आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

युद्धको ५० औ दिन युक्रेन पुगेरै बेलायती प्रधानमन्त्रीले गरिदिए यस्तो घोषणा (भिडियो सहित)

प्रकाशित
3.2K
SHARES

किभ। रुसले आक्रमण गरिरहेको युक्रेनको राजधानी किभमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सन भ्रमणका लागि पुगेका छन्। युद्ध जारी रहँदा पनि जोन्सन युक्रेनलाई समर्थन गर्न त्यहाँ पुगेको बेलायती प्रधानमन्त्रीको कार्यालय डाउनिङ स्ट्रिटले जनाएको छ।

सो क्रममा जोन्सन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको तस्बिरहरु सार्वजनिक भएका छन्। बीबीसीका अनुसार जोन्सनले युक्रेनलाई रुसविरुद्ध लड्न हतियारहरु दिने वाचा गरेका छन्।

जोन्सनले जेलेन्स्कीलाई १२० बख्तरबन्द सैन्य गाडी तथा नयाँ एन्टी सिप क्षेप्यास्त्र दिने वाचा गरेका हुन्।बेलायतले सो क्रममा युक्रेनलाई ५० करोड अमेरिकी डलर विश्व बैंंकबाट दिलाउने प्रतिवद्धता पनि जनाएको छ।

अहिलेसम्म बेलायतले युक्रेनलाई एक अर्ब अमेरिकी डलर ऋण दिने ग्यारेन्टी गरेको छ।जोन्सनले कहिले युक्रेनको भ्रमण गरे भनेर उल्लेख गरिएको छैन। युक्रेन भ्रमणपछि जोन्सनले भनेका छन्।

युक्रेनले जटिलतालाई पराजित गर्दै रुसी सेनालाई किभको बाटोबाट पछाडि हटाइदिएको छ। म यो स्पष्ट रुपमा भन्न चाहन्छु कि युक्रेनको समर्थनमा बेलायत खडा छ।

जेलेन्स्कीको अटल नेतृत्वको लागि पनि बेलायतले युक्रेनलाई सहयोग जारी राख्ने र पुटिनको योजना असफल बनाइने बेलायतको भनाइ छ।तेस्तै, रुसविरुद्ध लड्न आयरल्यान्डबाट युक्रेन पुगेका अल्दी कम्पनीका म्यानेजर रुसी सेनाको आक्रमणमा मारिएका छन्।

युक्रेनका आलेकसान्डर जाभहोरोडिनी २० वर्षयता आयरल्यान्डमा बस्दै आएका थिए। डब्लिनमा रहेको आल्दी सुपरमार्केटका उनी म्यानेजर पदमा थिए। लामो समय आयरल्यान्ड बसेपछि उनले त्यहाँ कै नागरिकता पनि पाएका थिए।

४५ वर्षका उनले रुसले युक्रेनमा आक्रमण गरेको थाहा पाएपछि अन्ततः गत मार्चमा रुसविरुद्ध लड्ने निधो गरेका थिए। मार्च पहिलो हप्ता नै उनी युक्रेन पुगिसकेका थिए।

खबरअनुसार दुई सन्तानका पिता उनी गत मार्च ३० मा डोनबासमा मारिएका हुन्।रुसी सेनाले हवाई कारवाही गर्दा सोही बमबारीमा परेर उनको मृत्यु भएको आइरिस टाइम्सले जनाएको छ।

राजधानी किभ नजिकैको एउटा गाउँमा दर्जनौँ युक्रेनी सर्वसाधारणका शव फेला परेका छन्। रुसी सेनाबाट युक्रेनी सेनाले हालै मुक्त गरेको बुझोभा गाउँमा ती शव फेला परेका हुन्।

बुजोभा र अन्य धेरै नजिकका गाउँहरू समेट्ने दिमित्रिभका समुदायका प्रमुख तारास डिडिचले पेट्रोल स्टेशन नजिकैको खाडलमा शवहरू फेला परेको बताए। मृतकको संख्या पुष्टि हुन बाँकी छ।

हामी सामान्य जीवनमा फर्किरहेका छौं। तर रुसी सेनाले ओगट्ने क्रममा यो स्थान आक्रमणको हटस्पट बनेको थियो। धैरै सर्वसाधारण मारिएका थिए’, डिडिचले भने।

बेलायती प्रधानमन्त्री युक्रेन पुगेपछि जेलेन्स्कीले भनेः युक्रेन मात्र नभएर पुरै युरोप रुसको निशानमा। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार युक्रेनमात्र नभएर पुरा युरोप नै रुसको निशानामा छ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले हालै युक्रेनको भ्रमण गरेका थिए। उनले युक्रेनलाई हतियारहरु प्रदान गर्ने वाचा गरेका छन्।

जोन्सनको भ्रमणपछि शनिबार राति देशवासीलाई सम्बोधन गर्दै जेलेन्स्कीे भनेका छन्,‘रुसको आक्रमक गतिविधि केवल युक्रेनमा मात्र सिमित नभएर युरोपभर बढ्नेछ। हामी मात्र होइन पुरै युरोप उसको निशानामा छ।

रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिकाले सशक्त ढंगबाट युक्रेनको विरोध जनाइरहेको छ। त्यहाँ कडा आर्थिक प्रतिबन्धहरु पनि लगाइएका छन्। तर युरोपले भने रुसी ग्यास र तेल खरिद गर्न छाडेको छैन।

सो क्रममा जेलेन्स्कीले अहिले रुसको उर्जा उत्पादनलाई पश्चिमा देशहरुले पुरै प्रतिबन्ध लगाउनु पर्ने र युक्रेनलाई अतिरिक्त हतियार आपूर्ति गर्नुपर्ने माग राखेका छन्।

उनले युक्रेनको पूर्वी भागमा रूसी सेना परिचालन भइसकेको पनि जानकारी दिएका छन्। उनका अनुसार युक्रेन कठिन भन्दा कठिन लडाई लड्न तयार छ।

उनले भनेका छन्,‘लडाइ अप्ठेरो होला तर हामीलाई हाम्रो जित हुन्छ भन्नेमा भरोसा छ। हामी प्रतिकारसँगै कूटनीतिक तवरबाट यो युद्ध रोक्नलाई तत्पर छौं।

यसक्रममा युक्रेनका मुख्य वार्ताकार मिखाइलो पोदोल्याकले भनेका छन्,‘राष्ट्रपति जेलेन्स्कीले तबसम्म रुसी राष्ट्रपतिसँग भेटघाट गर्दैनन् जबसम्म पूर्वी क्षेत्रको युद्धमा रुसलाई हराउदैँनन्। श्रोत: दैनिक अनलाईन

प्रतिक्रिया

आजको ट्रेन्डिङ