इमान्दार संवाददाता
१५१ पटक

कवि नवराज पराजुलीले शनिबार नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा कविता कन्सर्ट सम्पन्न गरेका छन्। नेपाली साहित्य परिवार नेपालगञ्जले आयोजना गरेको एकल कविता कन्सर्टमा कवि पराजुलीले अाफ्नाे पाँच वटा कविता सुनाएका हुन्।

पराजुलीले सुरूमा ‘च्याउ’, ‘सगरमाथाको गहिराइ’ लगायत अाफ्ना समसामयिक कविता वाचन गरे। त्यस्तै उनले प्रेमकाे संयोग र वियोगको प्रसंगलाई उठाएर लेखेकाे  कविता ‘खोया’ र ‘मैझारोको कविता’ पनि वाचन गरे।

कविता सुनेपछि वरिष्ठ कथाकार सनत रेग्मीले कवि पराजुलीका कविता समकालीन युवापुस्तामा सबैभन्दा उत्कृष्ट भएको बताए।  त्यस्तै, कथाकार महेश विक्रम शाहले आफू कवि नवराजको कविताको प्रशंसक भएको बताउँदै उनका कविताहरू कलात्मक एवं सरल हुने  गरेको टिप्पणी गरे।

कवि पराजुली अाउने भएपछि नेपालगञ्जका युवाहरू उनलाई सुन्न उत्साही भएका थिए। यसै कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीहरूले   सांस्कृतिक प्रस्तुति पनि दिएका थिए।

२०७४ पुष ११ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड