आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

भारत रुससँग टाँसिएको भन्दै ठूलो मूल्य चुकाउनु पर्ने अमेरिकाको धम्की

प्रकाशित
413
SHARES

काठमाडौं। अमेरिकाले रुसलाई धम्की दिएको छ। रुसमाथि भारतको अडानबाट अमेरिका दुःखी भएको हो। बारम्बार दबाबका बाबजुद भारतले रुसप्रति तटस्थ अडान परिवर्तन नगरेपछि अमेरिका अहिले धम्कीमा उत्रिएको छ।

अमेरिकाले भारतले रुससँग गठबन्धन गरे ठूलो मूल्य चुकाउनु पर्ने बताएको छ। भारत – रुस लामो समय देखि सैन्य गठबन्धन सहित हतियार आयात गर्ने देखि सबै कुरामा लामो सहकार्य छ तर यो कुरा अमेरिकालाइ मन परेको छैन। अमेरिकाले भारतलाई रुस सित् भिडाउन खोजेको छ।

ब्लुमबर्गको रिपोर्टका अनुसार राष्ट्रपति जो बाइडेनका शीर्ष आर्थिक सल्लाहकार ह्वाइट हाउस नेशनल इकोनोमिक काउन्सिलका निर्देशक ब्रायन डीजले अमेरिकी प्रशासनले भारतलाई रुससँग गठबन्धन नगर्न चेतावनी दिएको बताएका छन्।

उनले युक्रेन र रुस युद्धमा भारतको प्रतिक्रियाबाट अमेरिका निराश भएको बताए। अन्तर्राष्ट्रिय समाचार वेबसाइट क्रिस्चियन साइन्स मनिटरले बुधबार आयोजना गरेको एक कार्यक्रममा उनले पत्रकारहरुलाई भने।

युद्धको सन्दर्भमा चीन र भारत दुवैका निर्णयबाट हामी निराश भएका धेरै अवसरहरु आएका छन्। उनले अमेरिकाले भारतलाई रुससँगको रणनीतिक साझेदारीलाई अझ बढाएमा भारतले यसको दीर्घकालीन परिणाम भोग्नुपर्ने भन्दै चेतावनी दिएका हुन्।

युक्रेनमा रुसको आक्रमणलाई लिएर अमेरिका, युरोपेली देश, अस्ट्रेलिया र जापानले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन्। अर्कोतिर भारतले रुसी आक्रमणको आलोचना समेत गरेको छैन।

भारतले संयुक्त राष्ट्रसंघमा रुसी आक्रमणको निन्दा गर्ने प्रस्तावमा मतदानबाट पनि आफूलाई टाढा राखेको छ। हिंसा तत्काल अन्त्य हुनुपर्छ र दुवै पक्षले कूटनीतिक माध्यमबाट मतभेद समाधान गर्नुपर्छ भन्ने कुरा भारतले निरन्तर राख्दै आएको छ।

भारतले युक्रेनमा मानवीय सहायता सामाग्री पनि पठाएको छ। योसँगै रुसले भारतलाई सहुलियत दरमा इन्धन तेल उपलब्ध गराउँदै आएको छ, जुन भारत लिन तयार छ। भारतले पहिले जस्तै अहिले पनि रुसबाट तेल आयात गर्ने क्रम जारी राखेको छ।

विगत केही दशकदेखि भारत र अमेरिका निकै नजिक आएका छन्। दुई देशबीचको रणनीतिक र सामरिक सम्बन्ध पनि निकै सुदृढ भएको छ।चीनको आक्रामकताविरुद्ध अमेरिकाले भारतलाई मित्र बनाएको छ।

चीनविरुद्ध अमेरिकाले पटकपटक भारतको पक्षमा बयान दिएको छ। चीनको प्रभाव विरुद्ध लड्न भारतलाई पनि अमेरिकाको सहयोग चाहिन्छ, तर रुस–युक्रेन युद्धमा भारतको निष्पक्ष र स्वतन्त्र अडानका कारण अमेरिका भारतसँग निकै रिसाएको छ।

अमेरिकाले भारतसँग हरेक तहमा वार्ता गरेर आफ्नो अडान परिवर्तन गर्ने प्रयास गरेको छ। यो बीचमा धेरै अमेरिकी अधिकारीहरू भारत आएका छन्। तर यी सबैले अहिलेसम्म कुनै असर देखाउन सकेका छैनन्।

गत हप्ता अमेरिकाका उपराष्ट्रिय सुरक्षा सल्लाहकार दलीप सिंहले पनि भारत भ्रमण गरेका थिए। भारत भ्रमणका क्रममा दलीपले भारतलाई रुससँग सम्बन्ध नराख्न आग्रह समेत गरेका थिए।

ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले हालै भनेका थिए, आफ्नो भ्रमणको क्रममा दलीपले आफ्ना भारतीय समकक्षहरूलाई स्पष्ट गरे कि हामी रुसी ऊर्जा र अन्य सामानको आयात बढाउने कुरा भारतको हितमा छैनौं।

म सहमत छु। भारतको विदेश मन्त्रालयले अमेरिकाबाट आएका यी टिप्पणीहरूमा कुनै प्रतिक्रिया दिएको छैन। एक अमेरिकी अधिकारीले बुधवार रुस विरुद्ध नयाँ प्रतिबन्धको बारेमा आफ्नो नाम न छाप्ने सर्तमा पत्रकारहरूसँग कुरा गरेका थिए।

उनले अमेरिका र बाँकी जी–७ देशले भारतसँगको सहकार्यलाई निरन्तरता दिने र यसका लागि सक्दो प्रयास जारी राख्ने बताए। ती अधिकारीका अनुसार भारत र अमेरिका खाद्य सुरक्षा र विश्वव्यापी ऊर्जामा ठूलो सहयोगी छन्।

अमेरिकाले भारतलाई रुससँगको सम्बन्धलाई तिव्रता नदेखाएर तेल र रक्षा हतियारमाथिको निर्भरता अन्त्य गर्न भनिरहेको छ। त्यसको बदलामा अमेरिकाले भारतलाई हतियार र तेल दिनेछ।

तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको यो प्रस्ताव मानिरहेका छैनन्। उनले पाकिस्तान र चीनसँग लड्न भारतलाई रुसी हतियार चाहिने कुरामा जोड दिने गरेका छन्। अमेरिकासहितका देशहरुले दिने हतियार निकै महँगो परेको पनि उनको भनाई रहेको छ।

तेस्तै, रुसले विश्वको मै हुँ’ भन्ने सुपरपावरलाई ठेगान लगाउने सामर्थ्य आफूसँग भएको चेतावनी दिएको छ। अमेरिकाप्रति लक्षित गर्दै रुसले पश्चिमा जगतले रुसलाई तहसनहस बनाउन डरलाग्दो किसिमले घृणा फैलाउने काम गरिरहेको तर यसले केही फरक नपर्ने बताएको छ।

सन् २००८ देखि २०१२ सम्म रुसको राष्ट्रपति रहेका तथा हाल रुसको सुरक्षा परिषद्को उपसचिव दिमित्री मेदभेदेभले भनेका छन्, अमेरिकाले रुसलाई घुँडा टिकाउने प्रयास स्वरूप रुस विरोधी भावना फैलाउने घृणित काम गरिरहेको छ। यसले केही गर्न सक्तैन।

रुससँग सम्पूर्ण शत्रुलाई आ–आफनो ठाउँमा राख्ने शक्ति छ। २४ फ्रेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण गरेयता अमेरिका, युरोपेली संघ र अमेरिकाको एसियाली गठबन्धनले रुसी नेता, कम्पनी र व्यापारीहरूमाथि प्रतिबन्ध लगाउँदै रुसलाई अन्तर्राष्ट्रिय अर्थतन्त्रबाट अलग्याएका छन्।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन्, अमेरिकाले युक्रेनलाई प्रयोग गरेर रुसलाई तर्साउन खोजेकाले र युक्रेनमा रहेका रुसी भाषा बोल्ने वासिन्दाको आम नरसंहार हुन नदिन युक्रेनमा विशेष सैनिक अभियानका आवश्यक परेको हो।

तर युक्रेनले आफू आफ्नो अस्तित्वका लागि लडिरहेको र पुटिनको आम नरसंहार’ दाबी वाहियात भएको बताएको छ। त्यसैगरी पश्चिमा जगतले रुसलाई तहसनहस पार्न खोजिएको भन्ने दाबी पनि काल्पनिक भएको जनाएको छ।

रुसले अमेरिकाको नेतृत्वमा पश्चिम जगतले आफूमाथि लगाइएका भ्रष्ट र बेइमान प्रतिबन्धका बाबजुद राम्रो गर्ने सक्ने बताएको छ।

साथै रुसले सन् १९९१ मा सोभियत संघको विघटनपछि आफूले पश्चिमा जगतसँग गरेको सम्बन्ध विस्तार अब समाप्त भएको र अब आफूले अन्य शक्तिहरूजस्तै चीनसँग सम्बन्ध विकास गर्ने जनाएको छ।

प्रतिक्रिया

आजको ट्रेन्डिङ