इमान्दार संवाददाता
११८ पटक
काठमाडौँ ।

करदाताहरुका लागि नयाँबर्षबाट खुसीको खबर आउने भएको छ ।

कर दाता सेवा कार्यालयमा घन्टौ लाइन बस्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । सरकारले राजश्व प्रशासनबाट दिइने सेवालाई सरल एवम् कम खर्चिलो बनाउने उद्देश्यले विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) प्रणाली लागू गर्ने तयारी गरेपछि यस्तो खुसी खबर आएको हो । तर यो प्रणाली आगामी बैसाखदेखि मात्र लागु हुने बताइएको छ।

अर्थ मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलका अनुसार बैसाखदेखि डिजिटल पेमेन्टमार्फत कर भुक्तानी गर्न सकिनेछ । उनका अनुसार मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्कजस्ता मुख्य करहरु विद्युतीय प्रणालीमार्फत भुक्तानी हुनेगरीको तयारी गरिएको छ ।

यस प्रणालीले राज्य कोषमा आउने रकम समयमै आउने तथा कर अधिकृत र करदाताबीचमा सिर्जित अवरोधहरु निराकरण हुने विश्वास लिइएको छ । पहिलो चरणमा विभागको ४९ वटा क्षेत्रगत कार्यालय ९२२ आन्तरिक राजश्व कार्यालय, २६ करदाता सेवा कार्यालय ९१३ काठमाडौँ उपत्यका र १३ उपत्यका बाहिर साथै एउटा ठूला करदाता कार्यालयमा उक्त प्रविधि प्रयोगमा ल्याइनेछ ।

२०७४ पुष १४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...