आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

जेलेन्स्कीलाई एक्लो नछाड्ने भन्दै गोलीगठ्ठासहित अस्ट्रेलिया पनि घुस्यो युक्रेन

प्रकाशित
2.4K
SHARES

एजेन्सी। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अनुरोधमा अस्ट्रेलियाले युक्रेनमा सशस्त्र सैन्य ट्रकहरु पठाएको छ। रुसी हमलाविरुद्ध सशक्त प्रतिकार गर्न युक्रेनलाई २० ओटा सैन्य ट्रक पठाउने प्रतिबद्धता अनुसार अस्ट्रेलियाले तीन ओटा ट्रकहरु पठाएको हो।

अस्ट्रेलियालले पठाएका शक्तिशाली बुसमास्टर युद्धग्रस्त क्षेत्रमा सेना र सर्वसाधारण पठाउन परियोग गरिनेछ। तर, तिनिहरुलाई आक्रमक हमलाका लागि भने प्रयोग गरिने छैन्।

जेलेन्स्कीले गत साता अस्ट्रेलियाको संसद्लाइ भिडियो सम्बोधन गरेका थिए। युक्रेनलाई गरेको निरन्तर सहयोगप्रति जेलेन्स्कीले अस्ट्रेलियालाई धन्यबाद दिएका थिए।

रुसी हमला सामना गरिरहेको युक्रेनले विभिन्न देशहरुसँग सैन्य सहयोग मागेका छन्। उनले विभिन्न देशका संसद्लाई भर्चुअल माध्यममार्फत् सम्बोधन गर्दै आएका छन्।

अस्ट्रेलियाले युक्रेनलाई सैन्य तथा मानवीय सहायता स्वरुप १९० मिलियन अस्ट्रेलियाली डल प्रदान गरेको छ। तेस्तै, विश्व बैंकले रुस–युक्रेन युद्धले केही देशमा प्रत्यक्ष आर्थिक मन्दी ल्याउने प्रक्षेपण गरेको छ।

विश्व बैंकले रुस, युक्रेन, बेलारुस, किर्गिजस्तान, मोल्दोभा, र ताजिकिस्तानमा प्रत्यक्ष आर्थिक मन्दी आउने र अन्य देशहरूमा समेत आर्थिक वृद्धिदर संकुचन ल्याउनसक्ने प्रक्षेपण गरेको हो।

बैंकले युद्धका कारण युरोप र मध्य एशियासँगै धेरै देशको आर्थिक वृद्धिदरलाई नकरात्मक असर पार्ने जनाएको छ। विश्व बैंकले युद्धका कारण युक्रेनको अर्थतन्त्रमा यो वर्ष करिब ४५.१ प्रतिशतले सङ्कुचित हुने र अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरूका कारण रुसको अर्थतन्त्र ११.२ प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरेको छ।

त्यस्तै बैंकले आर्थिक संकुचनको असर युरोप र मध्य एसियाली देशहरूका उदीयमान बजार र विकासशील देशहरूले भोग्ने समेत विश्व बैंकको पछिल्लो आर्थिक प्रक्षेपणले जनाएको छ।

विश्व बैंकले रुसी आक्रमणका कारण पूर्वी युरोप र मध्य एसियामा कोभिड महामारीले भन्दा बढी आर्थिक नोक्सानी हुने प्रक्षेपण गरेको छ। युक्रेनका अधिकांश मानिसहरू युद्ध मैदानमा खटिएको वा शरणार्थी भई विदेश पलायन भएका कारण,

आर्थिक गतिविधिमा कमी आएको विश्व बैंकलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। प्रक्षेपणले मध्य एशियाली देशहरूको रेमिट्यान्समा समेत युद्धका कारण धेरै असर पार्ने जनाएको छ।

युद्धले विश्वव्यापी मन्दी ल्याउने, मुद्रास्फीति र ऋण बढाउने तथा गरिबी बढाउँने चिन्तालाई थपेको विश्व बैंकले जनाएको छ। बैंकले युद्धका कारण वित्तीय बजार, व्यापार, आप्रवासन र बजारको आत्मविश्वासमा प्रतिकूल प्रभाव पारिरहेकाले संसारभरको आर्थिक वृद्धिदरमा असर पार्नसक्ने चेतावनी पनि दिएको छ।

युद्धले निम्त्याएको मानवीय सङ्कटको परिमाण भयावह रहेको र रुसी आक्रमणले युक्रेनको अर्थतन्त्र र पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको युरोप र मध्य एसिया क्षेत्रका लागि विश्व बैंककी उपाध्यक्ष अन्ना बियर्डले बताइन।

युक्रेनको अर्थतन्त्रलाई निरन्तरता दिन तत्कालै ठूलो आर्थिक सहायता चाहिएको उनको भनाइ छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ