इमान्दार संवाददाता
५० पटक

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): अनुकुलता कमै देखिन्छ । मानसिक तनावमा थोरै कमी आउनेछ । दैनिक काममा प्रगति हुने देखिन्न । नोकरीबाट सन्तुष्टि मिल्ने छैन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): प्रातःकाल थोरै अनुकुल देखिए पनि दिनको अधिकाँश समय प्रतिकुल छ । स्वास्थ्य कमजोर बन्नेछ । मानसिक चिन्ता बढ्नेछ । कार्य शिथिलता बढ्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): समयको गति सगै सुधार आउनेछ । नयाँ कामले प्राथमिकता पाउनेछ । दाम्पत्य जीवनमा खुशि छाउनेछ । यात्राको सम्भावना देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): दिन सहज देखिदैन । कार्य सम्पादनमा कठिनाई हुनेछ । मनमा भय त्रास उत्पन्न हुनेछ । विरोधीको सामना गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): इच्छा आकाँक्षा वोकेर मात्रै काम बन्ने छैनन । परिवारबाट सामान्य सहयोग पाईनेछ । व्यापारबाट आँशिक लाभ हुने देखिन्छ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): प्रातकालमा गरेका काम बन्नेछन् । मध्यान्हबाट समयले कम साथ दिनेछ । काम गर्ने जोश जागर घट्नेछ । काम गरेर जश भने कम मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): समयले साथ दिनेछ । आफ्नै बाहुबलबाट काम बन्ने छन् । आर्थिक क्षेत्रमा सुधार आउनेछ । नयाँ कामको अवसर आउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): विचलित नभई काम गर्नु होला । नोकरी तथा राजनीतिबाट आँशिक लाभ लिन सकिनेछ । धन दिने काम भने नगर्नु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): प्रातकाल प्रतिकुल देखिन्छ । शारीरिक एवं मानसिक रुपमा काम गर्न असक्षम हुनुहुनेछ । मध्यान्हबाट समयमा सुधार आउनेछ । अवरुद्ध काम अगाडि बढ्ने छन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): प्रातकालमा गरेका कामबाट सामान्य लाभ हुन सक्छ । मध्यान्ह पछि काममा अवरोध आउनेछ । व्यापारमा गिरावट आउनेछ । खर्च बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): दिन अनुकुल नै देखिन्छ । व्यापार व्यवसायमा सुधार आउनेछ । पारिवारिक सुख शान्ति मिल्नेछ । सरल किसिमले काम बन्ने छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): काममा सोचे जस्तो प्रगति हुने छैन । अरुको भलाईमा समय खर्च हुनेछ । मध्यान्ह पछि समयमा सुधार आउनेछ । अवरोधको अन्त्य हुनेछ । काम अगाडि बढ्ने छन् ।

२०७४ असोज ११ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...