• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अर्थ-विजनेस विजनेस

    बैंकहरूले कात्तिकका लागि ब्याजदर थप घटाए, अब अधिकतम ६ प्रतिशत मात्र

    215
    SHARES

    काठमाडौं । कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले ब्याजदर थप घटाएका छन्। नेपालका २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेका नयाँ दरहरू अनुसार औसतमा असोजको तुलनामा कात्तिकमा ब्याजदर घटेको देखिएको छ।

    असोज महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूले औसत ५.३७६ प्रतिशत ब्याजदर प्रस्ताव गरेका थिए भने कात्तिकका लागि यो दर ५.१००५ प्रतिशतमा झरेको छ। यसरी औसत ब्याजदर ०.२७५५ प्रतिशत विन्दुले घटेको हो।

    व्यक्तिगत मुद्दती निक्षेपमा ग्लोबल आईएमई बैंकले सबैभन्दा बढी ६ प्रतिशत ब्याजदर कायम राखेको छ। बैंकले तीन वर्ष वा सोभन्दा बढी अवधिका लागि उक्त दर तोकेको हो।

    कात्तिकमा १५ वटै बैंकले ब्याजदर घटाएका छन्। ती बैंकहरूमा कृषि विकास, एभरेस्ट, हिमालयन, लक्ष्मी सनराइज, माछापुच्छ्रे, एनआईसी एशिया, प्रभु, स्टान्डर्ड चार्टर्ड, नबिल, प्राइम कमर्सियल, सानिमा, नेपाल एसबीआई, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबी र सिटिजन्स बैंक रहेका छन्।

    त्यसैगरी, ५ बैंकले ब्याजदर स्थिर राखेका छन्—नेपाल बैंक, राष्ट्रिय वाणिज्य, ग्लोबल आईएमई, सिद्धार्थ र कुमारी बैंक। असोजको तुलनामा कात्तिकमा कुनै पनि वाणिज्य बैंकले ब्याजदर बढाएका छैनन्।

    छोटो अवधिका मुद्दती निक्षेपमा ब्याजदर झनै न्यून भएको छ भने लामो अवधिका निक्षेपका लागि केही उच्च दर दिइँदै आएको छ। मुद्दती निक्षेपमा ब्याजदर घटेपछि बचत खाताको ब्याजदर र कर्जामा लाग्ने ब्याज पनि क्रमशः घट्ने देखिन्छ।

    बैंकहरूमा हाल लगानीयोग्य रकम प्रशस्त भए पनि कर्जा प्रवाह सुस्त बनेको कारण ब्याजदर घटाउने प्रवृत्ति देखिएको हो। राष्ट्र बैंकले हाल छोटो अवधिका लागि निक्षेप बोलकबोलमार्फत तरलता संकलन गरिरहेको छ।

    नीतिगत दर हाल ४.५ प्रतिशत, स्थायी तरलता सुविधा दर ६ प्रतिशत, र स्थायी निक्षेप संकलन दर २.७५ प्रतिशत निर्धारण गरिएको छ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ