१९५ पटक
युएई ।

उमाकान्त पाण्डे ।

रोजगारीका लागि युएई आएका एक नेपालीले आत्महत्या गरेका छन् । युएईको सारजाह अबुशगारामा रहेको हबात अल अरुज रेस्टुरेन्टमा कार्यरत अर्घाखाँची सन्धिखर्कका ३५ बर्षिय नारायणप्रसाद भुषालले आइतबार बिहान आत्महत्या गरेका हुन ।

८ महिना पहिले युएई आएका उनी सिनियर कुकको रुपमा कार्यरत थिए । काम गर्ने ठाउँ नजिकै कम्पनीको कोठामा बस्ने उनले बिहान अन्य कामदारलाई काममा पठाएर झुण्डिएर आत्महत्या गरेका हुन् ।

धेरैबेरसम्म काममा नआएपछि कोठामा बोलाउन जाँदा झुन्डिएको अवस्थामा भेटिएको प्रवासी मञ्च युएईका पुर्व अध्यक्ष प्रकाश कोईरालाले जानकारी दिए ।

घटना लगत्तै कम्पनीले प्रशासनलाई खबर गरेको र अहिले थप अनुसन्धान भईरहेको अर्घाखाँची सम्पर्क समिति युएईका अध्यक्ष राजु खड्काले बताए । उज्यालो

२०७४ पुष १७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड