इमान्दार संवाददाता
३०९ पटक
काठमाडौं ।

काठमाडौँमा बुधबार एक कार्यक्रमकाबीच कवि, गीतकार, गायक, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को १६ औं कृति ‘अमर-२’ गीति एल्बम सार्बजनिक भएको छ ।गीतकार संघका अध्यक्ष चुडामणी देवकोटाबाट उक्त एल्बम सार्वजनिक भएको हो । अमर-२ गीति एल्बम ओएसनेपालको प्रस्तुतिमा बजारमा निस्किएको छ ।

सात वटा गीत समाबेश उक्त एल्बममा सुरेन्द्र महर्जन ‘अमर’ कै रचना अनि मेलिना राई, शिव परियार, शिखा भारती, सबिन लिम्बु, निता थापामगर, दिना थानी र स्वयं रचनाकार सुरेन्द्र महर्जन कै स्वर रहेको गीतहरू म भन्दा नि, आशा मर्दै गयो, मरेर जल्छु, वीर नेपाली, तड्पिएर बाँच्ने, दु:ख र सुख गीतहरू रहेका छन् ।

राम कार्की, सन्तोष श्रेष्ठ र राज कुमारको संगीत अमर-२ मा रहेको छ । बजारमा निकै चर्चामा रहेको तर एल्बमको रूपमा आई नसकेका चर्चित गीतहरू यस एल्बममा समावेश छन् ।

उक्त कार्यक्रममा सुरेन्द्र महर्जन ‘अमर’ कै रचनाको एउटा गीतको म्युजिक भिडियो संगीता रायमाझीको स्वर/संगीत रहेको गीत

“हावाहुरी चलेपछि झनै याद आयो तिम्रो बिर्सू कसरी
मनमा सजाएछु याद भन्नू प्यार मेरो जसरी”

गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । संचारकर्मी तथा भिडियो निर्देशक सरोज श्रेष्ठको निर्देशनमा रक्षा आचार्य र निराजनको अभिनय रहेको छ ।

निर्देशकबाट चर्चित भिडियोहरू जस्तै वीर नेपाली, जे होला होला, निर्दोष यी, लेख्नै परे जस्ता तीन दर्जनभन्दा बढी भिडियोको निर्देशन गरि सकेका छन् ।

कार्यक्रमको सभापतित्व ओएसनेपालका तर्फबाट विवेक कार्कीले गरेका थिए । उनले तीन दशक भन्दा लामो समयदेखि साहित्य, गीत, संगीत र चित्रकारीतामा लागेको कारण कवि, गीतकार, गायक, चित्रकार एवं साहित्यकार सुरेन्द्र महर्जनलाई सम्मान स्वरुप ओ. एस म्युजिक अवार्ड लाईफ टाइम एचिभेन्ट अवार्ड-२०७४ बाट सम्मानित गरेको र उनकै कृति प्रकाशित गरेको जानकारी दिए ।

कार्यक्रममा कवि, गीतकार तथा गायक दिनेश थानीले स्वागत मन्तव्य दिएको उक्त समारोहमा वरिष्ठ गीतकार चुडामणी देवकोटा, संगीतकार राजु सिंह, संगीतकार सन्तोष श्रेष्ठ, संगीतकार राम कार्कीबाट एल्बमको बारेमा बोलेका थिए ।

भक्तपुर पत्रकार संधका अध्यक्ष एवं गीतकार पुष्पराज बुढाथोकी ‘साउँतेली’ले कार्यक्रम संचालन गरेका थिए ।

२०७४ पुष ६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड