इमान्दार संवाददाता
१४१ पटक
काठमाडौँ ।

‘कान्छी’ गीत: श्वेताको लागि दयाको जीउ दाउमा काठमाडौं– अभिनेत्री श्वेता खड्काको निर्माण तथा अभिनय रहेको चलचित्र ‘कान्छी’ को नयाँ गीत सार्वजनिक गरिएको छ ।

अर्जुन पोख्रेलको संगीत तथा दयाराम पाण्डेको शब्द रहेको ‘यो जीउ दाउमा लाउने मैंले तिमीलाई मात्र हो’ बोलको गीतमा स्वर धमेन्द्र सेवनले दिएका छन् ।

चलचित्र भित्र रहेको यो रोमान्टिक गीतमा श्वेतासहित दयाहाङ राई, अनु शाह, कामेश्वर चौरसिया, आशान्त शर्मा लगायतको अभिनय देख्न सकिन्छ । गीतमा कोरियोग्राफी बसन्त श्रेष्ठले गरेका हुन् ।

आकाश अधिकारी निर्देशित ‘कान्छी’ ४ फागुनबाट प्रदर्शनमा आउने चलचित्र हो । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि स्वेता यसै चलचित्रबाट अभिनयमा फर्किएकी हुन् ।

२०७४ पुष २० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...