इमान्दार संवाददाता
६० पटक
काठमाडौं ।

जनताको जीवनका गीत गाउँदै अाएको गायीका निर्मला घिसिङ अन्तर्राष्ट्रिय म्युजिक अवार्डमा छनोट भएकी छन् । मलेसियामा हुन गइरहेको पहिलो हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्ड अन्तरगत सेलो महिला गायन तर्फ छनौट भएकी हुन् ।

जनयुद्धले जन्माएकी कलाकार घिसिङ जनवादी गीत संगीतमा बलियो उपस्थिति जनाउँदै अाएकी गायीका घिसिङले अाधुनिक तथा सेलो गीतहरुमा स्वर दिँदै अाइरहेकी छन् । घिसिङ अवार्डको लागि छनोट हुनु जनवादी गीत संगीतलाई अन्तर्राष्ट्रियकरण भएको बताउँदै जनवादी कलाकारहरुले खुशी व्यक्त गरेका छन् ।

गायीका घिसिङले अाफूलाई भोट गर्न अाग्रह गरेकी छन् । उनलाई भोट गर्न मोवाइलको म्यासेज बक्समा गएर कोड 11D डी टाइप गरी एनटीसी र एनसेलमा ३५००५ मा म्यासेज पठाउनुपर्नेछ ।

यही जनवरी २९ तारिकमा पहिलो हिमालयन अन्तर्राष्ट्रिय म्युजिक अवार्डको लागि सेलो महिला गायनतर्फ ‘होई च्याङ्बा ओई च्याङ्बा’ बोलको गीत छनौटमा परेको छ । यो बर्षकै(२०१७) सर्वाधिक लोकप्रिय सेलो गीत हो ।

यस्तो छ भिडियो

२०७४ पुष २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...