इमान्दार संवाददाता
१६९ पटक

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): समयमा विस्तारै सुधार आउनेछ । तनावमा काम नगर्नु होला । काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आफुले सोचे जस्तो कहि कतै हुने छैन । अनावस्यक झन्झटमा परिन सक्छ सजग भएर काम गर्नु होला । आज गरेका कामबाट उचित लाभ लिन सकिने छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): पारिवारिक समस्या टरेर जानेछन् । नयाँ कामको शुरुवात हुनसक्छ । जीवन साथीको सहयोग पाईनेछ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): ऋण बढ्न सक्छ । रोग,शोक र भयले सताउनेछ । आफन्तबाट विश्वास घात हुनसक्छ सतर्क रहनु होला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): समयमा निर्णय लिन सकिएन भने अवसर गुम्न सक्छ होशियार रहनेहोला । समस्याबाट टाढा बस्न पाईने छैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): समस्या घट्ने भन्दा बढ्ने देखिन्छ । दैनिक काम काजमा अवरोध आउन सक्छ । गलत विचार बढ्नेछ । खर्चालु काम बढि हुनेछन् । व्यापार पनि घट्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । बाणिज्य क्षेत्रमा सामान्य सुधार आउनेछ । अर्थोपार्जन हुने देखिन्छ । व्यापारबाट पनि आम्दानी बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अरुलाई प्रयोग गरेर काम गर्नु भयो भने काममा सहजता आउनेछ । आन्तरिक कुरा कसैलाई नखोल्नु होला । मिलेर पनि काम नगर्नु होला आफैलाई घाटा हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): कुटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । एजेन्सिका कामबाट लाभान्वित हुनुहुनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । भाग्य भन्दा कर्ममा विश्वास गरेर काम गर्नु होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): अन्योलता बढ्नेछ । व्यवसायमा अवनति हुनेछ । काम काजमा अवरोध आउनेछ । आर्थिक क्षेत्रमा पनि समस्या आउन सक्छ । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): साझेदारी काममा भन्दा स्वतन्त्र कामबाट बढि लाभ लिन सकिनेछ । काममा सानातिना समस्या देखिने छन् तर ती काम गर्दै जादा समाधान भएर जाने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): आर्थिक उन्नति उच्च दरमा वृद्धि हुने देखिन्छ । मान्यजनको सहानुभूति मिल्नेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउनेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

२०७४ असोज १३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड