३५२ पटक

रमेश कुमार वोगटी ।

भन्ने गरिन्छ, आजका वालवालिका भविष्यका देशका कर्णधार हुन् । बाल अधिकारका नारा लगाउदै बाल शोषण अन्त्य हुनुपर्ने भाषणहरु छाँट्ने अधिकारकर्मी र अगुवाहरू पनि घाेक्राे सुक्नेगरी यहि कुरा दोहोर्याइ-हेतेर्याई भनिरहन्छन ।

तर बिकट बस्तीहरूमा उनीहरुका धमिला नजरहरु कहिले पुग्दैनन् । जहाँ दैनिकी चलाउन र कापी, कलमको जोहो गर्न वालवालिकाहरु दैनिक मजदुरी गरिरहेका भेटिन्छन् ।

हो विकट कार्नालीको कालिकोट जिल्ला, नरहरीनाथ गाउपालिकाका वालवालिकाहरुको व्यथा पनि यस्तै-यस्तै छ ।  नरहरीनाथ गाउपालिकाका वडा नं. ८ निवासी गंग बिकले आफ्नो कापी कलम आफै किन्नकै लागि भरीया बन्नु परेको छ । सरस्वत्ती आभारभुत बिद्यालयमा कक्षा ४ मा अध्ययनरत उनी खुलालु बजारबाट अर्कैको भारी बोकेर घन्टौको पैदलयात्रा गर्छन, जसवापत उनले पैसा(ज्याल) पाउछन र त्यही पैसाले पढाईखर्च चलाउछन ।

आफुले दिन भर भारी वोकेर कमाएको पैसाले आफुले कापि,कलम र स्कुलको खर्च चलाउने गरेको उनले वताए । हाम्रो मुलुकमा लेखाईमा मात्रै कानुन बन्ने भएकाले कतै बालवालीकाहरु जो सार्वजनिक यातायतमा खलासी छन त कतै बोरा बोकेर प्लाष्टिकका टुक्राहरु बटुल्न कुदिरहेका छन । त्यति मात्र हैन ठुल्ठुला होटलहरुमा ग्रहाकहरुले खाएका जुठा भाँडा माझ्दै उनिहरु आफ्नो भविष्यको धमिलो छायाँ खोजिरहेका देखिन्छन ।

हुन त नेपालजस्ता विकाषाेन्मुख र अल्पविकसित देशहरुमा बालश्रमलार्इ कानुनका किताब र अधिकारकर्मीका मुखैमा मात्र सिमित छन् । जसरी देशको विकासमा प्रत्येक नागरीकाको भुमिका महत्वपुर्ण हुन्छ, बालबालिकाको भुमिका पनि त्यति नै अपरिहार्य  हुन्छ । बालबालिका समाजका महत्वपुर्ण अंग हुन, जो भविष्यमा देश विकासका लागि आवश्यक दक्ष जनशक्ती (डाक्टर,इन्जिनियर,समाजसेवि,नेता,पाइलट…..) बन्नका लागि निर्विकल्प उर्जा भ्रुणका रूपमा विकास भइरेहका हुन्छन ।

भनिन्छ बालबालिका काँचो माटो हुन, उनिहरुलाई बर्तमानमा जस्तो आकार दिन सक्यो, भविष्यमा त्यतिक्कै खरा बन्नसक्छन । उनिहरुको पहुँच श्रममा भन्दा शिक्षामा बढाउनुपर्ने बेलामा राष्ट्र, समाज र परिवारले यी सवै कुराको वेवास्ता गरिरहेको देखिन्छ । जसकारण बालश्रमको समास्या दिनानुदिन चुलिदै गइरहेको छ ।

कापी कलम वोकेर स्कुल जाने वेलामा डाेरी, नाम्लाे समातेर भरिया जानु परेको वाध्यता भएको वताउछन साेही गाँउपालिकाकै गंग विक । ‘अरुहरु स्कुल गएको देख्दा आफुलाई पनि पढ्न जान मन लाग्छ, ड्रेस, किताब कापी छैन ।’ उनले आफ्नो कलिलो स्वरमा इमान्दार मिडियासँग भने- ‘आमाबुवालाई सोधेर मात्रै भारी बोक्न जान्छु, पाएको सबै पैसा बेलुका घरमा ल्याएर गन्छु ।’

गणतान्त्रिक मुलुल नेपालमा अहिले पनि धेरै जसो पिछडिएका, गरिब तथा दलितहरु ठुला –ठुला साहु महाजनको जमिनमा काम गरीरहेका छन । कठिन आर्थिक अवस्था भएका कारण कहालीलाग्दो र पीडादायी जिवनयापन गर्न उनिहरु बाध्य छन । राज्याको दृष्टिकोणवाट सधै पछाडि परेको विकट कर्णाली त्यही माथि रोग ,भोग र अशिक्षाले गर्दा स्कुल पढुने वेलामा जीविकोपार्जन गर्न कहिले भारतको गल्लि त कहिले विदेशको टनटलापुर घाममा काम गर्नुपर्ने बाध्यता रहेको छ कणालीका वालवालिकाहरुको ।

‘यसो हुनुमा राज्य नै सवैभन्दा बढी गैरजिम्वारी सरकारकै हो !’ नरहरीनाथ गाउँपालीकास्थानीय जीवन सुनार भन्छन्- ‘हामी पनि गरिब, हाम्रो छोराछोरी पनि गरिबै भएर बाँच्नुपर्ने भयाे । सरकारले स्वदेशमै रोजगारको व्यवस्था गरिदिए हामीलाई आफ्ना बालबालिकालाई पढाउन सजिलो हुने थियो ।’

गरिविले गर्दा नै आफ्ना छोराछोरीको स्कुल जाने सपना सवै सपनामै सिमित भएको नरहरीनाथ गाउँपालीका वडा नंः ३ का प्रेम दर्जिले वताउछन । ‘छिमेकिका छोरा छोरी झोला वोकेर स्कुल जादा आफ्ना छोराछोरी डोरी नाम्लो वोकेर भरीया गएको देख्दा यो संसारभरी म मात्रै गरीब रहेछु क्यारे भन्ने सोच्छु ।’ दर्जि भन्छन् – ‘ठुलाबडाहरुलाई केको गाह्रो हुन् ? हामीलाई पो यस्तो आपत छ त ।’

दुईछाक खान नसक्ने परिवारका बालसदस्यहरु १२/ १४ घण्टा काममा जानुपर्ने बाध्यता आखिर कहिलेसम्म रहिरहने हो नेपालमा ? आजको नेपाल शिक्षित नेपालीहरुको सध्य देश हो । बालश्रमजन्य सबै कृयाकलापहरु बहिस्कार गर्ने सार्मथ्य हामी सवैमा हुनुपर्छ कि पर्दैन ? वालवालिका राज्यका दायित्व हुन की होइनन् ? आजका कोपिलाहरुले भोली फुल बनेर फक्रन पाउने की नपाउने ? साना कलिला मुनाहरुले बिरुवा बनेर देशलाई मजबुत बनाउने जिम्मेवारी ग्रहण गर्न पाउने की नपाउने ? अब यी प्रश्नहरूकाे जवाफ कर्लालीले सिंहदरवारसँग माग्नैपर्छ ।

२०७४ पुष १७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड