११२ पटक

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): काममा सोचे जस्तो प्रगति नहुनसक्छ । भ्रमण बढि हुने योग छ । व्यापार व्यवसायबाट आय आर्जन सोचे जस्तो हुने छैन । साथि भाई इष्टमित्रबाट सहयोग कम नै मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): शारीरिक अस्वस्थता बढ्न सक्छ । विश्वासमा काम गर्ने वातावरण हुने छैन । आर्थिक संरचनालाई नचलाउनु होला । आफन्तका कारण विवादमा पर्न सकिन्छ सतर्क रहनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): नयाँ कार्य योजना अगाडि बढ्ने छन् तर ढिलो गरेमा अवसर गुम्ने देखिन्छ । दत्तचित्त भएर लाग्नु होला । आर्थिक कारण काममा विलम्ब हुन सक्छ,त्यो प्रयत्नबाट नै समाधान गर्न सकिने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): कार्य सम्पादन गर्न कठिनाई उत्पन्न हुनेछ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । शत्रु बढ्नेछन् । सम्पतिमा विवाद पर्न सक्छ । अरुको भरमा काम नगर्नु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): अन्योलमा काम हुने देखिन्छ । गरेका कामबाट सामान्य लाभ हुनेछ । खर्चको मात्र कम हुनेछ । काम गर्ने उत्साहामा थोरै कमि आउनेछ । भाग्यले कम साथ दिनेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): संचित धन नाश हुनेछ । समस्याबाट छुटकरा मिल्ने छैन । विश्वासमा धोका हुनेछ । शारीरिक शिथिलता बढ्न सक्छ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ सचेत रहनु होला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): काम गर्ने उत्साहा बढ्नेछ । नयाँ कामको अवसर आउन सक्छ । अधुरा कार्य सम्पादन हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । काम गर्दा द्विधामा नपरि गर्नु होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): प्रयत्न नगरि काम बन्ने छैनन । खर्च कम गरेर काम गर्नु होला । बाह्य काममा समस्या आउन सक्छ । व्यापार व्यवसायबाट सामान्य लाभ हुनेछ । अरुको भरमा काम नगर्नु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): दिन सामान्य अनुकुल देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायमा सुधार आउने छ । अर्थ अभावका कारण नयाँ काममा केहि अप्ठ्यारो आउन सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दिन त्यति अनुकुल देखिदैन । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । काम गर्दा सजग रहनु होला । मनमा एक प्रकारको चिन्ता रहि रहने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): समयमा काम गर्नु होला तव लाभ लिन सकिनेछ । आकस्मिक आम्दानीको योग पनि देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ,लेनदेनमा विचार पुर्याउनु होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): काम सरल तरिकाले सम्पादन हुनेछन् । सामाजिक काममा अभिरुची बढ्नेछ । वोलेर भन्दा काम गरेर देखाउदा उचित हुनेछ । सानातिना कुरामा नअल्झिनु होला ।

२०७४ असोज १२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड