इमान्दार संवाददाता
११५ पटक

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): लगानी अनुसारको प्रतिफल मिल्नेछ । व्यापार बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ । बढि विश्वासमा काम नगर्नु होला । ऋण लगानी गर्दा सोच विचार गर्नु होला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): कामलाई निरन्तरता दिनु होला गरेका काम सफल हु्नेछन् । सामाजिक प्रतिष्ठा बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): परिस्थिति सामान्य अनुकुल बन्नेछ । लगानीबाट फाइदा कम हुनेछ । काममा विस्तारै प्रगति हुनेछ । मानसिक तनावमा कमि आउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):दिन प्रतिकुल नै देखिन्छ । व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ । अवसरको दुरुपयोग हुनेछ । अहार विहारमा ध्यान दिनु होला

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): नयाँ कामको अवसर मिल्नेछ । आयत निर्यात व्यापारबाट आम्दानी बढ्नेछ । समयको सदुपयोग गर्नु होला । खर्च व्यवस्थापनमा जोड दिनु पर्ने देखिन्छ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): परिश्रम बढि खर्च गर्नु पर्ला । काममा ध्यान कम जाने छ । बाहिरी अलमल बढि हुनेछ । विरोधीको संख्या बढ्नेछ । लाभ कम हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): पढाई लेखाईमा प्रगति हुनेछ । आलस्यता बढ्नेछ । दैनिक काममा अवरोध आउनेछ । इज्जत प्रतिष्ठ एवं काममा धक्का लाग्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): पारिवारिक झमेला बढ्ने छन् । घर परिवारबाट सहयोग पाईनेछ । यात्राको योग देखिन्छ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): बादविबादमा विजय प्राप्त हुनेछ । मुद्धाको टुङ्गो लाग्नेछ । आर्थिक कारोवारमा चनाखो रहनु होला । कार्य गोपनियता अप्नाउनु होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि):संचित धन बढ्नेछ । वोलिको प्रभाव बढ्नेछ । जीवन साथिको सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):उत्तम भोजन प्रप्तिको योग देखिन्छ । पारिवारि सुख मिल्नेछ । लगानीमा वृद्धि हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । पढाई लेखाईमा प्रगति हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आजको दिन पनि त्यति अनुकुल देखिन्न । काम गरेर नाम न जश खरानी घस हुनेछ । खर्च बढ्नेछ । व्यापारमा मन्दि आउनेछ ।

२०७४ असोज १७ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...