इमान्दार संवाददाता
११८ पटक
काठमाडौं ।

ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ऊर्जा मन्त्रालयले टोल फ्रि नम्बर ११५१ तथा मोवाईल एप्स सञ्चालनमा ल्याएको छ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले झापा गौरादहका एक सेवा ग्राहीको जनगुनासो सुनेर तथा रिबन काटेर उक्त सेवाको उद्घाटन गरे ।

सेवाप्रदायक संस्थाका कर्मचारीलाई थप जिम्मेवार र उपभोक्तामुखी बनाउन उक्त टोल फ्रि हटलाइन नम्बर र मोबाईल एप्स सञ्चालनमा ल्याईएको मन्त्री शाहीले बताए ।

‘जनताका गुनासाहरु संबोधन गर्न निशुल्क टेलिफोन नम्बर र मोबाईल एप्सको व्यबस्था गरिएको हो, जनताका कामकारबाहीलाई कुनै पनि बाहानामा संबोधन नगर्ने परिपाटीको अन्त्य गर्न यस्तो सेवाको आबश्यकता परेको हो’ मन्त्रमी शाहीले भने ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलनको अायोजन गरी टोल फ्रि हटलाइ नम्बर र मोबाइल एप्सको सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शाहीले नेपाल विद्युत प्राधिकरणले पनि यस्तो सेवाको व्यवस्था गरिसकेको बताउँदै मन्त्रालयमा अाउने गुनासोको सम्बोधन गर्न सेवा सुचारु गरिएको बताए ।

प्राधिकरण जनताको सेवामा क्रियाशील छ भन्ने सन्देश दिनका लागि पनि हटलाइन सञ्चालनमा ल्याईएको र त्यसले प्राधिकरणका कर्मचारीलाई जिम्मेवार बनाउने विश्वास मन्त्री शाहीको थियो । उक्त हटलाईन टेलिफोन नम्बरमा एकैपटक तीनजनाले फोन गर्न सक्नेछन् ।

२०७४ भदौ ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...