आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भरतपुर मेयर प्रकरणले लियो नयाँ मोड, कांग्रसीहरुबाटै एमाले उम्मेदवारलाई बधाईको ओईरो

प्रकाशित
728
SHARES

काठमाडौं। भरतपुर महानगरपालिकामा नेकपा एमालेलाई चिठ्ठा पर्ने संकेत देखिन थालेका छन् । एमाले उम्मेदवारलाई कांग्रेसीहरुबाट बधाईको ओइरो लागेको छ।

चितवनको भरतपुर महानगरपालिको मेयर पुनः नेकपा माओवादी केन्द्रकै भागमा पर्ने सम्भावना बढेसँगै सत्तारुढ गठबन्धनको मुख्य घटक नेपाली कांग्रेसभित्र असन्तुष्टि बढेको छ।

मुख्यतः चितवनका कांग्रेस नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालमार्फत चर्को असन्तुष्टि जनाएका छन्। चितवनको भरतपुर महानगरपालिकाबाट मात्रै कांग्रेस केन्द्रीय समितिमा ६ जनाको प्रतिनिधित्व रहेको छ।

गठबन्धनभित्र भरतपुर महानगरपालिकामा पुनः माओवादीले नै नेतृत्व पाउने सम्भावना बढेको सार्वजनिक भएसँगै कांग्रेस कार्यकर्ताहरूले गठबन्धनको विरुद्धमा कडा अभिव्यक्ति दिन थालेका छन्।

यसअघि पनि चितवन कांग्रेसका नेताहरूले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेरै भरतपुरको मेयर कांग्रेसले पाउनुपर्ने माग राखेका थिए।

यद्यपि प्रधानमन्त्री एवं सभापति देउवाले गठबन्धन जोगाउने सर्तमा भरतपुरको मेयर पुनः माओवादीलाई नै दिन लचिलो देखिएका छन्।

भरतपुरको मेयर कांग्रेसको भागमा नपर्ने चर्चासँगै पूर्व महाधिवेशन प्रतिनिधि एवं चितवन कांग्रेसका नेता सुबोध प्रधानले सार्वजनिक रूपमै एमाले उम्मेदवारलाई बधाई दिएका छन्।

मेयरको टिकट पाउनुहुने एमाले दाजुभाइलाई अग्रिम शुभकामना तथा बधाई’, प्रधानले फेसबुकमा लेखेका छन्। भरतपुरमा कांग्रेसले मेयर नपाउने अवस्थामा एमाले उम्मेदवारले जित्ने सम्भावना रहेकोतर्फ उनको स्टाटस लक्षित छ।

चितवन कांग्रेसको क्षेत्र नम्बर २ का महाधिवेशन प्रतिनिधि रामकुमार श्रेष्ठले पनि आफू कांग्रेसको कार्यकर्ता भए पनि कसैको दास नभएको बताएका छन्। म कांग्रेसको कार्यकर्ता हुँ, दास कदापि होइन।

कसैको छोरी खुसी पार्न हाम्रो घर जलाउन कदापि दिने छैनौ’, श्रेष्ठले लेखेका छन् ।कांग्रेस कार्यकर्ता रामचन्द्र पौडेलले पनि फेसबुक मार्फत विद्रोहको चेतावनी दिएका छन्।

चितवन कांग्रेसको भावनालाई नजरअन्दाज गरी महानगरको मेयर माओवादीलाई दिइयो भने चुनाव हार्ने त निश्चित नै छ त्यसले चितवन कांग्रेसमा विद्रोह ल्याउने र त्यसको असर देशभर पर्नेछ र त्यो कांग्रेसको लागि दुर्भाग्यपूर्ण हुनेछ’, पौडेलले लेखेका छन्।

चितवनका धेरैजसो कांग्रेस कार्यकर्ताहरूले सामाजिक सञ्जालबाट भरतपुर महानगरमा कांग्रेसबाहेकको नेतृत्व नस्विकार्ने चेतावनी दिइरहेका छन्। केही समयअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘चितवनका कांग्रेस नेताले भन्दैमा,

केही फरक नपर्ने, निर्णय केन्द्रबाट हुने’ अभिव्यक्ति दिएका थिए। गठबन्धनको शीर्ष बैठकमा भरतपुरसहित देशका प्रमुख महानगर र उपमहानगरबारे केन्द्रबाटै निर्णय लिने सहमति बनिसकेको छ ।

यस्तो अवस्थामा चितवनका कांग्रेसजनले जति नै विद्रोहको चेतावनी दिए पनि गठबन्धनबाट भरतपुरको मेयरमा प्रचण्ड पुत्री रेणुकै सम्भावना बढी देखिन्छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ