३४२ पटक

सलिम अन्सारी।

जीवन दर्शन यती मनोरम लाग्छ की जो शब्द र वाक्यमा ब्याख्या प्रयाप्त रहन्न। मनोरमको ब्याख्या मनैभरी हुन्छ। त्यसको आख्यान प्रत्येक मन मनमा क्षण बन्छन, त्यसका क्षण सधै एक समान रहन्नन्।

मेरो क्षण मेरै क्षण अनुसार सुकुमार बन्छ। तन्नेरिन्छ,मध्य, वयस्किन्छ,असी बर्षे उटपटयागीँन्छ,यस्तै त्यस्तै। हो प्रकृतीलाइ प्राकृत रुपमा अबिचलित राख्ने साझा नेपाली कर्तब्य सबै धर्म पनि सर्बोपरी धर्म धारण हो। यिनै चेष्ठाका धारणा छरेर तत्काल छातीमा हात राखी आफैलाई सुम्सुमाएँ, अलिकती यो सुम्सुमाइ हजुरलाइ अर्पण गरे।

२०६८ पौष २७ गते प्यूठानको ढुगेँगढी बडडाडाँ बजारबाट कास्कोट हँसपुर दुमही हुदैँ ऐरावती निस्कने योजना बोकेर पैदलयात्रामा निस्केका हामी अपरान्ह दुमही माडी नदिमा हालिएको झोलुगेँ पुल तरेपछि दागँबागँको सल्लीकोट गाउँतर्फको बाटो तताउँदै थियौँ। अर्थात हाम्रो योजना अनुसार पुल तरेपछि झन्डै पन्ध्र मिनेटको पैदल दुरीमा रहेको प्रशिद्द तिर्थस्थल ऐरावती जान छोडेर सल्लीककोटका लागि उकालो बाटो लाग्दै थियौँ।

यात्रामा हुनुपर्ने उल्लास र अनुहारमा रौनक थिएन । खुलेको आकाशसँगै बाटोको फेदिँतर्फ झिमरुक र माडी नदिको सँगम र त्यहाँको सौन्दर्य प्रष्ट देखिन्थयो। ती दुइ बहिनीको सुस्हाट र गडगडाहट आवाज प्रष्ट सुन्न सकिन्थ्यो। यद्दपी अस्ताउदो घामले बाताबरणलाइ थप चिसो पार्दै थियो। यता हाम्रो मनहरुमा उठ्ने अनेक तर्कनाहरुले भने मन अँध्यारिदै गएका थिए ।

कहिले जिल्ला सदरमुकाम त कहिले ऐरावतीको दुइ साताको यात्राले कार्यक्रमका लागि बनाइएको कोर्स सिद्दाएको दुइ दिन पनि बितेको थिएन। प्यूठान र अर्घाखाँचीको सिमानामा रहेको प्राचिन सभ्यताको ऐतिहासिक दस्तावेज र परापुर्व कालको धार्मीक अनुष्ठान ऐरावतीमा माघेसक्रान्तीको अबसर पारेर साँगितीक कार्यक्रम गर्ने योजनामा हामी थियौं।

नेपाल सरकारले सन २०११ लाइ पर्यटन बर्षका रुपमा मनाइरहेका बेला यहाँको कला, भाषा,सँस्कृती र पर्यटन प्रबर्द्धनका लागि प्रचार प्रसार गर्ने उदेश्यका साथ हामीले दुर्गममा यस्तो कार्यक्रम गर्ने योजना बनाएका थियौ की हजारौ बर्ष पहिलेदेखी मिसिएका नदिहरुको सँगमस्थललाई मानव जातीले पनि जोडन चाहयो,अर्थात हामी यहाँको महत्व र सँम्भावनाको खोजी र प्रचार प्रसार गर्न चाहन्थ्यौं।

मसँगै त्यस क्षेत्रका बारेमा अली धेरै बुझेका स्थास्थानीय हितैसी माधव गाह पनि साथै हुनुहुन्थ्यो। कार्यक्रम सफल पार्न हाम्रा लागि आर्थिक पहिलो कुरा थियो। किनकी दुरदराजमा कार्यक्रम गर्ने भन्ने कुरा चानचुने थिएन। यद्दपी जिल्लास्थित सरकारी कार्यालयले ऐरावती गन्तब्यका रुपमा मनाउने र कार्यालय प्रमुखहरुको बैठक पनि सोहि ठाँउमा बस्ने निर्णय गरिसकेका थिए। सरकारी अधिकारी राजनीतीक दल र जिल्लास्थित महत्वपुर्ण व्यक्तिहरु समेत आउने खबरले हामीलाइ कार्यक्रम कसरी व्यबस्थित गर्न सकिन्छ भनेर चिन्तीत बनायो।

हामीलाई सहयोग गर्ने भनि बचन दिएका सहयोगी सँस्थाले मुख्य आयोजक भए मात्र सहयोग गर्ने सुचना पठाएपछि म र ऐरावती क्लवका साथीहरुबीच छलफल गरी मुख्य आयोजक ल्कवलाई नै अगाडि बढाउने र सवै संयोजन हामीले आफै गर्ने निधो गर्यौं । त्यसै आधारमा तयारी तिब्र पार्ने निर्णय गर्यौ। हामीले रेडियो माण्डबी, प्यूठान समाचार दैनिक, स्वर्गद्धारी राष्ट्रिय साप्ताहिकलाइ अफिसियल मिडिया बनायौ। तिनले कार्यक्रमको प्रचार प्रसार गर्न सघाएँ।

मिडिया ब्यबस्थापनदेखी कलाकार,टेन्ट हाउस, जेनेरेटर, साउन्ड सिष्टमको टुगोँ र अतिथीहरुको छिनोफानो भैसकेको थियो। तर हामीसँग दाङ्बाङस्थित ऐरावती युवा कल्बले तिहारको अबसरमा भैलो खेलेर सँकलन गरेको पन्ध्र हजार र बडडाडाँमा चन्दा सँकलनबाट जम्मा गरेकाे दश हजारबाहेक एक सुको थिएन। उता सरकारी कार्यालय र अतिथीहरुसँग समन्वय गर्ने जिम्मा नेपाल पत्रकार महासघँ प्यूठानका निबर्तमान उपाअध्यक्ष दाजु प्रमोद पोख्रेलले लिनुभएकाले तयारीस्वरुप आर्थिक जुटाउन घरबाट निस्किएको थिएँ।

जिल्लाको यात्रा गर्न पनि साइत जुराउनुपर्ने बाध्यताकाबिच यसपट्क चार दिनको यात्रा पनि त्यसरी नै जुरेको हो। उसो त छोटो तर रमणिय बन्यो यसपट्कको ऐरावती यात्रा। त्यो दिन साथी माधव र म पुलदेखी झन्डै एक घण्टाको ठाडै उकालो र साघुँरो गोरेटो बाटो हुँदै क्लबकी सचिब लिला रानाको घरमा पुग्यौं । त्यहाँ पुगेर क्लबका अन्य सदस्य र स्थानीयसँग हामीले छलफल गर्यौं । आफुले लिएका जिम्मेबारी र भएका प्रगतीहरुबारे केहि समिक्षापश्चात हामी  त्यहि बास बस्यौ। त्यहा बस्ने साथीहरुले अध्यक्षको अगुवाइमा गाउँमै अन्य तयारी गर्ने र म माधव, लिला अनिता राना र धारा पुरी गरी पाँच जनाको टोली आर्थिक सहयोग जुटाउन गाउँतिर लाग्ने योजना बनायौं।

जसोतसो रात काटेर बिहानै ब्यग्रताका साथ अ‍ोरालीतर्फ लाग्यौँ, त्यो दिनको घोषित कार्यसुची सहयोग सँकलन गर्दै अर्घाखाचीको जलुके पुगेर बास बस्ने थियो। झिमरुक नदिको किनारै किनार त्यस दिन हिडिरहँदा वाटोमा कुनै बिन्दुबाट कतै फर्केर पनि एउटै फोटो खिचिएको भए त्यसको पोष्टकार्ड बनाएर भित्तामा सजाउन मिल्ने थियो, तर कमै बोलेर एकोहोरो हिडिरहेका हामी पाचँ जनाको मन यती उदास थियो कि त्यसको बर्णन गरी साध्य छैन।

त्यस दिनको मनोदशालाई अघिल्लो दिनको त्यो उकाली चढ्दाको हाम्रो स्थितीसँग दाँजेर हेर्यौं भने प्रष्ट हुन्छ, मान्छेलाई के- कुराले खुशी बनाउछ र कुन कुराले दुखी बनाउछ भनेर। झिमरुक नदि किनारका ती बस्तीहरु सिचाइ सुबिधा पुगेका खेतीयोग्य जमीनमा लगाइएका तरकारी खेती र उव्जनी देखेर यस्तो लाग्दै थियो की पैशा कमाउन बिदेशीने युवाहरुखले यहि मेहनत गर्ने हो भने माटोमा सुन फलाउन सक्ने छन।

यदि राज्यले कृषिमा लगानी बढाउने हो र युवा कृषकलाई अनुदान सहयोग उपलब्ध गराउने हो भने केहि हदसम्म बिदेश पलाएन हुनबाट युवाहरुलाइ रोक्न सकिन्थ्यो कि भन्ने लाग्यो। गाडी र पैदलभन्दा बढी मनको यात्रा रमाइलो हुन्छ ऐरावती छिर्दा। ज्यान घिर्सीरहेको हुन्छ तर मन डौडिरहेको हुन्छ यहाँ । गाँवैपिच्छे फरक-फरक अभाव र कथा बोकेर बसेको छ ऐरावती। झिमरुक र माडी मिसिएको ठाउँ पुग्दा ईतिहास भुगोल हर हिसावले रोचक लाग्छ धेरैका लागि। ढ्कमक फुलेर पनि मायालुहरुले बांड्न नपाएको गुलावको फुल जस्तै छ बिकट्ताले च्यापिएको ऐरावती।

बयान गरिसाध्य नहुने यो सुन्दरता पर्यट्कले चुम्न पाए कहाँ पुग्थ्यो होला यहाँको समबृद्धी ? ऐरावती पुग्ने जो कोहिले पनि एकपट्क सोध्ने र सोच्ने सवाल हो यो। यात्राका दौरान भेटिदै थिए एकपछि अर्को प्रकृतिका नयाँ नयाँ उपाहार। तर त्यहाँ यातायात सन्चार बिधुत र स्वास्थ्य लगाएतका सुबिधा नभएको देख्दा राज्य बेखबर भएको महशुस हुन्थ्याे। हामीले स्थानीय वुद्दिजीबी समाजसेवी सगँभेटदै र ऐरावतीमा आउन निम्तोपत्र थमाउँदै सहयोगको अपिल गर्यौं ।  ऐरावतीको प्रचारप्रसार यस क्षेत्रको कृषि पर्यटन परम्पराको प्रबर्द्धनका लागि कायक्रमको आयोजना गरिएको जानकारी गराएपछि त्यहाँ हामीलाइ सहयोग नगर्ने कोहि भएनन्।

यसले हामीमा केहि आशा पलायो। त्याे दिन हामीले दाब्र माझीदमार बेलबोट लगाएतका नदि किनारका स्थानीयसँगकाे भलाकुसारीमा बितायौं, दिन घर्किदै थियो समयले सिमा नाघिसकेको थियो। सुर्यका किरणहरु पनि बिदाइका संकेत गर्दै थिए। पहाडी भु भागमा घन्टौ उकाली अ‍ोराली गरिरहदाँ शरीर निकै थकित हुन थाल्यो । शरिरले हिडाइको प्रतिरोध गर्न थाल्यो । सहयोगको अपिल गर्दै हिडेका हामी प्रत्यक घर घरमा पुगिरहँदा दिनको अधिकतम सात घण्टा हिडेका थियौ। तर बाटोमै रात पर्न नदिने हो भने त्यस दिनको हिडाइ कम्तीमा अरु तिन घण्टा लम्विनेवाला थियो।

यात्राको अग्रीम चौथाइतिर आइपुग्दा मेरो खुटटाले धोका दिने लक्षण देखाए । दिनभर म भन्दा पछिपछि हिडेका साथीहरुले अब मलाइ उछिनेर अघि लाग्न थाले। तिघ्रा,पिडुला र पैताला तिनै ठाउँबाट अब केहि सहिन्न भन्ने सँकेत मिलिरहयो। खाली कुन चाहि भागले पहिला धोका दिने भन्ने प्रश्न मात्र बाँकी रहयो । अतीभएपछी झोलाको भार कम गर्ने नाउँमा एउटा पसलमा बसेर चाउचाउ र बिस्कुट किनेर खाएपछि थोरबहुत भोक मेटिएको महशुस भयाे। लाग्यो जीवनमा पनि सवै भौतिक बस्तुहरुको उपादयता यस्तै हो बाध्य भएर मैले पनि अब लठठी टेक्नै पर्ने भयो ।

जलुके पुग्नै लाग्दा थकान दिकदारी र चिन्ताले खर्लपै निलिसकेको थियो मलाइ । साथीहरुको पनि मुहारमा कुनै चमक थिएन । बोलीमा कुनै जोश जाँगर र फुर्ती थिएन। आज कहाँ बस्ने हो ? भन्ने कुनै टुंगो थिएन। तर पनि सुस्त सुस्त यात्रालार्इ भने जारी नै राखीरह्यौं। रातको त्यस्तै दश बजेको हुनुपर्छ, एक्कासी आकाश गर्जन थाल्यो,पानीका छिटाहरु पर्न थाले, त्यसैमाथि घनअघोर जगंल र अधेरी रात । हामी अझैँ बिच जगंलमै थियौँ। शरिर शिथिल भै सकेको थियो, त्यसैले दौडिने कुनै सामर्थ्य नै रहेन । यसबखत हामिले कुनै दुख मानेनौ बरु प्रकृतिले स्वागत गरेको भन्दै अघि बढिरहयौँ। किन कि यो हाम्रो रहरको यात्रा थियो। जिम्मेवारी र दायित्वको यात्रा थियो। प्रकृतिसंग लुकामारी गर्दै माघेसक्रान्ती मनाउने यो हाम्रो पर्यट्किय यात्रा थियो।

यात्रा अगाडि बढ्दै थियो, नयाँ नयाँ दृश्यले हामिलाइ पछाडि फर्कन भन्दै थिए । देशी तथा बिदेशी पर्यटकलार्इ कुरेर बसेका छन यहाँका दृश्यहरु। खेतीयोग्य जमिनसंगै जोडिएको मानिसको बस्ती यहाँको थप आकर्षण हो। आकाशे पानीमा भिज्दै करिव पौने १ घण्टाको हिडाइ पछि हामी हाडेँमा रहेको साथी लिलाको आफन्तको घरमा आएर बास बस्यौं। हाँडे स्याँला गाउँबाट देखिने झिम्रुक फाटको मनोरम दृश्यले आज यतै बसेर हामिलाइ नियाल भन्दै थिए।

म घरबाट हिडेको २ दिन बितिसकेको थियो। ती गाउँमा आफुसगँ मोबाइल भए पनि सन्चार सुबिधा नभएकाले सम्पर्क हुने कुरै भएन । न मेरो घरमा फोन हुन सक्यो न पत्रकार दाजु प्रमोद र रामकुमार सगँ नै । कतै सम्पर्क स्थापित हुन सकेन। यता घरबाट बुवा र दाजुले मेरो बारेमा दुमहिमा फोन गरी जानकारी लिएको कुरा अर्काेदिन दुमही आएपछि मात्र पत्तो पाएँ। दुमहिको पुल तरेपछि सल्लिकोटतर्फ उकाली चढदै गर्दा मेरो मनमा बिझाइ राखेको एउटा प्रसगँले भोलि जलुकेबाट ऐरावती तर्फ आउदै गर्दा फेरी बल्झियो।

पहाडी जनजीवनलाई जिउन सिकाउने प्राकृतिक सम्पादाको सँरक्षण र ऐतिहासिक धार्मिक सम्पदामा सरोकारवालाले देखाएको उदासीनता, बर्षौंअघी ऐरावती जोड्न भनी खनीएको बडडाडाँ ऐरावती कच्ची कृषि सडकको जिर्ण स्थिती, डाब्र र यस आसपासको गाउँका झिमरुक नदि किनारका ती उर्बर खेती योग्य जमिन, यस क्षत्रको सँस्कृती र परम्परा यी अनि यस्ता कैयैं सवालको प्रबद्दनमा कसैले चासो नदिएकोप्रति रोश र चिन्ता प्रकट भैरहन्थयो । अनि त्यसले मेरो मनस्थितिलाई अझ चर्को निशानी तिर धकेल्थ्यो । यो प्युसो पत्रकारको मन मष्तिस्कमा पहाडको भुगोल, मानिसलाई जीवन दिने सल्ला, साल र साझजस्तो महत्वपूर्ण र गुनिलो बनस्पतीलाइ निमीटयान्न पार्दै मानिसहरुले चर्को मरुभुमीकरणलाई त निम्ताइरहेका थिए नै समग्र पहाडी भेगका मानिसहरुको अस्तित्व र सभ्यतालाई यसले चुनौती दिइरहेको थियो।

खानेपानीका लागि घन्टौंसम्म कुर्नुपर्ने ग्रामिण भेगका बासिन्दाको त्यो पिडा सम्झदाँ साच्चिकै त्यो नै मेरो बिरक्तपूर्ण अनुभव थियो , मेरो त्यो दिनको अन्तिम साढे एक घण्टाको यात्रा मेरो ज्यानका लागि अग्नि परिक्षा सावित भयो । तर कार्यक्रम कसरी सम्पन्न गर्ने भन्ने चिनताले भने पिरोलिरह्यो। यी र यस्ता कुरा मनभरी खेलाउदैँ जसरी तसरी घिसारीदै पछारिदैँ हामी ऐरावती आइपुग्यौं। मनको संग्लो धारणाभन्दा अरु पवित्रता खोजेर पनि पाइन्न कतै । ऐरावती पदयात्रा मैले आन्नद भन्न रुचाँए,  मन मनै भने प्रकृतीको बरदान स्वरुप बनेको प्राकृतिक छटा झिमरुक र माडीको सँगम त्यहा प्रवेश र निस्कने स्वतन्त्र आवागमन सवैको अधिकार र हक, ऐरावतीको त्यो रमणीय परिबेशले शरिरको थकान र खुटटाको पिडालाइ बिर्साइदिन थाल्यो।

मनले हिजोका ती कष्टदायी क्षणहरलाई सामान्य बनाइदियो।मनले महशुस गरेपछि गर्यो गर्यो, बादलसित बतासिए पनि हावासगैँ हल्लिए पनि समुन्द्रि छालसगैँ लहराए पनि मन मडारिएकै हुन्छ, मन मस्त हुन्छ, मन त्रस्त हुन्छ, मन शान्त हुन्छ, मन नतरेको कुनै सागर छैन। मनले नघुमेको कुनै ग्रह छैन । मनले नदेखेको कुनै रहस्य छैन हजारतिर बिभाजित यो मन मनोरन्जनमा उर्फिन्छ । मन महसुश गरेर मस्किन्छ । मनले नभेटेको कुनै महामहिम छैन । मनले ननाघेको कुनै मर्यादा छैन । मन नचढेको कुनै हिमाल छैन ।

हो जब मैले ऐरावतीको प्रांगणमा पाइला टेके, तब बतासिएको मनले सफलाको ठोकुवा गर्न थाल्यो। युगौंदेखि ऐरावती हजारौ मानिसहरुको आस्थाको केन्द्र बनिरहेको छ।  जहाँ माघेसक्रान्तीको दिन ठुलो मेला लाग्ने गर्छ। एकातिरबाट झिमरुक आएको छ, अर्को तिरबाट माडी,अत्यन्तै शालिन ढगँले उनीहरुको मिलन भएको छ, जो कहिल्यै छुटेनन् । उनीहरुले त्यो दोभानमा एउटा बगर बनाएका छन।बगरको माथीपट्टी एउटा शिव मन्दिर छ । त्यहाँ पुजाआजा हुने गर्छ, धार्मिक आस्था नराख्नेहरुका लागी पनि ऐरावती आकर्षणको केन्द्र बनिरहेको छ।

प्यूठानसहित अर्घाखाची, दाङ, कपिलबस्तु, यतका जिल्लाबाट मेला हेर्न र यहाँ दर्शन गरे पाप पखालिने, सन्तान लाभ हुने र स्वर्ग पुगिने जन विश्वासमा हजारौ मानिस जम्मा हुने गर्दछन । टाढा टाढाबाट जम्मा भएको मानव सागरले एकदिन भए पनि मानव मिलनको अनुभव गर्छन।जसरी यी दुई दिदि बहिनीको अटुट सम्बन्ध गाँसिएको छ। सबै उमेर समुहको एक आपसमा सन्चो बिसन्चो खोजखबर, माया ममता र सम्बन्ध विस्तारको संगमस्थल बन्छ ऐरावती।

पुराना भइसकेका साथीभाई इष्टमित्र र आफन्तहरु भेटिन्छन र उनीहरुले आफूहरुलाइ रमाइलो र आन्नदित महशुस गर्छन । ऐरावतीको त्यो रात सुखदुख बिसाउने चौतारी बन्छ सवैका लागि । माघको चिसो भएर के भो ? त्यही ऐरावतीले धेरैको प्रेम गांसिदिएको छ। कैयौंसँग मन जोडिदिएको छ। सम्बन्ध बनाइदिएको छ । पराइलार्इ आफ्नो बनाइदिएको छ। हाे त्यसैले त बाँचिरहेछ ऐरावती।

नदि मान्छे बन्छ, मान्छे नदि बन्छ । माछाहरु पौडि खेल्छन, चराचुरुगीँहरु नाच्छन,प्रकृती मुस्कुराउछ,तीन तिरका त्रिभुजाकारका धुरी आकाश चुमेको अनुभुती गर्छन। अब त्यो झिमरुक र माडी मिसिनुले मात्र चिनिएन,मानव मनहरुको मिलनस्थल बनेर चिनिएको छ। अझ यसो भनौ ऐरावतीले माडी र झिमरुकलार्इ मात्रै जोडेन त्यस आसपासका गाउँ बस्तीलाइ पनि आफूसँगै जोडदिएको छ।

प्यूठानको दागँबागँ र हँसपुर तथा अर्घाखाचिको जलुके ऐरावतीसगै जोडिन्छन । मानवीय मनहरुलाइ त जोड्यो नै, ऐरावती घना जगँलको बिचमा अवस्थित छ, त्यसैले यस्ले चराचुरुगीँ र जगली जनाबरलाइ पनि उसैगरी जोडदिएको छ । पहिलोपटक यसरी गहिरीएर यहाँको अध्ययन गर्ने साइत जुरयो। कार्यक्रम हुने दिनको अघिल्लो साझँ दुमही आएर मैले आफु आराम रह्को जानकारी घरमा पनि गराएँ ।

सन्चार उद्धमी दाजु प्रमोद पोख्रेललाई मैले पुरा गरेको कामको फेअरिष्ट बताएँ । उहाँले मलाई आफुले अतिथीहरु लिएर आउने जानकारी गराएपछि मन ढक्क फुल्यो, खुसीको सिमा नै रहेन । त्यो रात मेरो दुमहीमै बित्यो। फेरी भोली हाम्रो टिम धार्मिक मेला लाग्ने स्थल पुग्यौँ। जती समय बित्दै थियो त्यती नै धेरै हाम्रो कार्यक्रमको समय पनि नजिकिदै थियो। तर मन्च बन्ने कुनै सुरसार नै थिएन। किन की हाम्रा सबै उपकरणहरु अर्घाखाचीबाट आउनुपर्ने थियो । त्यसको जिम्मा गायक रामकुमार बिष्टले लिनुभएको थियो।

भुगोलको बिकटताका कारणले गर्दा सन्चार सुबिधा प्रभाबकारी नहुदाँ उहाँसगँ सम्पर्क हुन सकिरहेको थिएन। करिव दुइ घण्टाको पर्खाइपछि जिपमा साउन्ड सिस्टम जेनेरेटर र टेन्टका सामानहरु आए । हामी मन्च ब्यावस्थापनतर्फ लाग्यौ। यतिकैमा कार्यक्रममा तत्कालिन प्यूठानका सिडियो लुक बहादुर क्षेत्री सहितको सरकारी अधिकारीहरु र पत्रकार प्रमोद पोख्रेल सहितका सन्चारकर्मी साथीहरु आइपुग्नुभयो । उहाँहरुलार्इ हामीले भव्य स्वागत गर्यौ।

लाग्यो की यतीबेला जिल्ला नै ऐरावतीमा खनिएको छ। यद्धपी मन्चको काम भने बाँकी नै थियो। साँझपख कलाकारहरु सपना गाह, सिता राना, दिपक गरौजा ,रामकुमार बिष्ट नृत्य बिधामा थिए ।अर्घाखाचीमा ख्याती कमाएको कलाकाकार तथा म्युजिक सेन्टरका निर्देशक मदन न्यौपाने र सरिताको टोली आएपछि रातको नौ बजेबाट हामीले कार्यक्रमलार्इ औपचारिक रुपमा अगाडी बढायौं।

२०६८ पुस ३० गते भएको माघेसक्रान्ती मेलाकाे उद्घाेषण म र लिला रानाले गर्याैं . कार्यक्रम सन्चालनमा सहयोगी र मिजाशिला स्वभाबका प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्रीले भव्य समारोहकाबिच कार्यक्रम उद्धघाटन गर्नुभयो।

उहाँसँगै कार्यक्रममा सहभागी हुन पुग्नुभएका निमित्त स्थानीय बिकास अधिकारी चन्द्र बहादुर जिसी, बरिष्ठ कृषि बिकास अधिकृत श्याम प्रसाद रिजाल, अनुसन्धानका डीएसपी भीम बहादुर बुढाथोकी, भु-संरक्षण कार्यालय प्रमुख दिवाकर पौडेल, दुरसन्चार कार्यालय प्रमुख बलराम पौडेल त्यस्तै नेपाल पत्रकार महासंघ प्यूठानका उपाअध्यक्ष प्रमोद पोख्रेलको अगुवाइमा पत्रकार साथीहरु केशर रोका, प्रज्वल पहाडि,श्रीधर भट्टराई, थानेश्वर कालाथोकी, बिष्णु न्यौपाने ।

त्यस्तै युवासघं नेपाल प्यूठानका तत्कालीन अध्यक्ष मोहम्मद हलिम, नेपाली काँग्रेसका जिल्ला सचिव शिव रिजाल, अधिबक्ता रामेश्वर सुवेदी छिमेकी गाबिसका सचिवहरु, बुद्धिजीवीहरु, समाजसेवीहरुको उल्लेख्य उपस्थितीले कार्यक्रम सफल पार्न थप बल पुग्यो । रातभर कलाकारहरुको स्वरले ऐरावती सगितमय बन्यो। पहिलोपटक ऐरावतीले आफनो रङ फेर्न पायो। लोपउन्मुख स्थानीय गर्रा नाच ,सोरठी मारुनी ,नचरी नाचको प्रदर्शन गरियाे ।

सारगी, सनही, मुर्चुगाँ, मुरली र मादलुको तालमा कैयैं झुमेँ। हामी पुरै मगर संस्कृतिभित्र हरायका थियौं त्यो संगितमय उज्यालो रातमा। देशको एउटा कुनाभित्र गुमनाम बनेको पर्यटकीय स्थाथम र आदिम परम्परा तथार संस्कृतीसंग साक्षात गर्न पाउनु चानचुने अबसर थिएन हाम्रो लागि ।खासमा ऐरावती पुग्ने बहाना बनेको थियो मेरो लागि यहि कार्यक्रम।

भोलि बिहान दुर्इ नदिको दोभानमा स्नान गरेपश्चात कार्यालय प्रमुखहरुको बैठक ऐरावतीमा बसेपछि त्यहिबाट ऐरावतिलार्इ छड्केसलाम ठोक्दै लावारिसे बनेको ऐरावतिका रमणिय तस्बिरहरु नयनभरी सजाउँदै बाइ बाइ गर्दै लाग्यौ पुन बड्डडाँडा तर्फको यात्रामा। छोटो र मीठो यो यात्राले ऐरावती भेगको नयाँ पर्यटकीय गुरुयोजना मनमा सजाइदिएको छ।

कार्यक्रम सम्पन्न गर्न महत्वपुर्ण सहयोग गर्ने दाजु प्रमोद पोख्रेल, हाम्र अफिसियल मिडिया सरकारी अधिकारी सवै सहयोगी हातहरु र कलाकारहरुको म तारिफ गरिरहन्छु। चिन्तनको सन्दर्भ चेष्ठामा अडिएको हुदोरैछ। चिन्तन आस्थाको चेष्ठा पक्षधरको भनेरै चित्त बुझाएँ मैले । मेरो देशीय समाज, परम्परा र सँस्कारको स्वाद चाखेर मनलार्इ चित्त बुझाएँ, त्यहाँको निर्मीत मन्दिर र परिबेशको दर्शन गरेपछि।

ऐरावतीको त्यो अम्मरेश्वरी मन्दिरको दर्शन गर्दागर्दै मन बहलिनु एक प्राप्ती लाग्यो। अनेक थरीका अनेक उत्कण्ठा सुन्दा बहलिदो मन बहकिदो पिरौलीले पोतिन पुगीदो अनुभुती पाएँ। मन मनै गुन्न थालेँ की नेपाल त अगाँलोको धनी मुलुक अहिले अगाँलो आफै यो अमृत भगालोमा भताभूगँ परिरहे झै छ । मन मनै गुन्न थालेँ यहा शीवलाइ स्वर्ग ठान्छन कोहि दोभानलाइ पन्चपान्डव ठान्छन। माघेसक्रान्तीको उपलक्ष्यमा अम्मरेश्वरी मन्दिरभित्र बौद्ध हिन्दु मुसलमान समताभावले प्रगाढ अभ्यर्थता गर्छन, भाबधाराकाे सङ्लो पानी कती सङ्लो कती चोखोे ! आहा !आश्चार्यचकित बन्छू म आफै। जिन्दगी रहे फेरी भेटौला।

गन्तब्य ऐरावती २०६८ (सश्मरण)

लेखक: नेपाल पत्रकार महासंघ प्युठानका सदस्य र नेपाल समाचारपत्र दैनिकमा कार्यरत छन।

२०७४ पुष २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड