इमान्दार संवाददाता
१४१ पटक

लोक तथा दोहोरी गीतको क्षेत्रमा निरन्तरता दिँदै एकपछि अर्को गर्दै विभिन्न किसिमका सांगीतिक कोसेली बजारमा पस्कने क्रममा फेरी अर्को बिल्कुलै नौलो सांगीतिक कोसेली माया प्रेमको भाव समेटिएको कारुणिक गीत बजारमा आएको छ ।

‘चोट’ बोलको गीतलाई एसएनबि म्यूजिक प्रालिले बजारमा ल्याएको हो । यस गीतमा विगत लामो समय यता सञ्चार क्षेत्रमा क्रियाशिल एवं लोकप्रिय सर्जक साहस भट्टको लय रहेको छ ।

‘चोट’ बोलको गीतमा नेपाली लोक तथा दोहोरी गीत संगीतमा नै आफ्नो जीवन समर्पण गरेका सर्जन सन्तोष बानियाँले यस गीतमा शब्द भरेका छन् ।

सन्तोषले विभिन्न गीत संगीतमा आफ्नो सिर्जना सजाउनु मात्र होइन केहि गीतमा स्वर पनि भरिसकेका छन् । साथमा भुल्नेलाई भुल्न सक्ने, अन्तिम सन्देश, रुन्छु धर्केरलगाएतका गीतहरुबाट आफ्नो नाम स्थापित गरेका राजु बर्देवाले यस गीतको थेगो तयार पारेका छन् ।

कुलेन्द्र विश्वकर्मा र सीमा चन्दद्वारा स्वरबद्ध यस गीतको म्यूजिक भिडियोमा आश लाग्दा नवमोडल विश्व राईले अत्यन्त लोभ लाग्दो अभिनय गरेका छन् ।

२०७४ पुष १७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड