इमान्दार संवाददाता
६१९ पटक

माओवादी केन्द्र र एमालेबीचको पार्टी एकतालाई लिएर असन्तुष्ट रहेका माओवादी केन्द्रका बरिस्ठ नेता गोपाल किरातीले प्रचण्डप्रति व्यंग्य गर्दै रमाइलो कबिता लेखेका छन्।

पार्टी एकताको सन्दर्भलाई उप्काउदै फेसबुकमा कबिता लेखेर किरातीले प्रचण्डलाइ कठोर व्यङ्ग्य गरेका हुन् । उनले कविता मार्फत प्रचण्डलाई खलनायकको संज्ञा दिएका छन् ।

किरातीले विभिन्न गीतको उदाहरण दिदै भनेका छन् – धोकाधडीको गीत मृत्यु हो, धोका विरुद्धको गीत जीवन हो । हामीलाई पनि धोका हुँदैछ, साम्यवाद भनेर पुँजीवादमा थन्क्याउने खेल, सहोदर सन्तानहरुबाट धोका हुँदैछ ।

उनले कविताको अन्तिममा अमर शहिदको इतिहासमा दाग लाग्दैछ।, सर्वहारावर्गको छातीमा चोट लाग्दैछ।, तर नाना पख्नुस्, काका हो ची मिन्हले भनेका छन्–‘गद्दारले धोका दिन्छ, कायरले घुँडा टेक्छ, बहादुर लड्छ र इमान्दार अघि बढ्छ ।’ भन्दै बाक्य टुंग्याएका छन् ।

‘नाना सुक्मित गुरुङ’ शीर्षकको कवितामा मार्फत आफ्नो भावाना यसरि पोखेका छन् ।

‘धोका दियौ तिमिीले कलेजीमा चोट लाग्यो,

विछोडको पीडाले बदनामको दाग लाग्यो ।’

नाना सुक्मित गुरुङको नायकी आवाज

संगीतमा भावनाको देश हल्लाउने गीत

नायकी आवाज र बाहेक तस्वीर भेटेको छैन नानालाई कतै

तै पनि नानालाई आफ्नो प्रवक्ता ठान्छु

जीवनमा धोका खानेहरुकी प्रवक्ता सुक्मित गुरुङ – जिन्दावाद !

आखिर संगीत र राजनीतिमा फरक नै के ?

सुर र ताल अनि रणनीति र कार्यनीति ।

फरक भइदिएको भए गाउनै पथ्र्यो र कुन्ति मोक्तानले ‘खुट्टा तान्दै गर’ ?

भनिन्छ, राजनीति माने विज्ञान र कलाको संयोजन

विज्ञानको अमरत्व अविचलित नायकीमा छ तर कला ?

कलामा नायक र खलनायक हुन्छन् निरपेक्ष सत्य,

खलनायकले धोका दिन्छ ।

भूतपुर्व कमरेड अभूतपुर्व हुँदा मुठ्ठी कसेर भन्थे– ‘कमरेडहरु,

हाम्रो अन्तिम लक्ष साम्यवाद हो,

जहाँ मानद्वारा मानवविरुद्धको शोषण अन्त्य गरिन्छ ।’

त्यही मुखले भन्दैछ आज– ‘पुँजीवादी गणतन्त्र नै हाम्रो उच्चतम लक्ष हो ।’

बोलाउने बेला भन्यो– ‘मिथिला शर्माको शास्त्रीय नाच देखाउँछु ।’

देखाउने बेला मन्चमा अर्कै नायिकाको प्रथम प्रकृतिको दृश्य ?

बाफरे ! यो धोका हो, धोका दिने खलनायक हो ।

प्रवक्ता सुक्मित गुरुङ – जिन्दावाद !

माथिल्लो गाउँको लेनिन, स्टालिन र माओ जीवनमा फर्केर आउँदा

गद्दारहरुको छाला काडेर सुकाउन ‘बोल–बोल आँखाहरु’को ठूलो स्वरमा गाउँछन्

नानाको आवाज तल्लो गाउँको चारु मजुम्दार गाउनेछन्–

हत्यारा ज्योति वसुविरुद्ध नानाकै गीत कमरेड पुष्पलाल अवश्य गाउनेछन्

पल्लो टोलका अनेक केशरजंगविरुद्ध ।

धोकाधडीको गीत मृत्यु हो, धोका विरुद्धको गीत जीवन हो ।

हामीलाई पनि धोका हुँदैछ

साम्यवाद भनेर पुँजीवादमा थन्क्याउने खेल

सहोदर सन्तानहरुबाट धोका हुँदैछ

अमर शहिदको इतिहासमा दाग लाग्दैछ

सर्वहारावर्गको छातीमा चोट लाग्दैछ ।

तर नाना पख्नुस्,

काका हो ची मिन्हले भनेका छन्–

‘गद्दारले धोका दिन्छ,

कायरले घुँडा टेक्छ,

बहादुर लड्छ

र इमान्दार अघि बढ्छ ।’

२०७४ पुष १० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड