आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रमाथि अर्को बज्रपात, देउवा सरकारले गरिदियो यस्तो निर्णय

प्रकाशित
800
SHARES

काठमाडौ। महाभियोग प्रस्तावका कारण निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि अर्को बज्रपात भएको छ। निलम्बित हुदै गर्दा प्रधानन्यायाधीश जबराले सरकारलाई चुनौती दिएका थिए।

तेस्तै, शेर बहादुर देउवा नेतृत्वको सरकारले निलम्बित प्रधानन्यायाधीश जबरासहित पाँच न्यायाधीशलाई दिने भनिएको पदक निलम्बित प्रधानन्यायाधीशको हकमा रोक्ने निर्णय गरेको हो।

आगामी १ वैशाखमा विभूषण प्रदान गर्न लागिएकोमा जबरालाई भने समारोहमै नबोलाइने गृह मन्त्रालयले जनाएको छ। जबरालाई तेस्रो ठूलो विभूषण महाउज्ज्वल राष्ट्रदीप दिने निर्णय गत असोजमा सरकारले गरेको थियो ।

संविधान दिवसमा घोषणा भएका विभूषण १ वैशाखमा प्रदान गरिने प्रचलन छ । अन्यको हकमा १ वैशाखमा विभूषणका लागि बोलाइएको छ, तर जबरालाई भने नबोलाइएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

उहाँको विभूषण बनेर त आइसकेको छ, गृहका ती अधिकारीले भने, ‘तर, भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका व्यक्तिलाई त्यो विषय टुंगो नलागेसम्म नदिनु ठीक हो भनेर स्थगन गर्न लागेका छौँ । सोमबार गृहले विभूषण लिनका लागि सूचना जारी गरेको थियो ।

जुन सूचीमा जबराको समेत नाम छ । बुधबार यस विषयमा गृह मन्त्रालयमा छलफल भएको थियो, जसमा उनीमाथिको महाभियोगको टुंगो लागेपछि मात्र विभूषण दिने वा रद्द गर्ने निर्णय गरिने र तत्कालका लागि स्थगन गर्ने निर्णय भएको हो ।

गृहले विभूषणअन्तर्गत राष्ट्रपतिबाट प्रदान गरिने मानपदवी लिनका लागि २८ चैतभित्र पास लिन सूचना जारी गरेको छ । अलंकार र पदक भने मन्त्रालयले आफै वितरण गर्दछ ।

पदको दुरुपयोग गरेको आरोपमा गत १ फागुनमा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी निलम्बनमा परेका थिए । आगामी मंसिरमा अवकाश पाउन लागेका जबरामाथि छानबिन गर्न सिफारिस समिति समेत बनिसकेको छ ।

तर, समितिको बैठक भने बस्न सकेको छैन । विभूषण दिने निणर्य गरेका व्यक्तिमाथि फौजदारी अभियोग लागेमा त्यस्तो विभूषण रद्द गर्न सकिने विभूषण नियमावलीमा प्रावधान छ ।

तेस्तै, वर्तमान सत्तागठबन्धन जोगाउनकै लागि आफैले राष्ट्रघाती भनेको अमेरिकी सहयोग परियोजना एमसीसी पास गरेका सत्ता घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका लागि फेरि संकट आएको छ।

नेपाली कांग्रेसका शीर्ष तहका नेताहरु नै द्धैध चरित्र देखाउने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालमाथि कडा प्रहार गर्न थालेका हुन्।

कांग्रेस उपसभापति धनराज गुरूङले केही समयअघि विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी हात्तीको कानमा बस्न आएको चमेरो भन्ने अभिव्यक्ति दिएका थिए।

कांग्रेस भनेको हात्ती हो, कुकुर भुक्दै गर्दा हात्ती लम्कँदै गर्छ। हात्तीको कानभित्र ओत लाग्न पाऊँ भन्दै केही चमेराहरू निवेदन दिइरहेका छन्, हात्तीको कान ठूलो छ भन्दैमा चमेरोलाई ओत दिनुपर्छ, दिन्छ भन्ने कुनै सपना नदेखे हुन्छ।

उपसभापति गुरूङले भनेका थिए।यसतर्फ लक्षित गर्दै आज प्रचण्डले उपसभापति गुरूङले सुन्नै गाह्रो हुने भाषा बोलेको बताएका थिए। यसैबीच नेपाली कांग्रेसका उपसभापति गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि अर्को कडा प्रहार गरेका छन्।

प्रचण्ड कचौरा लिएर भीख माग्दै बालकोट र बालुवाटार गरिरहेको टिप्पणी गरेका छन्। स्व. गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उपसभापति गुरुङले बृहत शान्ति सम्झौतामा एकपट्टी,

गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको र अर्को तर्फ प्रचण्डले गरेको भए पनि आज उनको अवस्था भिखारीको जस्तो रहेको बताएका छन् ।प्रचण्ड कहिले कचौरा थापेर देउवाको दैलो त कहिले बालकोट पुगेर छ्याइछ्याइ पारिरहनु भएको छ’ उनले भने ।

प्रचण्ड यसरी हिँडे बैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनमा कतै तालमेल नभएर माओवादी रित्तो हात फर्किन पर्ने अवस्थासमेत आउने उनको भनाइ थियो।

कहिले शेरबहादुर देउवाकोमा माग्न जाँदा कहिले केपी शर्मा ओलीकोमा माग्न जाँदा कतैबाट सहयोग नमिलेर तपाईंको कचौरा ३० गतेपछि खालि नहोस् भनेर कामना गर्दछु, उनले भने।

प्रतिक्रिया

आजको ट्रेन्डिङ