आज : गते

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

User Guidelines

इमान्दार मिडिया प्रा.लि.द्वारा सञ्चालित अनलाइन पोर्टल Imandarmedia.com नेपालको राजनीति, अर्थ, खेलकुद, मनोरन्जन, स्वास्थ्य, शिक्षा, लगायत सबै क्षेत्रका समाचार र सबैका विचार दृष्टिकोणलाई एकै ठाउँबाट प्रशारण/प्रकाशन गर्ने डिजिटल अनलाइन पत्रिका हो ।

इमान्दार मिडिया डटकममा समाचार, विचार, अन्तर्वार्ता र अन्य सामाग्री प्रकाशित गर्दा हामी यी बुँदाहरु पालना गर्दै मर्यादित पत्रकारिता गर्ने प्रण गर्दछौं ।

इमान्दार मिडियामा समाचार र बिबिध अन्य सामाग्री प्रकाशन/प्रशारण गर्दा पत्रकारिताको मर्यादालाई सधैं ध्यान दिइनेछ ।
हरेक समाचार तयार पार्दा समाचारसँग जोडिने सम्बन्धित सबै पक्षको भनाइ समेट्ने अधिकतम प्रयास गर्नेछौं ।

सामाजिक सञ्जाल मार्फत इमान्दार मिडियाको प्रचार प्रसार गर्न फेसबुक, ट्वीटर जस्ता माध्यमको प्रयोग गर्दा सामाजिक मर्यादामा आच आउने गरी सेयर गरिने छैन।

कुनै पनि संघ सस्था वा ब्यापरित बस्तुहरुको बिज्ञापनजन्य सामाग्रीलाई समाचारको रुपमा प्रस्तुत गरी अनुचित आर्थिक लाभ उठाइने छैन ।
समाचार प्रकाशन/प्रशारण गर्दा कहीँ कतैबाट गलत सामाग्री प्रकाशित/प्रशारित भएमा उक्त समाचार सामाग्रीमाथी छानबिन गरी पाठक वा सम्बन्धित पक्षसंग माफी मागिनेछ । तर प्रकाशित भएको समाचार सामाग्री भने हटाइने छैन।

हामीले प्रकाशन/प्रसारण गर्ने समाचार सामाग्री हाम्रा पाठकहरुले निःशुल्क पढ्न हेर्न र सुन्न सक्ने छन् । यसको प्रयोग गर्दा हुने प्रत्यक्ष वा अप्रत्यक्ष प्रभावको जिम्मेवारी स्वयं पाठकले लिने छन् ।

इमान्दार मिडियामा प्रकाशित/ प्रशारित समाचार सामाग्रीहरु प्रचलित कानुनले मागेको खण्डमा हामी उपलब्ध गराउने छौ । त्यो बाहेक अरु अबस्थामा भने हाम्रा श्रोतहरु गोप्य रहनेछन ।

नागरिकहरुको अभिव्यक्ति स्वतन्त्रता र स्वतन्त्र पत्रकारिताको मान्यतामा भने हामी सदैब अडिक रहने छौ ।

समाचारको विश्वसनीयता र आधिकारिकताको लागि विभिन्न समाचार एजेन्सीका समाचारहरु प्रकाशित गर्दा सम्बन्धित निकाय र सस्थाको नाम उल्लेख गरिनेछ ।

ट्रेन्डिङ