काठमाडौं। यदि तपाईको पार्टनरले तपाईलाई धोका दिएर झुट बोलिरहेको छ भन्ने कुरा तपाईलाई थाहा भयो भने तपाईको मन कस्तो हेला ? यदि कसैलाई यस्तो भयो भने उसको मन भाँचिन सक्छ।
कोही भने बदला लिन पनि तयार हुन सक्छन्। एक युवकले आफ्नी गर्लफ्रेण्डलाई धोका दिइरहेका थिए तर ती युवतीले आफ्ना ब्वायफ्रेण्डलाई रंगेहात समातिन्। ती युवतीले आफ्नो पार्टनरको कारमा ट्रयाकर राखेकी थिइन्।
जसको सहयोगमा उनी ब्वायफ्रेण्डको पछिपछि त्यहाँ पुगिन्। मिसी पिटरसन नामकी एक महिलाले टिकटकमा आफ्नो कथा सेयर गरेकी छिन्। द सन’को रिपोर्ट अनुसार मिसीलाई उनका पार्टनरले झुट बोलेर गलत लोकेशन सेयर गरेका थिए।
मिसीका अनुसार खासमा उनका पार्टनर एक स्ट्रिप क्लवमा थिए तर उनले आफू अर्कै ठाउँमा भएको भन्दै गलत लोकेसन शेयर गरेका थिए। उनले ट्रयाकरको सहयोगमा ब्वायफ्रेण्ड भएको लोकेशन थाहा पाइन्।
उनी एक स्ट्रिप क्लवमा थिए । मिसीले भनिन्, ‘मैले मेरो पार्टनरको कारमा ट्रयाकर राखेकी थिएँ । मैले ऊ स्ट्रिप क्लव गएको थाहा पाएँ। म त्यहाँ गएँ र त्यहाँका केटीहरूलाई यसबारे बताएँ ।
उनीहरूले मलाई मद्दत गरे र म त्यसपछि स्टेजमा थिएँ। अचानक स्टेजमा आफ्नी प्रेमिकालाई देखेर युवक छक्क परे । त्यही बेला प्रेमिकाले भनिन्, ‘तिमी शो हेर्न चाहन्थ्यौ, म तिमीलाई शो देखाउँछु।
मिसीको यो भिडियोलाई ३९ लाखले हेरेका छन् । योसँगै यो भिडियोलाई ५ लाखभन्दा बढीले लाइक गरेका छन् । हजारौं मानिसहरूले यसलाई साझा गरेका छन्।
यो भिडियोमा धेरैले कमेन्ट पनि गरेका छन् । एकजनाले लेखेका छन्, ‘हालको समयमा मैले यो भन्दा हास्यास्पद केही देखेको छैन।
यो पनि पढ्नुहोस : छोरी जन्मिएको खुसीयालीमा हेलिकप्टरबाट ल्याइयो घर:छोरीलाई लिएर एक परिवारले यस्तो सन्देश दिएको छ, जसलाई जानेर तपाई पनि अचम्ममा पर्नु हुनेछ । घरमा छोरीको जन्मबाट परिवार यती खुसी थियो।
उनीहरुले नवजात बच्चीलाई ठूलो शाही सानका रुपमा घर ल्याए। यसलाई देखेर वरपरका मानिस हैरानीमा परेका छन्। हाम्रो समाजमा छोरीलाई लिएर विस्तारै–विस्तारै परिवर्तन आउन थालेको देख्न पाइन्छ।
भारतमा कन्याको भ्रूण हत्याको मामिला देखिरहेको छ भने अर्कातिर पुणेको एक परिवारले समाजको सामु एक यस्तो उदाहरण प्रस्तुत गरेको छ, यसको बारेमा जानेर छोरीप्रति जागरुकता बढ्ने छ।
यस परिवारको एक सानो प्रयासले छोरीको जन्मको विषयलाई लिएर समाजमा एक मायाको सन्देश दिएको छ। सोशल मिडियामा तीव्र रुपमा भाइरल भइरहेको यो भिडियो पुणे जिल्लाको खेन्ड तालुकाको शेलगाउँको भएको बताइएको छ।
भिडियोमा एक पिता आफ्नो नवजात शिशुलाई हेलिकप्टरबाट ओर्लेर कारमा बस्दै गरेको देखिन्छ । घरमा छोरीको जन्मबाट परिवार यतीको खुसी भएको छ, की शिशुलाई हेलिकप्टरबाट घर लिएर आएको छ
परिवारले बच्चीलाई पहिलो पटक घर फर्काउने समयलाई सम्झना लायक बनाउनका लागि हेलिकप्टरबाट घर ल्याएको हो।
प्रतिक्रिया