आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

निवर्तमान प्रधानमन्त्री खानबिरुद्द पक्राउ आदेश जारी, देशभर उथलपुथल

प्रकाशित
6.6K
SHARES

काठमाडौं। प्रधानमन्त्री बिरुद्द पक्राउ आदेश जारी भएपछि  दशभर उथलपुथल मचिएको छ। सेनाले प्रधानमन्त्री सहित अरु मन्त्रीहरु माथि निगरानी बढाएको जनाएको छ।

पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ आदेश जारी भएको छ। प्रधानमन्त्री पदबाट हटेको २४ घण्टा नबित्दै उनीविरुद्ध पक्राउ आदेश जारी भएको हो।

हिजो संसदमा विश्वासको मत गुमाएका खानविरुद्ध पाकिस्तानी सेनाले पक्राउ आदेश जारी गरेको पाकिस्तानी मिडियाले जनाएका छन्। सर्वोच्च अदालतले सदर गरेको विपक्षीहरूले ल्याइएको अविश्वासको प्रस्तावमाथि शनिबार मध्यरातपछि मतदान गरिएको थियो।

यति मात्र नभई, सेनाले खान सरकारका मन्त्री तथा उच्च पदस्थ अधिकारीहरूलाई देश नछाड्न पनि आदेश दिएको छ। खान निवासमा आज बिहान छापा मारिएको छ। हिजो नै खान सरकारी निवास छाडी आफ्नो निवासमा आएका थिए।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पारित भएपछि पदमुक्त भएका छन् ।प्रधानमन्त्री खान विरुद्धको अविश्वासको प्रस्तावमा १७४ जना सदस्यले मतदान गरेपछि पदमुक्त भएका हुन्।

इमरान खानको सरकारले संसद् विघटन गरी तत्काल चुनावको तयारी अघि बढाउने घोषणा गरेपछि प्रतिपक्षी दलका नेताहरू सर्वोच्च अदालत गएका थिए। प्रधानमन्त्री इमरानविरुद्ध गत मार्च २८ मा अविश्वास प्रस्ताव संसदमा पेश भएको थियो।

तेस्तै, पाकिस्तानी प्रधान मन्त्री इमरान खानले अमेरिकाको समर्थनमा आफूलाई हटाउने प्रयास भएको बताएका छन्। आफ्ना विपक्षीलाई अमेरिकी सहयोग भएको उनले बताएका हुन्।

पाकिस्तानको यस्तो अवस्थाका पछाडि अमेरिका जिम्मेवार रहेको प्रधान मन्त्री खानको आरोप छ ।खानलाई प्रधान मन्त्रीबाट अपदस्थ गर्नका लागि पाकिस्तानी संसदमा आइतबार मतदान हुने भएको छ।

उनीविरुद्ध गत साता नै अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।शनिबार उनले सम्बोधन गर्दै आफूलाई हटाउन विदेशी पत्रकारहरू पनि लागि परेको बताए। पाकिस्तानी प्रधान मन्त्री खानविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि विधायकहरू उनको विपक्षमा खुलेका छन्।

तेस्तै, इमरान खानले दुई देशबीचको विद्यमान मतभिन्नता हटाउन आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिभिजन बहस गर्न तयार रहेको बताएका छन्। ७५ वर्षअघि स्वतन्त्रता प्राप्त गरेपछि पनि भारत र पाकिस्तानबीचको सम्बन्ध चिसो छ।

त्यस यता मात्र दुई देशबीच तीन ओटा युद्ध भइसकेका छन् ।मलाई भारतीय प्रधानमन्त्री मोदीसँग टेलिभिजन बहस गर्न मन छ, रसिया टुडेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री खानले भने।

बहसमार्फत समस्या समाधान भएमा भारतीय उपमहाद्धीपमा एक अर्बभन्दा बढी मानिसहरुलाई फाइदा हुने उनको तर्क छ। खानको प्रस्तावबारे भारतको विदेशमन्त्रालयले तत्काल कुनै टिप्पणी गरेको छैन्।

आतंक र वार्ता एकै चोटी नहुने बताउँदै भारतले पाकिस्तानलाई अतिवादी समूहलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न रहेका व्यक्तिलाई सजाय दिन बारम्बार माग गर्दै आएको छ।

भारतले पाकिस्तानलाई सीमापार आतंकवादको अन्त्य हुनु पर्ने माग गर्दै आएको छ भने पाकिस्तानले त्यसलाई ‘गैर–राज्य व्यक्ति’ का तर्फबाट भएका घटना भन्दै आफू पन्छिन खोज्छ।

सन् २००८ मा भएको मुम्बई हमलाबाहेक भारतले सन् २०१६ मा ७ जना भारतीय सैनिकको ज्यान जाने गरी भएको पठानकोट हमलाका दोषी र उनीरु आबद्ध संगठनमाथि कारबाहीको माग गर्दै आएको छ।

इमरान खानले आफ्नो ज्यान जोखिममा रहेको विश्वस्त स्रोतबाट सूचना पाएको दाबी गरेका छन्। प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताए।

आफूविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार हुने मतदानभन्दा एक दिन अगाडि समाचार संस्था एआरवाईसँगको एक अन्तवार्तामा प्रधानमन्त्री खानले देशको शक्तिशाली सेनाले आफूलाई तीनवटा विकल्पहरू:

विश्वासको मत, मध्यावधी निर्वाचन र प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएका छन्। आफ्नो ज्यान जोखिममा रहेको र विपक्षीहरूले चरित्र हत्या गरेको उनले दाबी गरे। ‘मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई जानकारी गराउन चाहन्छु ।

विपक्षीले मेरो चरित्र हत्याको योजना बनाएका छन्। म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्, पूर्वक्रिकेटरसमेत रहेका ६९ वर्षीय खानले भने।

प्रतिक्रिया

आजको ट्रेन्डिङ