आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भोजपुरमा सबै वडामा गठबन्धन, एमाले पत्तासाफ

प्रकाशित
260
SHARES

काठमाडौं। सत्ता गठबन्धन दलहरुले भोजपुर जिल्लाका सबै वडामा गठबन्धन गरेर स्थानीय चुनावमा जाने निर्णय गरेका छन्।

कांग्रेस भोजपुरका सभापति विनोद वान्तवाको नेतृत्वमा आज बसेको गठबन्धन दलहरुको बैठकले ९ वटा स्थानीय तह र ८१ वटै वडाहरुमा गठबन्धन गर्ने निर्णय गरेको हो।

‘भोजपुर जिल्ला नेपाली कांग्रेसको सभापति विनोद वान्तवाको अध्यक्षतामा सत्तारुढ गठबन्धन दलको बैठक बसी आगामि स्थानीय तहको निर्वाचनमा भोजपुर जिल्ला समन्वय समिति, ९ स्थानीय तह र ८१ वटै वढडाहरुमा गठबन्धन गरी शानदार विजय हासिल गर्ने निर्णय गरियो,’ बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकपछि जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ रायमाझी, माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर काङमाङ राई, सुदन किराती, नेकपा एकीकृत,

समाजवादीका केन्द्रीय सदस्य रमेश शाक्य, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य रामसिंह राई, कांग्रेस भोजपुरका सभापति विनोद वान्तवा, नेकपा एसका अध्यक्ष वीरजङ्ग राई तथा जनता समाजवादी पार्टी भोजपुरका अध्यक्ष आशकुमार राईको हस्ताक्षर रहेको छ।

सत्ता गठबन्धनको तालमेलबारे निर्णयपछि एमालेलाई दवाव पर्ने देखिएको छ। तेस्तै,नेपाली काँग्रेसको कोइराला पक्ष एकलौटी अगाडि बढ्न खोज्दा समस्या आएको भन्दै मोरङका तीन दलले काँग्रेससँग गठबन्धन नगर्ने निर्णय गरेका छन्।

विराटनगरको होटल स्टर्नस्टारमा आज बिहान बसेको काँग्रेस बाहेकका दलको छुट्टै बैठकले काँग्रेसको विकल्प खोज्ने निर्णय गरेको हो।बैठकमा माओवादी, नेकपा एस र जनता समाजवादी दलका मोरङका नेताहरु माओवादीका तर्फबाट केन्द्रीय सदस्य शिवकुमार मण्डल,

प्रदेश १ सचिव गणेश उप्रेती, मोरङ संयोजक विजय विश्वास, नेकपा एकीकृत समाजवादीका नेता तथा प्रदेश सचिव महेश रेग्मी, जनता समाजवादी पार्टीका नेता जयराम यादव, राजकुमार यादव, भुराज राई लगायतको उपस्थिति थियो।

आजको छलफलले हामी एक मतका साथ काँग्रेसको विकल्प खोज्ने निर्णय भएको छ, बैठकमा सहभागी माओवादी केन्द्रका प्रदेश सचिव उप्रेतीले भने, ‘मोरङमा काँग्रेसको कोइराला ग्रुपले निक्कै दम्भ देखाएको छ, उसलाई एक्ल्याउन जस्तोसुकै विकल्प खुल्ला गर्ने गरी निर्णय भयो।

प्रतिक्रिया

आजको ट्रेन्डिङ