इमान्दार संवाददाता
५०३ पटक
पाल्पा ।

अन्नबाली र तरकारी खेती लगाएर उत्पादन जति सबै वन्यजन्तुले नष्ट गर्न थालेपछि मस्याम पाल्पाकी गोमा भण्डारीले अहिले व्यावसायिकरूपले कागती खेती शुरु गरेकी छन्।

वर्षैपिच्छे बारीमा लगाएको तरकारी, अन्नबाली उत्पादन हुन थालेपछि वन्यजन्तुले सखापै पारिदिँदा मनमा सधैँ पीडा बोकेर भासेकी भण्डारीले अहिले कागती खेती शुरु गरेपछि वन्यजन्तुको तनावबाट मुक्त हुनाका साथै राम्रो आम्दानी पनि गर्न थालेकी छन् ।

भण्डारीले आजभन्दा चार वर्ष पहिले १० बोट कागतीबाट व्यवसाय शुरु गरेकी हुन् । वर्षैपिच्छे व्यवसाय बढाउँदै गएपछि अहिले उनले बारीमा चार सय बोट कागती लगाएको र यसलाई बढाएर पाँच सय बोट पु¥याउने लक्ष्य लिएकी छन् ।

२०७४ असोज १९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड