इमान्दार संवाददाता
११९ पटक

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन अनुकुल देखिन्छ । गरेका काम बन्नेछन । व्यापारमा शुभ संकेत देखिने छन् । आफन्तको सहयोगबाट पूर्ण सन्तुष्टि मिल्ने छैन । अवसरको खोजी हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): पारिवारिक सहयोग मिल्नेछ । अवरुद्ध कामले विस्तारै गति समाउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । काममा मानसिक तनाव घट्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): काममा सोचे जस्तो सफलता मिल्नेछैन । सहयोगको अपेक्षा नराख्नु होला । आयको तुलनामा खर्च बढि हुने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): काममा विलम्व अवसर गुम्नेछ ।प्रातकाल थोरै अनुकुल देखिए पनि दिनको अधिकाँश समय प्रतिकुल रहनेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): कामलाइ प्राथमिकता दिनु होला । व्यापारमा सुधार आउनेछ । लगनशिल भई गरेका काम सफल हुनेछन् । आय आर्जन बढ्नेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): शत्रु लाग्ने छन् । भ्रमबाट मुक्त भई काम गर्नु पर्ने देखिन्छ । आर्थिक कारोवार गर्दा विचार प¥याउनु होला । अल्प लाभ हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): भ्रम छार्ने बढि हुनेछन् । पारिवारिक खर्च घट्ने छैन । काम गरेर जश पाईने छैन । श्रमको मुल्य पाईने छैन । भर धेरै नपर्नू होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): लगानी खेर जान सक्छ । समस्या समधान हुन भन्दा पनि बल्झिने देखिन्छ । कार्य लगनशिलता बढ्नेछ । ऋण लगानी गर्दा सचेत रहनु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयमा विस्तारै सुधार आउनेछ । लगनशिलता बढाउनु पर्ने देखिन्छ । सम्भावनाका ढोका खुल्नेछन् । धन लगानी हुने ठाँउ गलत पर्न सक्छ सचेत हुनुहोला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): गरेका कामबाट लाभ हुनेछ,प्रशंसा मिल्नेछ । इच्छित काममा सफलता मिल्नेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): प्रातकाल त्यति अनुकुन नदेखिए पनि मध्यान्ह पछिको समय अनुकुल बन्नेछ । रोकिएका काम अगाडि बढ्ने छन् । व्यापार बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समयले विस्तारै साथ कम दिनेछ । सम्भावना क्षिण भएर जानेछन् । व्यापार व्यवसायमा गिरावट आउनेछ । अनावस्यक काममा समय र धन लगानी हुनेछ ।

२०७४ असोज १६ गते प्रकाशित
प्रतिकृया दिनुहोस्

खाली एड

Loading...