आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

को बन्यो सशस्त्र प्रहरी प्रमुख ?

प्रकाशित
5.4K
SHARES

काठमाडौं। सशस्त्र प्रहरीका दुई जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पुष्पराम केसी र रामशरण पौडेल नुवाकोटका हुन्। एकै जिल्लाका यी दुवैमध्ये एक जना सोमबारदेखि सशस्त्र प्रहरी महानिरीक्षक आईजीपी हुनेछन्।

आइतबार आईजीपी शैलेन्द्र खनालको पदावधि सकिँदै छ। सोही दिन सरकारले आईजीपीमा केसी र पौडेलमध्ये एक जनालाई नियुक्त गर्नेछ। आईजीपीको लाइनमा रहेका दुई एआईजी र आईजीपी खनाल एकै ब्याजी हुन्।

एकै पटक उनीहरू प्रहरी नायव उपरीक्षक डीएसपी भएपछि २०५८ मा सशस्त्र प्रहरीमा गएका थिए। तत्कालीन नेकपा माओवादीलाई परास्त गर्न भन्दै २०५७ मै सशस्त्र प्रहरी गठन गरेको थियो।

सोही संगठनमा डीएसपीबाट प्रवेश गरेका खनाल आईजीपको चार वर्षे पदावधि सकेर सेवा निवृत्त हुँदा केसी र पौडेल प्रतिस्पर्धी बनेका हुन्।
उनीहरू प्रहरी निरीक्षक २०४९ वैशाख १९ गते भएका थिए। ठीक ३० वर्षपछि आईजीपीको प्रतिस्पर्धीमा होमिएका छन्।

२०६१ साल वैशाखमा सशस्त्र प्रहरी उपरीक्षक एसपी, २०६६ साल मंसिरमा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी, २०६९ जेठमा सशस्त्र प्रहरी महानिरीक्षक डीआईजी र २०७४ वैशाखमा प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी भएका हुन्।

हाल एआईजी केसी कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख छन् । अर्का एआईजी पौडेल भने प्रशासन तथा मानव स्रोत विभाग प्रमुख छन्। तेस्तै

सशस्त्र प्रहरी बल एपीएफमा नियमित अवकाश र बढुवा भएमा हालका एआईजी पुष्पराम केसी वरियताका आधारमा चैतपछि २१ दिनका लागि सशस्त्र प्रहरी महानिरीक्षक बन्ने सम्भावना छ।

यदि सरकारले केही भाजो नहालेमा उनले २८ चैत्र २०७८ देखि १९ वैशाख २०७९ सम्म सशस्त्र प्रहरीको नेतृत्व गर्नेछन्। तर, सरकारले सशस्त्र प्रहरीमा एक एआईजी दरबन्दी थप्ने तयारी थालेसँगै महानिरीक्षक बन्ने उनको सपना बीचमै तुहिने सम्भावना र आशंका बढेर गएको छ।

सरकारले २१ दिनका लागि नेतृत्व दिएर फेरि नियुक्त गर्नु भन्दा बढुवा भएका नयाँ एआईजीलाई नै महानिरीक्षक बनाउने तयारी गरेकाले केसीको आईजीपी बन्ने सपना पूरा नहुने देखिएको हो।

यद्यपि बीचको समयमा एआईजी केसीलाई निमित्त महानिरीक्षक बनाउनुुको विकल्प हालकै महानिरीक्षक खनाललाई नियमावली संशोधन गरेर थप समय म्याद थप्नुबाहेक सरकारसँग छैन। हाल सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकालका कारण आगामी २८ चैतमा अवकाशमा जाँदै छन्।

उनी २८ चैत २०७४ मा आईजीपी भएका थिए। उनकै ब्याची भए पनि हालका एआईजीहरु केसी र रामशरण पौडेलले भने ३० वर्षे सेवा हदका कारण १९ वैशाखमा मात्र अवकाश पाउनेछन्। गत १३ वैशाखमा उनीहरुको एआईजीमा एक वर्षे कार्यकाल थप गरिएको थियो।

आईजीपीको र एआईजीको अवकाशबीचको अवधिमा सशस्त्र प्रहरीको महानिरीक्षक सरकारले चयन गर्नुपर्ने हुन्छ। त्यसमा वरियतामा एक नम्बरमा रहेका कारण एआईजी केसीको सम्भावना पनि छ।

एआईजी केसी तिनै अधिकारी हुन्, जसले यसअघि पनि सशस्त्र प्रहरीको महानिरीक्षक बन्न आफ्नै महानिरीक्षकविरुद्ध लबिइङ र शक्तिकेन्द्र धाउँदै आएका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निकट मानिने केसीले ओली नेतृत्वको सरकारको पालामा आईजीपी खनाललाई हटाउन जोडबल गरे पनि सकेनन्।

तर, यतिबेला नियमसंगत रुपमा २१ दिनका लागि भए पनि सशस्त्रको आईजीपी बन्न पाउने सम्भावना केसीलाई थियो। तर, सरकारले सशस्त्रमा एक दरबन्दी थप्ने र नयाँ एआईजीलाई नै महानिरीक्षक बनाउने तयारी गरेपछि उनको यो सपना पनि पूरा नहुने देखिएको हो।

स्रोतका अनुसार गृह मन्त्रालयले दरबन्दी थपका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको छ भने अर्थ मन्त्रालयसँग पनि छलफल भएको छ। अर्थ मन्त्रालयले पनि ‘ग्रीनसिग्नल’ दिएकाले अब मन्त्रिपरिषदमा प्रस्ताव पेस गरी फागुना पहिलो सातासम्ममा निर्णय गराइने तयारी गरिएको छ।

सशस्त्रको कार्य र सीमा सुरक्षा विभागलाई छुट्याएर एक एआईजीको दरबन्दी सृजना गर्न लागिएको हो । सशस्त्रमा अर्को प्रशासन तथा मानव स्रोत विभागमा पनि एआईजीको दरबन्दी छ। एक दरबन्दी थपिएसँगै सशस्त्रमा एआईजीको संख्या ३ हुनेछ।

सशस्त्र प्रहरीमा हाल दुई डीआईजीहरु अवकाशको क्रममा छन्। हाल प्रवक्ता रहेका डीआईजी मन्दीप श्रेष्ठ र खड्गजीत राईले २६ माघमा अनिवार्य अवकाश पाउँदै छन।

गत वर्ष उनीहरुको डीआईजीमा एक वर्ष कार्यकाल थपिएको थियो। त्यसैले अब एआईजी बन्ने दौडमा वरियताका आधारमा डीआईजीहरु राजु अर्याल, नारायणदत्त पौडेल र चन्द्रप्रकाश(सीपी गौतम छन्।

वरियतामा सबैभन्दा अघि भएकाले डीआईजी अर्याल हालका महानिरीक्षक खनालले अवकाश पाएपछि वा नयाँ सृजना हुने दरबन्दीमा एआईजी बन्ने सम्भावना बढी छ। नयाँ एआईजी बन्ने अधिकारीले नै महानिरीक्षक बन्ने सौभाग्य पाउने भएका छन्।

प्रतिक्रिया

आजको ट्रेन्डिङ