इमान्दार संवाददाता
१६६ पटक
कुवेत ।

राप्ती, भेरी, कर्णाली एकता समाज कुवेतले आयोजना गरेको अंग्रेजी नयावर्षको अवसरमा भब्य सांगतिक धमाका सहितको सांस्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको भएको छ ।

हवालीस्थित बोय स्काउट थियटरमा जनवरी ५ तारिखक दिन हुने उक्त सांगतिक कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्मा, प्रकाश कटवाल, ऋषि खड्का र चर्चित लोक तथा दोहोरी गायिका जानकी तारामी लगाएतको सहभागीता रहने अध्यक्ष पबन कुमार वलिले जानकारी दिएका छन् ।

स्थापनाकालदेखि नै कुवेतका क्रियाशील संघ संस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यमा काम गर्दै आईरहेको राप्ती, भेरी, कर्णाली एकता समाज कुवेतले नयाबर्षको शुभकामना आदान प्रदान सहित अनाथ बालबाकीकाको सहयोगार्थ सबैलाई उपस्थितिको लागि आग्रह गरेका छन् ।

२०७४ पुष १७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड