इमान्दार संवाददाता
३१७ पटक
काठमाडौं ।

चर्चित गायिका दिया यात्रीले संगीतकार तथा रचनाकार दर्पण यात्रीलाई धोका दिएपछि मार्मिक भिडियो सार्वजनिक भएको छ । आफुसंग माया गासेकी दिया अचानक अर्कैसँग हिडेपछि दर्पण आशुको तालमा डुबेका छन् ।

तर दियाले दर्पणलाई धोका दिएको वास्तविक जीवनमा भने कदापि होइन । यथार्थ जीवनमा दिया र दर्पणको जिन्दगी रोमान्टिक र प्रेममय छ । उनीहरु वास्तविक जीवनका जीवन साथि पनि हुन् ।

संगीतकार दर्पणले रचना गरेको ‘डुबायाै-डुबायाै’ बोलको गीतमा पहिलोपटक दर्पणसंगै दिया पनि अभिनयमा देखिएकी छिन ।

हालै याे जोडीले अभिनय गरेको ‘डुबायौ-डुबायौ पापी मायाले’ बोलको म्यूजिक भिडियो सार्बजनिक भएको छ ।

चर्चित गायक मनोराजकाे आवाजमा रेकर्ड भएको उक्त गीतमा दर्पण दिया उनका छोरा दर्शनसँगै मनोज आचार्यले पनि अभिनय गरेका छन् ।

दर्पण यात्रीकै सब्द, संगीत र निर्देशन रहेकाे यस गीतले राम्राे चर्चा कमाउन सुरू गरेकाे छ । गायिका दिया र संगीतकार तथा रचनाकार दर्पणका अलावा यी दुई जोडीको सन्तान दर्शन पनि गायन क्षेत्रमा उदाएका छन् ।

‘देशको मुहार फेर्न मैले अनेक रंग भर्नुछ, बढ्न देउ फुल्न देउ सानाे विरूवा, ठुलो भइ ज्ञानी भइ गुण तिरौला’ बोलको गीत दर्शनले ५ बर्षको उमेरमा नै गएका थिए ।

दर्पणले सब्दसंगीत भरेका प्राय गीतहरु चर्चित बनेका छन् । उनले लेखेका धेरै गीतहरु राष्ट्रिय स्तरका कलाकारको छबी बनाइसकेका चर्चित कलाकारहरुले नै गायका छन्।

उनले सुरुमा ‘मैले भुल्न खाेजे मनले भुल्न मान्दैन’ भन्ने गीत रचना गरेका थिए । उक्त गीत अन्जु पन्तको स्वरमा बजारमा आएको छ ।

त्यस्तै ‘सोचेर के हुने रैछ र ?’ ‘आफ्नो मान्छेले मुटु चुडायो’ जस्ता गीतहरु पनि चर्चित नै बनेका छन्। यी] गीतहरुमा पनि स्वर भने अन्जु पन्तकै छ ।

पछिल्लो चरण उनले ‘डुबायो डुबायो आशुको तालमा मलाई’ बोलको गीत बजारमा ल्याएका छन् । उक्त गीतमा मनोज राज र विनया निरौलाको स्वर रहेको छ ।

दर्पण आफैले पहिलो पटक मोडलिङ गरेका छन्। आफ्नै म्युजिक भिडियोमा दर्पणलाइ उनकी जीवनसंगिनी दिया र छोरा दर्शनले पनि साथ दिएका छन्।

यसका अलावा दर्पणले सत्यराज र विनयाले गयको ‘खुकुरीको प्रहार सहने’ बोलको गीत पनि बजारमा यसअघि नै आइसकेको छ ।

यस्तै पहिलाे पटक ‘रातो साडी लर्काएर’ बोलको तीज गीत रेकर्ड गर्दै आफ्नो सांगीतिक यात्राको थालनी गरिन् दियालेअहिले भने नेपाली सांगीतिक बजार तताउन थालेकी छिन ।

‘पलपल तिम्रो मायामा म बाचेको छु’ पप गीत र ‘यसपाली नि छोरा दशैँ तिहार  रोएरै जाने भो’ बोलको दशैं गित पनि दियाको आवाजमा रेकर्ड भएका छन् ।

त्यस्तै “घाउहरु कति लागे तिम्लेजस्तै चोट मैले, दिएको भा थाहा पाउथ्यौ”, “आशु दिने निष्ठुरीलाई के थाहा ?”, “धेरै माया गरेजस्तै”, “संगै बाच्ने संगै मर्ने”, “तिम्रो हात समाई”, “को बन्ला खोइ यो दिलको राजा”, र “तिम्रो यादमा मात्रै किन ?” लगाएतका गीतहरु पनि उनले गाएका चर्चित गीतहरू हुन ।

हेर्नुहोस् उक्त गीतको भिडियो

२०७४ पुष २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...