इमान्दार संवाददाता
५६ पटक

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): दिन प्रतिकुल छ नयाँ काममा हात नहाल्नु होला । जोखिम मोलेर काम नगर्नु होला क्षति हुनेछ । अहार विहारका कारण स्वास्थ्य विग्रिनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): समयमा गरेका काम सफल हुनेछन् । साझेदारी काम नगर्नु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । आफन्तको अल्प सहयोग मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): मेहनतका साथ गरेका काम सफल हुनेछन् । रिस,डाहा गर्ने बढि हुनेछन् चिनेर काम गर्नु होला । नयाँ कामको वारेमा विचार विमर्श हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): समयमा निर्णय लिन नसक्दा अवसर फुत्किनेछ । हेलचक्र्याई गरेर काम गर्दा पश्चताप हुनेछ । अरुको भर नपर्नु होला । व्यापारबाट अल्प लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काम गर्ने जोश जागर मर्नेछ । घरमा सुख शान्ति कम मिल्नेछ । पारिवारिक खर्चमा वृद्धि हुनेछ । सहयोग गर्ने कमै भेटिने छन् ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): काम प्रतिको लगाव थोरै बढ्नेछ । आफ्नो काम आफै गर्न सक्षम हुनुहुनेछ । गरेका कामबाट लाभ हुनेछ । व्यापार बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): आर्थिक कारोवारमा ध्यान दिनुहोला । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् । अरुको भर परेर काम नगर्नु होला । वौद्धिक काम बढि हुनेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भौतिक सुख, सुविधामा वृद्धि हुनेछ । रमाईलो बढि हुनेछ, मनमा उत्सहा थपिनेछ । गरेका अधिकाँश काम सफल हुनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): परिस्थितिले साथ दिने छैन । नगरेका कुराले पिरोल्नेछ । अनावस्यक खर्चमा वृद्धि हुनसक्छ । आफन्त बनेर धोका दिन सक्छन् चनाखो रहनु होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): जीवन साथिको सहयोग मिल्नेछ । उधारो काम नगर्नु होला । आम्दानीका स्रोत बढ्नेछन् ढिला सुस्ति नगरि काम गर्नु होला । व्यापारमा वृद्धि हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): –काम गर्ने क्षमताको वृद्धि हुनेछ । विरोधी शरणमा आउनेछन् । रोकिएका काम अगाडि बढ्नेछन् । सामाजिक प्रतिष्ठा बढ्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): तनावमा कमि आउनेछ । इज्जतको ख्याल राखेर काम गर्नु होला । विना उपलब्धिको यात्रा हुनसक्छ । खर्च बढ्नेछ । सहयोग मिल्ने छैन ।

२०७४ असोज १० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...