इमान्दार संवाददाता
१६१९ पटक
कञ्‍चनपुर ।

गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा अस्थायी सुरक्षाकर्मीको भूमिका खेलेकी एक जना म्यादी प्रहरी युवतीले सोमबार आत्महत्या गरेकी छन्।

कञ्‍चनपुर झलारी-१० घर भएकी १९ वर्षीय युवती पूजा धामीले सोमबार घरमै विष सेवन गरेर आत्महत्या गरेकी छन्। पूजाले घरमा कोही नभएको मौका छोपी विष सेवन गरेको बताइएको छ ।

उनले विष सेवन गरेको अाफन्तहरुले थाहा पाएपछि उपचारको लागि धनगढी अस्पताल लागेका थिए। चिकित्सकहरुले उनको अवस्था गम्भीर रहेको भन्दै कोहलपुर रिफर गरेका थिए ।

उपचारको लागि धनगढीबाट कोहलपुरस्थित मेडिकल कलेजमा पुर्‍याइएको थियो तर मेडिकल कलेजले भर्ना लिन नमानेपछि नेपालगंज लगियो । त्यहा चिकित्सकहरुले बचाउन नसकिने भन्दै घर लिन सल्लाह दिए ।

शुक्लाफाँटा नगर विकास समितिका अध्यक्ष जीवन धामीका अनुसार कक्षा १२ मा पढ्दै गरेकी पूजा म्यादी प्रहरीमा भर्ना भएकी थिइन् । निर्वाचन सम्पन्‍न भएपछि यही पुस ७ गते विदाई भएर पूजा घर फर्किएकी थिइन् ।

फेसबुकमा पूजाले हिजो मध्यान्ह एउटा मार्मिक स्टाटस लेखिकी थिइन् । जसमा भनिएको छ-‘अाकाशमा चम्किने तारा बनिदिन्छु एकदिन, अनि तिमि हेरिमात्र रहँनु’ यसरी कसैलाई इंगित गरी घुर्किपूर्ण स्टाटस लेखेकी पूजाले त्यसको २४ घण्टा नबित्दै आत्महत्या गरिन् ।

पूजाले अात्महत्या गर्नुको कारण भने खुलेको छैन । उनका परिवारका कुनै पनि सदस्यले उनको आत्महत्याबारे केही बोलेका छैनन् ।

यस्तो छ उनको स्टाटस

 

२०७४ पुष ११ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड