इमान्दार संवाददाता
११३ पटक

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सुख,शान्ति मिल्नेछ । एजेन्सिका काम अगाडि बढ्ने छन् । आयत निर्यात व्यापारबाट आम्दानी बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): आत्मविश्वास,आत्मबल बढ्नेछ । ऋणमा कमी,आम्दानी बढ्नेछ । कार्य सम्पादन गर्न बढि खटिनु पर्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): गलत विचारको शिकार हुनुहुनेछ । गलत सल्लाहामो चपेटामा परिनेछ । चारैतिरबाट आलोचना हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): योजना बनाएर काम गर्नु होला सफल हुनुहुनेछ । कर्म अनुसारको फल मिल्नेछ । लगानी नगर्नु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा समस्या आए पनि गर्दै जादा मिल्ने छन् । राजनीतिमा अवसर आउन सक्छ । आम्दानी बढ्नेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो): धन गलत ठाँउमा लगानी हुनसक्छ सचेत हुनुहोला । सहयोग पाईने छैनन । आस्था र विश्वास टुट्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): तनावको वीचमा काम गर्नु पर्ने छ । गरेका कामबाट सन्तुष्टि मिल्ने छैन । मनोरञ्जनमा धन खर्च हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): भाग्यले कम साथ दिनेछ । गरेका कामबाट उचित लाभ लिन सकिने छैन । अनावस्यक खर्च वढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे): आर्थिक कारोवारमा सुधार आउनेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काममा ढिला नगर्नु होला ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि): इज्जत प्रतिष्ठा बढ्नेछ । आफन्तको सहयोगमा काम हुनेछन् । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): काम गर्दा आलोचना हुनेछ । खर्चालु यात्रा हुनेछ । परिवारबाट सहयोग मिल्ने छैन । फजुल खर्च बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): दैनिक कामम अवरोध आउनेछ । घर परिवारमा विवाद बढ्नेछ । व्यापार व्यवसायमा घाटा हुने देखिन्छ ।

२०७४ असोज ८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड