इमान्दार संवाददाता
१२६ पटक

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काममा विलम्ब गर्दा अवसर गुम्न सक्छ । समयमा गरेका काम बन्ने छन् । साँझपख खर्च बढ्नेछ । विश्वास घात हुनसक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयमा समय राम्रो चलेको छ । आकस्मिक आम्दानीको योग देखिन्छ । गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा क्रमिक सुधार आउनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): मध्यान्ह पछि समय अनुकुल हुनेछ । कामले विस्तारै गति लिनेछ । रोकिएका काम अगाडि बढ्नेछन् । विश्वासको वातावरण बन्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयले अझै साथ दिने देखिन्न । दुःख कष्ट बढि नै हुनेछ । अनावस्यक काममा समय र धन खर्च हुनेछ । आफन्तले धोका दिनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): मध्यान्हसम्ममा गरेका काम बन्नेछन् भने अपरान्हबाट काममा गतिरोध आउने देखिन्छ । चिन्ता बढ्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काममा सहजता आउनेछ । विवादित कुराको टुङ्गो लाग्नेछ । कार्य प्रगति राम्रै रहनेछ । नयाँ कामको अवसर आउन सक्छ । यात्राको सम्भावना देखिन्छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): अरुको भर विश्वासमा काम नगर्नु होला घाटामा परिनेछ । योजना बनाएर अगाडि बढ्दा राम्रो होला । अध्ययन अध्यापन कार्य अगाडि बढ्ने छन् ।

——————————————–

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सुख शान्ति कम मिल्नेछ । उपलब्धिका काम कम हुनेछन् । सहयोगका ढोका बन्ध हुनसक्छन् । व्यापार व्यवसाय मन्द रहला । विरोधी बढ्ने छन् ।

——————————————–

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): मध्यान्ह पछि समयले कम साथ दिनेछ । काम गर्ने जोश जागर विस्तारै घट्दै जानेछ । आर्थिक कारोवारले पिरोल्न सक्छ । धोका दिन सक्छन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): समयमा विस्तारै सुधार आउने देखन्छि । कार्य लगनशिलता पनि बढ्नेछ । गरेका काम सफल हुनेछन् । आर्थिक क्षेत्रमा सुधार आउनेछ ।

——————————————-

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिन मध्यम छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । आर्थिक कारोवार गर्दा सचेत रहनु होला । अरुको भर धेरै नपर्नु होला ।

——————————————–

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): प्रातकाल आज पनि प्रतिकुल देखन्छि । अपरान्ह देखि समयमा सुधार आउनेछ । काममा प्रगति हुनेछ । काम गर्ने उत्साहामा वृद्धि हुनेछ ।

२०७४ असोज १८ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...