आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कहाँबाट आयो शशांकको गोजीमा ६ करोड ?

प्रकाशित
504
SHARES

काठमाडौ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले अघिल्लो निर्वाचनमा ६ करोड रुपैयाँ खर्च गरेको बताएका छन् । प्रतिनिधिसभाको निर्वाचन २०७४ मा उनले यति ठूलो रकम खर्च गरेको बताएका हुन्।

निर्वाचन खर्च महंगो हुँदै गएको भन्दै अब खर्चकै कारण निर्वाचन लड्न नसकिने स्थिति आएको बताए। नवलपरासीबाट तीनपटक निर्वाचन लड्दा खर्च अधिक भएको महसुस गरेको उनले स्मरण गरे।

तीनपटक निर्वाचन लडेँ, पहिलोपटक ८० हजार खर्च भयो, दोस्रोपटक तीन करोड खर्च भयो,’ उनले भने, ‘तेस्रोपटक ६ करोड खर्च भयो। ६ करोड कहाँ बाट आएको हो छानबिन गर्न माग उठेको छ।

नेपाल विद्यार्थी संघ इलाम काठमाडौँ सम्पर्क समितिको कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै कोइरालाले निर्वाचन खर्च धान्न नसकिने अवस्थामा पुगेको बताएका हुन्। उनले विद्यार्थीलाई राजनीतिभन्दा अध्ययनमा जोड दिन आग्रह गरे।

उनले देश बनाउने युवा विद्यार्थी बन्दै अध्ययन सकेर राजनीतिमा आउनु पर्ने बताए। तेस्तै,सत्तारुढ पाँच दलिय गठबन्धनले आफ्नो तर्फबाट साझा उम्मेदवार तोकेको छ।

स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने बारे केन्द्रमा गृहकार्य चलिरहँदा गुल्मीको एक गाउँपालिकामा स्थानीय स्तरमै साझा उम्मेदवार नै घोषणा गरिएको छ।गुल्मीको मालिका गाउँपालिकामा सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट,

नेकपा माओवादी केन्द्रका नेतालाई साझा उम्मेदवारको रुपमा घोषणा गरेको हो। गत स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारले जितेको यस गाउँपालिकामा पाँच दलीय गठबन्धनको साझा उम्मेदवार घोषणा गरिएको हो।

मंगलबार गाउँपालिकाको ठूलीचौरमा चुनावी घोषणा सभाको आयोजना गरी सत्तारुढ पाँचदलीय गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रको नेतालाई साझा उम्मेदवार बनाउने पाँच दलीय गठबन्धनले घोषणा गरेको हो।

माओवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिसीले उम्मेदवारको टुङ्गो नलागे पनि पार्टीका गाउँपालिका अध्यक्ष देविराम अर्यालको नाममा छलफल भइरहेको बता।

हाल माओवादी केन्द्र मालिका गाउँपालिकाका अध्यक्षसमेत रहेका अर्याल २०७४ को स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवारसँग पराजित भएका थिए।गठबन्धनले पालिका बाँडफाँडको टुङ्गो लगाउन सुरु गरेको र छिट्टै अन्य पालिकाको पनि टुङ्गो लगाएर निर्वाचनमा होमिने बताए।

गठबन्धनमा सहभागी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त रूपमा चुनावी घोषणा सभा गरी अर्याललाई अध्यक्षमा उठाउने निर्णय गरेको बताइएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ