इमान्दार संवाददाता
७७३ पटक
काठमाडौँ ।

जनयुद्धकालिन मुद्धामा जेल सजाय भोगिरहेका माओवादी नेता बालकृष्ण ढुंगेलले आफू गिरफ्तार पर्दा नेकपा (माओवादी) केन्द्रका अध्यक्ष प्रचण्डले विज्ञप्तिसम्म ननिकालेको भन्दै दुःख व्यक्त गरेका छन् ।

उनले अब प्रचण्डले जनयुद्ध लडेका नेता–कार्यकर्ताको संरक्षण नगर्ने पुष्टि भएको बताए । “आफ्नै पार्टीको पीबिएम जनयुद्ध कालको मुद्धामा गिरफ्तार पर्दासम्म त प्रचण्डले बोल्न सक्दैनन् । यसले अब उनी जनयुद्ध लडेका नेता–कार्यकर्ताको संरक्षण नगर्ने पुष्टि भएको छ।”

बुधबार ढुंगेललाई भेट्न गएका इमान्दार मिडिया संवाददातासँगको कुराकानीमा उनले आफूलाई मात्रै नभएर विभिन्न मुद्धामा अरु नेताहरुलाई पनि जेल हाल्ने तयारी भइरहेको बताए ।

उनले माओवादी केन्द्रका नेता अग्नि सापकोटासहितका नेताहरुलाई दोस्रो चरणमा गिरफ्तार गर्ने र अन्तमा प्रचण्ड र बाबुरामलाई गिरफ्तार गर्ने दाबी समेत गरे । “मलाई गिरफ्तार गर्न सफल भएपछि अब अग्निजीसहितका केही साथीहरुलाई तयारी गर्दैछन् र अन्तिममा प्रचण्ड र बाबुरामलाई नै गिरफ्तार गरिनेछ । त्यतिबेलो उनीहरुले विज्ञप्ति निकाल्ने कोही पाउने छैनन्” ढुंगेलले भने ।

उनले त्यसबाट बच्ने जति प्रयास गरेपनि एक दिन प्रचण्ड जेलमा जाने दाबी गरे । जनयुद्धलाई अपराध देख्ने राज्य संरचनाभित्रै रहेर समाजवाद ल्याउनु भन्ने प्रचण्डका कोरा सपना मात्रै भएको बताउँदै ढुंगेलले भने- “मलाई अपराधी देख्नु भनेको प्रचण्डलाई अपराधी भनेको हो, यो भनेको जनयुद्ध नै अपराधी गतिविधि थियो भन्ने नै हो, यही राज्यसत्तामै बसेर समाजवाद ल्याउछु भन्नु प्रचण्डले दिउँसै देखेको सपना हो । अझ आफ्नै पार्टीको नेता गिरफ्तार पर्दासम्म विज्ञप्ति निकल्ने हिम्मत नभएका प्रचण्डले समाजवादी क्रान्तिका कुरा बेकारका गफ मात्रै हुन् ।”

नेकपा एमाले र माओवादी केन्द्रबीच हुने भनिएको एकता चाँडो हुनुपर्ने धारणा ढुंगेलले राखे । उनले प्रचण्ड जनयुद्धका एजेण्डा छोडेर एमालेको संशोधनवादी एजेण्डालाई आत्मसात गरेका कारण दुबै पार्टीबीच एकता हुनु अनिवार्य जस्तै भएको बताए । “एउटै देशमा एउटै विचार बोक्ने दुई पार्टी सम्भव थिएन, एमाले र माकेबीच एकता पनि त्यही हो” ढुंगेलले भने ।

उनले गणतन्त्रको लागि लडेको माओवादी शक्तिलाई एमालेमा भित्र्याएर आफू असली गणतन्त्रवादी एमालेहरु सच्चा गणतन्त्रवादी हुन लागेको बताए । ढुंगेलले राणाको विरुद्ध लड्ने प्रजा परिषद्लाई काँग्रेसले आफूसँग मिसाएर प्रजातन्त्रवादी भएको दाबी गरे जस्तै एमालेले माओवादीलाई मिसाएर गणतन्त्रवादी हुन लागेको बताए ।

उनले दुई पार्टीको एकतालाई सच्चा गणतन्त्रवादीलाई सिध्याउने एमालेको चाल भएको दाबी गरे । एमाले र माकेबीचको एकताले क्रान्तिकारी शक्तिलाई बाटो खुला हुने बताउँदै नेता ढुंगेलले चाँडो एकता हुनुपर्ने धारणा राखे । “एमाले र माके घोर दक्षिणपन्थी हुन् । त्यो भन्दा ठूलो दक्षिणपन्थी काँग्रेस भएका कारण मात्रै यतिमै रोकिएका छन्” ढुंगेलले भने । उनले माओवादी केन्द्रभित्रका क्रान्तिकारीहरुले सोच्ने बेला आएको समेत बताए ।

ढुंगेलसँग सम्बन्धित यी समाचारहरु पनि पढ्नुहोस्

१ जेलबाट बालकृष्ण ढुंगेलले नेकपा महासचिव विप्लवलाई पठाए यस्तो सन्देश, के भने विप्लवले ?

२ बालकृष्ण ढुंगेलको मुद्दामा सर्वोच्चले गम्भीर त्रुटि गरेको खुलासा, जेल मुक्त हुन सक्छन् ढुंगेल

३  नेकपाको चेतावनी- ढुंगेललाई रिहा नगरे १७ हजार जनताका हत्यारा कांग्रेस-एमालेलाई जनअदालतमा उभ्याइन्छ (भिडियो)

४ बालकृष्ण ढुंगेलको गिरफ्तारीविरुद्ध नेकपाले आज काठमाडौंमा प्रदर्शन गर्दै 

५  ‘प्रचण्डको सहमतिमा नै बालकृष्ण ढुंगेललाई गिरफ्तार गरियो’

६  कैदी नम्बर ५७६: यस्तो छ बालकृष्ण ढुंगेलको कारागार बसाई

७  बालकृष्ण ढुंगेललाई रिहा गर्न माग गर्दै विप्लवले देउवा सरकारलाई दिए कडा चेतावनी (विज्ञप्तिसहित)

८  अदालतबाट हाँस्दै जेल गए बालकृष्ण ढुंगेल, माओवादी नेता गोपाल किरातीले पठाए कपडा

९ जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ

१० कोठाबाट निस्किना साथ दाह्रीवालको घेराबन्दीमा परे बालकृष्ण: आफन्त भन्छन्- किड्नी ड्यामेज छ, औषधि छुट्यो

११ भैंसीको छोरा जोगाउन कुखुराको छोरालाई पक्राउ गरियो- बालकृष्ण

१२ उज्जन श्रेष्ठ हत्याको रिपोर्टः प्रत्यक्षदर्शी भन्छन्-छोरीमान्छे देख्नै नहुने !

२०७४ पुष १२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड