इमान्दार संवाददाता
१२६ पटक

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आफ्नो तथा मातको स्वास्थ्य विग्रिनेछ खानपानमा ध्यान दिनु होला ।भौतिक सम्पति नास हुनसक्छ विचार पुर्याउनु होला । तनाव बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): काम गरे अनुसारको प्रतिफल मिल्नेछ । समयको पूर्ण सदुपयोग गर्नु होला । स्वतन्त्र व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): मनमा भय त्रास उत्पन्न हुनेछ । इष्टमित्र साथि भाईका कारण अप्ठ्यारो पर्न सक्छ । काम गर्न सके लाभ लिन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): अनिर्णयको बन्दि हुदा अवसर गुम्नेछ । आर्थिक क्षय वेहोर्नु पर्ला । यात्रामा कठिनाई उत्पन्न हुनेछ । व्यापारबाट स्वल्प लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आलोचना सहनु पर्ला । विना उपलब्धिका काममा समय जानेछ । काम गरेर अपयश मात्रै मिल्ला । घरमा बस्न मन लाग्ने छैन ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): उद्योग पराक्रम बढ्नेछ । गरेका धेरै काम फस्र्योट हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । इष्टमित्र, साथी भाईको सहयोग मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): दिन सामान्य अनुकुल देखिन्छ । काम गर्दा अर्थ अभाव हुनेछ । पढाईमा ध्यान जाने छैन । व्यापार मन्द गतिले अगाडि बढ्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): अवरुद्ध काम अगाडि बढ्ने छन । कार्य क्षमता बढ्नेछ । गरेका काम अधिकाँश सफल हुनेछन् । आर्थिक कारोवारमा ध्यान दिनु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): समयले साथ कम दिनेछ । झन्झटिला काम आई लाग्नेछन् । व्यापार व्यवसायमा नोक्सान हुनेछ । लेनदेनमा विवाद हुने देखिन्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): दिन सामान्य अनुकुल देखिन्छ । नजिकका मानिसबाट सहयोग पाईनेछ । गरेका कामबाट धेर थोर लाभ हुनेछ । व्यापार बढ्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): पराक्रम बढ्नेछ । आम्दानी बढ्नेछ भने ऋण घट्नेछ । विरोधीका कारण लाभान्वित हुनुहुनेछ । नयाँ कामको अवसर आउन सक्छ ।।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दिन मध्यम देखिन्छ । यात्राको योग देखिन्छ । अरुका काम हुनेछन् भने आफ्ना काम धेरै अधुरा रहनेछन् । फजुल खर्च बढ्नेछ ।

२०७४ असोज ९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड