इमान्दार संवाददाता
४२२ पटक
संवाद डबली ।

नेपालमा अमेरिकी र भारतीय साम्राज्यवादको इसारामा देशका दलाल संसदीय व्यवस्थाका नेतृत्वले जनता र देशको समृद्धिलाई ध्वस्त पार्दै राष्ट्रिय स्वाधिनतालाई खतरामा पारेको बताए ।

जसलाई खत्तम गरेर सबै नेपालीलाई दलाल र पराधिनताबाट मुक्त गरी समृद्धि, सार्वमौभ तुल्याउन नेकपाले एकीकृत जनक्रान्ति अगाडि सारिएको बताए । वैज्ञानिक समाजवाद र जनवादबीचको संक्रमणलाई लामो समय रहन नसक्ने उनको तर्क छ ।

कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरी दाहाल ‘असारे काका’ले कम्युनिस्ट पार्टीभित्र रहेर अवसर खोज्ने र लुट्नेहरुको टाउकोमा बम हान्नुपर्ने बेला आएको बताएका छन् ।

नेकपाले अगाडि सारेको एकीकृत जनक्रान्तिले नेपाली जनतालाई सुख र समृद्धि दिने बताए । एकीकृत जनक्रान्तिमा सहभागी हुन समेत सो अवसरमा आह्वान गरे ।

पार्टीभित्र हुर्कन सक्ने सम्भावित अवसरवादी र लुट तत्वलाई बेलैमा हटाएर अगाडि बढ्नुनै माओको योगदानको सम्मान ठहरिने उनको विचार छ । ‘अवसरवादी र भ्रष्टाचारीविरुद्ध माओले बेलैमा पार्टीभित्रैबाट हेडक्वार्टरमा बम वर्षाऊ भन्ने नीति लिएकै कारण सर्वहारा क्रान्ति सफल भएको हो’ उनले भने ‘त्यसरकारण नेकपाले अवसरवादी र भ्रस्टाचारीलाई छुट दिनु हुँदैन ।’

अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष समेत रहेकी कार्यक्रमका अध्यक्ष बन्धु चन्दले मजदुर वर्गका महान नेता माओको योगदान मानव समाजलाई उत्कृष्ट बनाउन अविस्मरणीय रहेको बताइन् ।

वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न माओले चलाउनुभएको क्रान्तिको महत्व दलाल र साम्राज्यवादी सत्तासामु झनै उच्च तहमा देखिएको बताइन् ।

दलित मुक्ति मोर्चाका अध्यक्ष रामलाल विकले जातीय विभेदको अन्त्य र श्रमिक वर्गलाई मुक्तिको मार्ग पुग्न माओको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै माओवादको जगमा नेपालमा जातीय समस्या समाधान गर्न कुनै कठिनाई नरहेको बताए ।

कार्यक्रममा नेकपाका पोलिट ब्यूरो सदस्य एवं फ्याक्सन ईन्चार्ज मोहन कार्की ‘जीवन्त’, केन्द्रीयहरु सदस्यहरु आजाद, रबि, धनबहादुर महर्जनलगायत नेताहरुको सहभागिता रहेको थियो ।

त्यस्तै अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न माओले पुर्याउनु भएको योगदान विद्यार्थी वर्गका लागि प्रेरणाको स्रोत भएको बताए । माओद्वारा रचित क्रान्तिकालीन शिक्षा अवलम्बन गर्न सके मानव जातिलाई नयाँ चेतनामा पुर्याउने उनको भनाई छ ।

कार्यक्रममा जनगणतान्त्रिक सम्पर्क मञ्चका अध्यक्ष रत्न मगर, उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष युवराज पराजुली, अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका अनु, नेपाल बुद्धिजीवि संगठका अध्यक्ष टिका कँडेल, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र नेवा मुक्ति मोर्चाका प्रतिनिधिहरु उपस्थित थिए ।

कार्यक्रममा अखिल नेपाल जनसाँस्कृतिक महासंघका महासचिव खेम थपलियाले माओले कुशलतापूर्वक गर्नुर्भको क्रान्तिको शिक्षालाई नेपाल र नेपालीलको जीवनमा लागू गर्न सके देश र जनता दुवै समृद्धिको बाटोमा अघि बढ्ने बताए ।

एकीकृत जनक्रान्तिले श्रमिक वर्गको मुक्तिको खाका बोकेको बताए । माओवाले चलाउनुभएको साँस्कृतिक क्रान्ति मानव जीवनकै लागि अनिवार्य क्रान्ति रहेको उनको भनाईँ छ ।

पोखरामा पनि माओ दिवस सम्पन्न

त्यसैगरी पोखरामा पनि माओ दिवस मनाइएको छ । सो अवसरमा राजबन्दी अभिनन्दन कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको प्रमुख अतिथि ओमप्रकाश पुनले माओले सम्पन्न गर्नुभएको क्रान्ति मानव जातिलाई नै समृद्धि तुल्याउने रहेको बताए ।

सोही कार्यक्रममा चुनाव खारेजी अभियानका क्रममा हिरासत परेका पार्टीका नेता तथा कार्यकर्तालाई सम्मान पत्रसहित अभिनन्दन गरिएको थियो । कार्यक्रमका अध्यक्ष नेकपा गण्डक ब्युरो इन्चार्ज साबित्रा दुरा ‘आस्था’ले गरेकी थिइन् ।

२०७४ पुष ११ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड