किभ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सीबीएसको ’६० मिनेट’ नामक कार्यक्रममा भनेका छन्, “रुसी बमबारीको खतराबाट बच्नका लागि म र मेरो टोली राजधानीको किभस्थित यस स्थानमा बत्ती निभाएर अँध्यारोमा काम गर्दै आइरहेका छौँ ।
सीबीएसको पत्रकार टोलीले जेलेन्स्कीको यस अखडामै गएर अन्तर्वार्ता लिएको हो । ४६ दिनदेखि राष्ट्रपति र उनको महत्वपूर्ण र्कमचारी टोली यही अखडामा बस्दै आएका छन् । सीबीएसको पत्रकार स्कट पेल्लीले गत ६ अप्रिलमा जेलेन्स्कीलाई उनको किभ कमान्ड सेन्टरमा लिएको अन्तर्वार्ता आइतबार राति प्रसारित भएको हो ।
सीबीएसले कमान्ड सेन्टर अत्याधुनिक हातहतियार र फौजले पूर्ण सुरक्षा प्रदान गरिएको ’किल्ला’ भएको बयान गरेको छ । भिडियो फुटेजमा सेन्टरका ब्ल्याक आउट हल जानेबाटाहरू र भुँइमा बिछ्याइएका म्याट्रेसहरू देखिन्छन् ।
पेल्लीले युक्रेनी फौज ती म्याट्रेसमा सुत्ने गरेको बताएका छन् ।पेल्लीले तपाईं त सुरक्षित हुनुहुन्छ नि भनेर सोधिएको प्रश्नको जवाफमा जेलेन्स्कीले जवाफ दिएका छन्, “मलाई ठिकै छ । सुरक्षा सम्बन्धमा म पूरै ढुक्क छुँ ।
हाम्रा गार्डहरू हवाई आक्रमणलाई लिएर चिन्तित छन् । तर हवाई आक्रमणको संकेत पाउना साथ हामी भूमिगत तल्लातर्फ अघि बढ्छौँ ।“२४ फ्रेब्रुअरीमा रुसले आक्रमण सुरु गरेयता हवाई बमबारीबाट जोगिन युक्रेनी जनता पनि भूमिगत बंकर,
सबवे–स्टेसन विद्यालयहरूका भूमिगत तल्लामा आश्रय लिँदै आएका छन् । पेल्लीको अर्को प्रश्नको जवाफमा जेलेन्सकीले यस्तो अवस्थामा काम गर्नुको अर्को कुनै विकल्प नै नभएको बताएका छन् ।
त्यस्तै, विगत तीन हप्तामा पश्चिमी सैन्य गठबन्धन नेटोका लडाकू विमानहरूले नेटो भूभागतर्फ आएका रुसका युद्धविमानलाई रोकेका छन् ।क्राइमियाबाट उडेका रुसी विमानहरूलाई रोमानियामा रहेको एयरबेसबाट उडेर नेटो विमानहरूले रोकेका हुन् ।
रुसी विमानहरूलाई कुनै विवादविना नै नेटोको एयरस्पेस आउनबाट रोकिएको तर रुसी विमानले नेटोलाई गम्भीर चुनौती तेर्स्याएको एयरफोर्स म्यागजिनले लेखेको छ ।
नेटो आफ्नो सुरक्षाका लागि कत्तिको प्रतिबद्ध छ भनी रुसीहरूले जाँच्न खोजेको देखिन्छ । तर यसक्रममा सानो गल्ती हुँदा मात्र पनि नेटो र रुसबीच भिडन्तको स्थिति आइलाग्छ । त्यसले ठूलै युद्ध गराउन सक्छ ।
नेटोका सदस्यहरूले वायुरक्षालाई बलियो बनाउनका लागि थप स्रोत परिचालन गरिरहेका छन् ।उदाहरणका लागि, बेलायतले रोमानियामा पहिलेदेखि रहेका चारवटा टाइफून जेटसँगै दुईवटा थप्ने निर्णय लिएको छ ।
टाइफून लडाकू विमान र वायुसेना कर्मचारीहरू कृष्ण सागर क्षेत्रमा नेटोको वायुसैन्य निगरानीका लागि रोमानिया पुगेका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेदेखि युरोपका धेरै मुलुकहरूले रक्षा खर्चमा वृद्धि गरेका छन् ।
नेटोको रक्षालाई बढाउनका लागि अमेरिकाले पनि सहायता उपलब्ध गराएको छ । शुक्रवार भर्मोन्ट एयर नेसनल गार्डका प्रवक्ताले सदस्यहरूलाई मे महिनाको आरम्भतिर युरोपमा तैनाथ गरिने बताए ।
त्यस्तै, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको पूर्व प्रमुख आर्थिक सल्लाहकार डा. आन्द्रेई लारिओनोभले पश्चिमी मुलुकहरूले रुसी तेल र ग्यास खरिद गर्न बन्द गरे युक्रेन युद्ध रोकिने बताएका छन् ।
उनले रुसी ऊर्जामाथि ’वास्तविक प्रतिबन्ध’ लगाउनुपर्ने सल्लाह दिएका छन् ।डा. लारिओनोभले अन्य मुलुकहरूले आफ्ना ऊर्जा प्रयोग कटौती गर्ने भनेर दिएको चेतावनीलाई रुसले गम्भीर रूपमा नलिएको पनि बताएका छन् ।
गत वर्ष तेल र ग्यासको मूल्यमा निकै वृद्धि हुँदा त्यसैबाट उठेको राजस्वले रुसको सरकारी खर्चको ३६ प्रतिशत धानेको थियो । ऊर्जाको निर्यातबाट रुसले युरोपेली संघ (ईयू)बाट सबैभन्दा बढी आर्जन गर्ने गरेको छ ।
ईयूले आफूले वार्षक उपभोग गर्ने करिब ४० प्रतिशत ग्यास र २७ प्रतिशत तेल रुसबाट आयात गर्दै आएको छ ।यसैसाता मात्र युरोपेली संघका कूटनीतिज्ञ जोसेप बोर्रेलले भनेका छन्, “हामीले प्रत्येक दिन हामीलाई ऊर्जा आपूर्ति गरिदिएबापत पुटिनलाई एक अर्ब युरो तिर्छौं ।“
डा. लारिओनोभले दाबीका साथ भनेका छन्, “यदि ऊर्जामाथि वास्तविक प्रतिबन्ध लगाइने हो भने सम्भवत एक वा दुई महिनाभित्र युक्रेनमा रुसी सैनिक अपरेसन रोकिने छ।
यो अझै पश्चिमी मुलुकहरूका हातमा रहेको सबैभन्दा प्रभावकारी उपाय हो। डा. लारिओनोभले सन् २००० देखि २००५ सम्म राष्ट्रपति पुटिनको प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरेका थिए। –बीबीसीबाट ।
60 Minutes met Ukrainian President Volodymyr Zelenskyy in the blacked-out hallways of his command center in Kyiv. Zelenskyy and his staff have lived in this newfound fortress for 46 days now. The Russian invasion plan expected Kyiv to fall in three. https://t.co/4pTtQusQUL pic.twitter.com/xorgvlIqzg
— 60 Minutes (@60Minutes) April 10, 2022
प्रतिक्रिया