत गठबन्धनले निर्णय गरेको छ ।

१. महानगर र उपमहानगरपालिका मेयर तथा उपमेयरको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने । २. नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँट वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरि वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।

३. सबै पालिकाका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने । ४. प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुख सहित दुई दुई प्रतिनिधि रहने ।

५. प्रत्येक तहको दलीय संयन्त्रमा निर्णय लिन आ आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिने । ६. सबै तहको बैठकको संयोजन नेपाली कांग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।

त्यसैगरी बैठकले यसअघि तत्कालीन नेकपा एमालेबाट स्थानीय तहमा विजयी भएका र हाल नेकपा एकीकृत समाजवादीमा रहेका जनप्रतिनिधिका लागि ती स्थान छाड्ने निर्णय गरेको छ । यसले एकीकृत समाजवादीलाई केही राहत मिलेको छ ।

तेस्तै, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले चुनावी तालमेल गर्ने सहमति गरेका छन् । राप्रपाले एमालेको चुनाव चिन्ह सूर्य लिएर चुनाव लड्न सहमत भएको छ ।

राप्रपाबाट अलग भएर राप्रपा नेपालको जिम्मेवारी समालेका कमल थापा स्थानीय तहको चुनावमा सूर्य चिह्न लिएर चुनाव लड्न तयार भएपछि दुबै पार्टीबीच पाँच बुँदे सहमति भएको छ ।

एमाले केन्द्रीय कार्यालयमा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलको सहमतिमा हस्ताक्षर भएको हो। सहमतिमा आगामी चुनावमा देशभरका तालमेल सम्भव भएका पालिकाहरूमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने सहमति भएको छ।

राप्रपा नेपालले आफ्नो उम्मेदवार नभएका ठाउँहरूमा एमालेका उम्मेदवारलाई सघाउने र एमालेले राप्रपा नेपालका उम्मेदवारलाई सघाउने सहमतिमा उल्लेख छ ।राष्ट्रिय प्रजातन्त्र नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने।

निजहरू निर्वाचित भएपश्चात पनि राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालमै आबद्ध रहने” सहमति पत्रमा भनिएको छ । बुधबार मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपालगायतका दलहरूसँग चुनावी तालमेल हुन सक्ने बताएका थिए।

सहमति पत्रमा एमालेको तर्फबाट स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहालले र राप्रपाको तर्फबाट स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशीलकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ