आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

चुनावको मुखैमा चर्चित माओवादी नेता एमाले प्रवेश, को हुन् उनि ?

प्रकाशित
1.4K
SHARES

बुटवल। चुनावको मुखमा रुपन्देहीमा नेकपा माओवादी केन्द्रका जिल्लादेखि वडा तहसम्म नेता एमालेमा प्रवेश गरेका छन्। माओवादी केन्द्र रुपन्देहीकी जिल्ला कमिटी सदस्य मञ्जु भुसालसहितका नेता, कार्यकर्ता एमाले प्रवेश गरेका हुन्।

भुसालले बुटवल उपमहानगरपालिकामा माओवादी केन्द्रबाट उपमेयरको दाबी गरिरहेकी थिइन्। माओवादी केन्द्रले उपमेयर दिने बाचा गरे पनि पार्टीको कुनै भविष्य नदेखेकाले आफू एमाले प्रवेश गरेको नेतृ भुसालले बताइन्।

निर्माण व्यवसायमा संलग्न भुसाल यसअघि माओवादीको बुटवल नगर कमिटीको नेतृत्वका लागि लामो समय प्रतिस्पर्धामा रहेकी थिइन्। तर नेतृत्वले उनलाई नसमेटिएपछि असन्तुष्ट बनेकी थिइन्।

भुसाललाई एमाले सचिव छविलाल विश्वकर्मा, स्थायी समिति सदस्य मणि थापा, पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेलगायतले एमालेमा स्वागत गरेका हुन्। नेतृ भुसालसहित २ सय ५० जना माओवादीबाट एमालेमा प्रवेश गरेको एमाले बुटवल नगर अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए।

उनका अनुसार जिल्ला सदस्य भुसाल, नेता नारायण बन्जाडे, जिल्ला सचिवालय सदस्य राजु गौडेल, कृष्ण भुसाल दिपु, जिल्ला सदस्य कृष्ण नेपाली, नेता नारायणप्रसाद भुसाल, जिल्ला सदस्य मुमबहादुर कुँवर, जिल्ला सल्लाहकार युवराज पोखरेललगायत छन्।

कार्यक्रममा बोल्दै एमालेका सचिव छविलाल विश्वकर्माले कम्युनिस्ट पार्टीको मूल प्रवाह एमाले भएको भन्दै अव कतै पनि नअल्मिलिई एमालेमा समाहित हुन आग्रह गरे।

आगामी निर्वाचनमा जुनसुकै गठबन्धनका विरुद्ध पनि एमालेले एक्लै विजय हासिल गर्ने उनले बताए। एमाले स्थायी समिति सदस्य मणि थापाले माओवादी केन्द्रको आफ्नो अस्तित्व र पहिचान मेटिँदै गएको भन्दै अव सही बाटो हिँड्न कार्यकर्तालाई आग्रह गरे।

कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने, रुपन्देही जिल्ला अध्यक्ष तेजेन्द्र केसी, जिल्ला सचिवालय सदस्य बाबुराम पन्थी, बुटवल नगर इन्चार्ज कृषि पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए।

तेस्तै, हुम्लाको दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाका अध्यक्ष तथा एमाले केन्द्रीय सदस्य दलबहादुर फडेराको घरमा माओवादी कार्यकर्ताले ढुंगामुढा गरेका छन्।

शुक्रबार राति अध्यक्ष फडेरा नेतृत्वमा रहेको एमाले कार्यकर्ताले माओवादी निकट होटेल पसलमा तोडफोड गरेको आरोप लगाउँदै माओवादी कार्यकर्ताले शनिबार दिउँसो गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा ढुंगामुढा गरेका हुन्।

गहेको शुक्रबार रातिको घटनालाई लिएर आज माओवादी कार्यकर्ताले अध्यक्ष फडेराको घर घेरेको प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।अदानचुली गाउँपालिकाका स्थानीयका अनुसार ठूलै संख्यामा आएका माओवादी कार्यकर्ताले,

अध्यक्षको घरमा ढुंगामुढा गर्दा घरको माथिल्लो तलामा रहेको सोलार प्यानल फुटेको बताएका छन्। घरमासमेत सामान्य क्षति पुगेको रेडियो श्रीनगरका कालीबहादुर थापाले जानकारी दिए।

घटनाको जानकारी पाएपछि प्रहरी घटना स्थलमा पुगेर घटना नियन्त्रण लिन खोज्दा प्रहरी असई कृष्ण बुढालाई सामान्ने चोट लागेको जिल्ला प्रहरी कर्यालयको स्रोतले जानकारी दिएको छ।

गाउँपालिका केन्द्र समेत रहेको श्रीनगरमा प्रहरी चौकी भए पनि जनशक्ति कमी भएका कारण नजिकका प्रहरी चौकीबाट प्रहरी घटनास्थलमा पुगिसकेको प्रहरीले जनाएको छ।

माओवादी केन्द्रका कार्यकर्ताले शुक्रबार राति गाउँपालिका अध्यक्ष फडेराको नेतृत्वमा नारा जुलुस गर्दै एउटा पसल र होटेलमा तोडफोडका साथै कार्यकर्तामाथि हातपातसमेत गरेको आरोप लगाएका थिए ।

त्यसको प्रतिवाद स्वरूप शनिबार अध्यक्ष फडेराको घर घेर्ने कार्य गरिएको माओवादी अदानचुलीले विज्ञप्ति निकालेर जानकारी गराएको हो । अहिले अध्यक्ष फडेरा भने आफ्नै घरमा बसिरहेको प्रहरीले जनाएको छ। दुवै पक्ष आक्रोशित भएका कारण घटनाले ठूलो रुप लिन सक्ने देखिएको छ ।

घटनाको छेतिको बारेमा केही जानकारी नआएको र घटना दोषी कसैलाई पनि प्रहरीले नियन्त्रणमा नलिएको जिल्ला स्थरका नेतासँग छलफल भई रहेको प्रहरी नायव उपरीक्षक कृष्ण बजाले बताए।

प्रतिक्रिया

आजको ट्रेन्डिङ