इमान्दार संवाददाता
५५५ पटक
काठमाडौं ।

प्रचण्डले त्यस्तो के कुरा गरे होलान् जसका कारण अन्तराष्ट्रिय हिन्दू महासंघकी महासचिव लाजले भुतुक्कै हुनु परोस् । सायद तपाईको मनमा कौतुहता जागेकै होला । प्रचण्डले उनीसँग हासीमजाग गरेर उनी लज्जित भएकी होइनन् । उनकै शब्दमा प्रचण्डले हिन्दूधर्मसँग हासीमजाग गरिदिँदा उनी लज्जित भएकी हुन् ।

प्रधानमन्त्री भइसकेको व्यक्तिले देशको शान र पहिचान हिन्दू धर्मका बारेमा केही नबुझेको र बुझ्दै नबुझी सामन्ती धर्म भनेको सुन्नुपर्दा लज्जित भएको उनको भनाइ छ । उनी अर्थात अस्मिता भण्डारी । साहित्यकार, पत्रकारपछि अहिले उनको परिचय हो अन्तराष्ट्रिय हिन्दू महासंघकी महासचिव । नेपाल हिन्दूराष्ट्र कायम भएरै छाड्ने दाबी गर्ने भण्डारीले माओवादीले युद्धकालमा गौहत्या गरेको र गौहत्या गर्नुको कारण विस्तारै खुल्दै गएको बताइन् ।

डलरसँग हिन्दू निरपेक्षता साटिएको बताउने भण्डारीले धर्म मान्दैनौँ भन्नेहरुले नै क्रिश्चियन धर्मको मलजल गरिरहेको आरोप लगाइन् ।प्रचण्डले हालै क्रिश्चियन धर्मावलम्बीहरुलाई सम्बोधन गर्दै दिएको अभिव्यक्ति विवादमा छ । उनले सो अभिव्यक्तिमा क्रिश्चियन धर्मलाई राम्रो भनेको र हिन्दुलाई सामान्ती भनेको भन्दै हिन्दु अभियन्ताहरु आक्रोशित छन् ।

प्रचण्डले जिजश क्राइस्टलाई क्रान्तिकारी र बिद्रोहीका रुपमा व्याख्या गरेका थिए । ‘हिजो जनतालाई जालझेलमा पारिकन, प्रलोभन देखाइकन, जनताको छोरो ‘हेड अफ द स्टेट’ भुनेभो भनिकन यो चाहिँ अनेकौं सुख सुविस्ता र हामीलाई शान्तिसुरक्षा र रोजगारीको ग्यारेन्टी हुन्छ भनेका कारणले माओवादी हिजो सबभन्दा ठुलो लार्जेस्ट पार्टी भो ।’ उनले भनिन्- ‘त्यो लार्जेस्ट पार्टीको आज हविगत के भयो ?’

माओवादीले आज एमालेसँग आएर अस्तित्व जोगाउनु परेको उनको तर्क छ । नेपाल आजसँगको कुराकानीमा भण्डारीले भनिन्- ‘ त्यसै गरेर नेपाली काँग्रेस जसले विपीको सिद्धान्त लिएर हिडेको थियो, र के थियो भन्दाखेरी प्रजातन्त्र र राजतन्त्र एकै रथका दुई पांग्रा बनाएर जसरी वीपी कोइरालाले लिएर हिडेका थिए त्यो छाेडेर प्रचण्डको पथमा काँग्रेस जानासाथ काँग्रेसकाे हविगत के भयाे ? ‘

देशमा कमल थापा या पशुपति शम्सेर या कुनै लोहनीको मात्र हिन्दु राष्ट्रको मुद्दा नभएको भन्दै उनले हिन्दुत्वको मुद्दा बोक्नेहरुले हिन्दुत्वको मुद्दालाई भजाएर राजनीतिक दलको रुपमा अगाडि बढ्नेहरूको अहिले बेहाल भएको पनि जिकिर गरिन ।

नेपाल पुरानै बाटोमा फर्किर हिन्दुराष्ट्र नै भएएपछि मात्र देशमा शान्तिसुरक्षा र सम्बृदधि हुने उनको तर्क छ । ‘हिजो त्यत्रो ठुलो ६२/६३ को आन्दोलन भएका बेलामा धर्मनिरपेक्षताको कुरा कसले उठाएको थियो ? कुन व्यक्तिले उठाएको थियो ? ‘ उनले भनिन्- ‘ र धर्मनिरपेक्ष गर्ने त्यो हाउसमा बस्दाखेरी कुनचाहिँलाई थाहा थियो की यो धर्मनिरपेक्ष हुदैँछ भन्ने कुरा ?’

९४ प्रतिशत ओमकार परिवारको सेन्टिमेन्ट बोकेको कुरालाई जनमत संग्रह गर्ने आँट नेताहरूमा नभएकाे भन्दै उनले जनमत संग्रह गर्न समेत अाग्रह गरिन् । ‘ यी हुतिहारा नेताहरुलाई म च्यालेन्ज गर्न चाहान्छु, यदि आँट छ भने अहिले पनि नेपाल हिन्दुराष्ट्र हुनु पर्छ कि पर्दैन ? भन्ने कुरालाई आजको डेटमा ल जनमत संग्रह गर । यदि हुति छ भने । ‘ उनले थपिन-‘; हैन भने जालझेल गरेर, विदेशीको इशारामा बसेर, युरोपियन युनियनहरुलार्इ खुसी पार्नका निम्ति नेपालमा राजनीति गर्ने हाे ?

नेपाली जनताको भविष्यलाई डलरमा बेच्ने अधिकार कसैलाई पनि नभएको उनले बताईन ।

२०७४ पुष २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड