इमान्दार संवाददाता
८६ पटक
काठमाडौँ ।

इंग्लिस प्रिमियर लिगमा आफ्नै कीर्तिमान भंग गर्दै वा हरेक खेलमा नयाँ कीर्तिमान बनाउँदै आएको पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले १५ अंकको अग्रता कामय गरेको छ ।

प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले न्युक्यासल युनाइटेडलाई १–० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँगको अंक दूरी १५ मा पुर्‍याएको हो ।

अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीको जितमा ३१ औँ मिनेटमा रहिम स्ट्रर्लिङले गरेको गोल नै निर्णायक बन्यो । म्यानचेस्टर सिटीले खेलमा अधिकांश समय बलमा नियन्त्रण बनाए पनि थप गोल भने गर्न सकेन ।

उसले २१ पटक पोस्टर प्रहार गरेको थियो भने न्युक्यासलले ६ पटक । यो म्यानचेस्टर सिटीको लिगमा लगातार १८ औं जित हो ।  उसले प्रिमियर लिगमा समग्र तथा एकै सिजनमा लगातार धेरै खेल जित्ने कीर्तिमानलाई बढाउँदै लगेको छ ।

जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २० खेलबाट ५८ अंक भएको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४३ अंक छ । १५ औँ स्थानमा रहेको न्युक्यासलको १८ अंक रहेको छ ।

२०७४ पुष १३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...