आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थमन्त्री शर्माको अर्को निर्णयले देशभर तरङ्ग

प्रकाशित
3.4K
SHARES

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले कठोर कदम चालेका छन्। मन्त्री, सचिव, सहसचिव र अन्य सरकारी निकायले पाउँदै आएको इन्धन सुविधा कटौति गरेर कठोर कदम चालेका हुन्।

यी व्यक्ति तथा निकायले पाउँदै आएको इन्धन सुविधा सरकारले २० प्रतिशतले कटौती गरेको छ। बिहीबारको मन्त्रिपरिषद बैठकबाट २० प्रतिशत इन्धन सुविधा कटौती प्रस्ताव पारित भएको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए।

नेपाल आयाल निगम पछिल्लो समय ३५ अर्ब घाटामा गइसकेको छ। अन्तरराष्ट्रिय बजारमै मूल्य अत्याधिक आकाशिएको पेट्रोलियमको आयातका कारण विदेशी मुद्रा संचितिमा ठूलो दबाव पर्न थालेपछि तेल कम खपत गर्ने प्रमुख उपायको रुपमा सरकारले यो निर्णय गरेको हो।

सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि मन्त्रिस्तरका लागि मासिक दुई सय ७ लिटर तेल तोकेको छ। यो हिसाबले वार्षिक २४ सय ८४ लिटर तेल एक मन्त्रीको भागमा पर्न जान्छ। यसमा २० प्रतिशत ४९७ लिटर कटौती गर्दा अब यो करिब दुई हजार लिटरमा झर्नेछ।

यस्तै, सरकारले सचिवका लागि अहिल मासिक सय लिटर इन्धनको कोटा तोकेको छ। यो हिसाबले सचिवले वार्षिक १२ सय लिटर तेल पाउँछन्।यस्तै, सहसचिव स्तरका कर्मचारीले मासिक ७० लिटर पाउँछन्।

यो हिसाबले वार्षिक ८ सय ४० लिटर तेल सुविधा प्राप्त गर्नेछन्। यो सबैमा सरकारले २० प्रतिशत कटौतीको निर्णय गरेको हो। अर्थमन्त्री जनार्दन शर्माले देश श्रीलंका बन्छ भन्नु अफवाह भएको बताएका छन्।

सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले वृद्धभत्ता समेत दिन नसक्ने भनेर गरिएको दाबी अफवाह मात्र भएको बताए। आइतबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले देश श्रीलंका हुने र सरकारले वृद्धभत्तासमेत दिन नसक्ने आउने दाबी गरेका थिए।

अर्थमन्त्री शर्माले ओलीको नाम नलिई भने, विदेशी पानी खाएर हुर्किएका केही नागरिकको कुरा सुन्ने हो भने वृद्ध भत्ता पनि दिन नसक्ने, भन्न सकिन्छ। तर चुनावका लागि सबै तयारी गरेका छौं, बजेटको व्यवस्था गरेका छौं, जुन दिन चाहिन्छ।

त्यही दिन भुक्तानी दिने सुनिश्चितता गरेका छौं। तर अफवाहहरुलाई जोडेर देश श्रीलंका हुन्छ भन्नेतिर लैजान खोजिएको भन्दै मन्त्री शर्माले भने, ‘यो राष्ट्रघात हो । श्रीलंका बनाउन किन चासो भइरहेको छ ? अचम्म लाग्छ।

तेस्तै,माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमाथि निर्वाचन आयोगले एक्सन लिएको छ। आयोगले नेकपा एससँग स्पष्टीकरण सोधेर एक्सनमा उत्रिएको हो।

राजधानीको भृकुटीमण्डपमा आयोजना गरिएको कार्यक्रम आचार संहिताविपरीत भएको गुनासोका आधारमा आयोगले स्पष्टीकरण सोधेको हो।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले मिति २०७८/१२/२६ मा काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको आमसभामा निर्वाचन आयोगले जारी गरेको आचारसंहिता उलंघन भएको भन्ने गुनासोको आधारमा जानकारी ताकेता गरेको छ।

आमसञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत जानकारी हुन आएकाले सो सम्बन्धमा के कसो भएको हो ३ दिनभित्र जवाफ माग गरिएको छ’ आयोगको निर्णयमा भनिएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ