इमान्दार संवाददाता
२३५ पटक

आऊदै गरेको अंग्रेजी नयाँ वर्षको अवसरमा नेपाली एकता समाज जापानको ओसाका र टोकियोमा सांगितिक धमाका संगै पहिलो राष्ट्रीय सम्मेलनको तयारी पूरा भयको छ।

उक्त कार्यक्रममा नेपालबाट बहु चर्चित लोक तथा दोहोरि गायक रामजी खाँड, जनबादी गायक हेमराज आश्रम र लोक तथा दोहोरी गायिका सृष्टि पुन जापान आउने भएका छन् ।

बृहत् सांस्कृतिक कार्यक्रमको प्रमुख आकर्षक बिन्दु भनेको नेपाली एकता समाज जापानको नौमती बाजा रहने नौमति बाजाका संयोजक मन सलामीले बताए।

जापानबासी नेपालीहरुका लागि आपतकालिन राहत कोष स्थापना गर्ने उद्देश्यले साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको सो समाजका उपाधक्ष्य भीम के.सी ले जानकारी दिए।

नेपालबाट आमन्त्रित राष्ट्रिय जनमोर्चा नेपालका बिदेश बिभाग प्रमुख आनन्द शर्माको प्रमुख आतिथ्यतामा हुने सो सम्मेलनको उदघाटन डिसेम्वर ३१ तारिखमा ओसाका गार्डेन प्यालेसमा र अर्को दिन १ तारीख टोकियो इकेगामी हलमा घोषणा गरिने समाजका अधक्ष्य यामलाल सपकोटाले जानकारी दिए।

ओसाकाको लागी स्थान :- Garden Palace Hotel (सीन ओसाका स्टेशनको पछाड़ीको गेट बाट JR मा आऊनेहरूको लागी र मिड़ोसूजि लाइन आऊनेहरूको लागी पछाड़ीको गेट नम्बर १ ,२ र ४ गेट बाट ५देखी ७ मिनटमा पूगीने।

सम्पर्क को लागी

भीम के.सी ‭070 1533 5893‬

यामलाल सपकोटा ‭090 1750 7431‬

कमल कार्कि। 080 4018 5655

२०७४ पुष १२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड